२१ आश्विन २०८१ सोमबार
image/svg+xml

तिब्बतसँग सिमा जोडिएको गोरखाको चुमनुब्रीलाई चीन सरकारको एक्साभेटर सहयोग

तिब्बत स्थित महाबाणिज्यदुतको कार्यालयले पालिकाहरूलाई रसुवागढी नाकामा एक्साभेटर हस्तान्तरण गरेको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए।

एएफसी यु–१७ एसिया कप छनोट: सुखद नतिजा ल्याउने नेपालको लक्ष्य

नेपाली यु-१७ टोली मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको तयारी राम्रो भएकाले भियतनाममा बुधबारबाट सुरु हुने एएफसी यु–१७ एसिया कपको छनोट चरण पार गर्नेमा विश्वस्त रहेको बताएका छन्।

आइटिएफ टोली स्लोभेनिया प्रस्थान

आठौं आइटिएफ तेक्वान्दो वर्ल्ड कपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार स्लोभेनिया प्रस्थान गरेका छन्।

किसान श्रेष्ठलाई उम्मेदवार बनाए भोट नदिने काँग्रेस नेताहरुको घोषणा

गठबन्धनले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट किसान श्रेष्ठलाई उम्मेदवार बनाए आफूहरुले भोट नदिने घोषणा गरेका गरेको हो।

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन नउडाउन एक सूचना प्रकाशित गरी जानकारी गराएको र उक्त सूचनाको अटेर गरेमा कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

डेंगु नियन्त्रणप्रति गम्भीर बन्न स्वास्थ्यमन्त्रीलाई नेविसंघको ध्यानाकर्षण पत्र

उनीहरुले नागरिकको स्वास्थ्यप्रति सरकारले चासो र चिन्ता लिनुपर्ने बताए। उनीहरुले सरकारले डेंगु नियन्त्रणको लागि यथाशीघ्र डेंगु उपचारको मुख्य औषधि प्यारा सिटामोलको उचित व्यवस्थापन गर्न, अस्पतालमा पर्याप्त शैय्या उपलब्ध गराउनुपर्ने, उपचार निःशुल्क हुनुपर्ने, डेंगु परीक्षणको किटको अभाव भएकाले उक्त किटको व्यवस्थापन र परीक्षण निःशुल्क हुनुपर्ने, राज्यले जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने, डेंगुलाई सरकारले चाँडो भन्दा चाँडो डेंगु प्रकोप घोषणा गरी राज्यका सबै संयन्त्र रोकथाममा लाग्नुपर्ने लगायतका माग राखेको छ।

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

उनले बिरामी लिएर काठमाडौँबाट गएको तर १२ दिन बितिसक्दा समेत टिकट नपाएको बताए। त्यस्तै हुम्लाका धनभक्त बुढाले विकट जिल्लामा जाँदा फाइदा नहुने र पूर्वतिर उडान भर्दा धेरै फाइदा भएकाले हुम्ला, जुम्ला, डोल्पा लगायतका जिल्लामा उडान गर्न आनाकानी गरिरहेको बताए।

दशैँको मौका छोपेर भारतबाट सामान तस्करी

सिमा सुरक्षामा खटिने सशस्त्र प्रहरी नै अवैध धन्दामा लाग्दा राज्यलाई कराडौं राजश्व नोक्सानी भइरहेको स्थानीय बताउँछन्। ‘यो नाकामा दिउँसो नै तस्करीका सामान खुलेआम रुपले भित्रिन्छ, रातको समयमा त झन् के हुन्छ होला तपाई आफैं कल्पना गर्नुस्,’ नाम नछाप्ने शर्तमा शिवपुरीकी एक महिलाले भनिन्। दशैँको मौका छोपेर यहाँबाट तस्करी झनै बढेको छ।

निजी क्षेत्रलाई विद्युत् व्यापारमा अनुमति दिन अध्यादेश ल्याउँदै सरकार

निजी क्षेत्रले लामो समयदेखि विद्युत् व्यापारको अनुमति दिन सरकारसँग माग गर्दै आएको छ। नेपालमा व्यवसायी र भारतीय व्यवसायीबीचमा साझा सहमति बनाएर विद्युत् व्यापारको मार्ग प्रशस्त गर्न सकिने अवस्था रहेको छ। हाल नेपाल विद्युत् प्राधिकरणले दैनिक तीन सय ६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ।

मुलुकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छः प्रदेश प्रमुख गुरुङ

विकास निर्माण र समृद्धिको अभियानमा प्रदेशसभामा सबै दलको आपसी सहयोग रहेको बताउँदै उनले भने, 'निर्वाचनपश्चात बन्ने प्रदेशसभा र सरकारलाई काम गर्ने वातावरण बनेको छ।'

नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्छः मन्त्री गहतराज

'अब खेललाई हामीले शिक्षाको रुपले अगाडी बढाउने पहल सुरु गरेजस्तै हामीले एउटा पहल थालौँ। सांस्कृतिक विश्वविद्यालयको कन्सेप्टभित्र कसरी लाने? सबैलाई जीवन दिने मानिसहरुको तेरो सर्टिफिकेट कति हो भनि सोध्नुपर्ने जस्तै। उसले डिग्री हासिल गर्न मार्कसिट त लिनै पाउँदैन नि।'

नेपालगन्जको बजारमा वेथिति नै वेथिति

त्यस्ता वस्तु बेच्ने तथा कानुन विपरीत तरिकाले व्यापार गर्नेहरुलाई तत्काल कारबाही गरिनुका साथै आगामी दिनमा गल्ती नदोहोर्‍याउन निर्देशन पनि दिइएको छ। अनुगमन टोलीले अनुगमन गर्ने क्रममा सबैभन्दा बढी म्याद गुज्रेका वस्तुहरु बेचिरहेको फेला परेको छ।

शुक्र अस्तभए पनि दुर्गा पूजाको नित्य कर्ममा वाधा नहुने

गत सोमबारदेखि शारदीय नवरात्र सुरु भइ नित्य कर्मका रुपमा दुर्गा पूजा र आराधना चलिरहेका बेला आजदेखि शुक्र अस्त भएकाले केही मानिसले असर पर्ने भनी गरेको चर्चा शास्त्रीयरुपमा सही नभएको समितिले जानकारी गराएको हो।

नेपालगञ्जमा दसैँ पर्व लक्षित बजार अनुगमन

चाडपर्वको बेलामा बजारमा कृतिम मूल्यवृद्धि, म्याद नाघेका सामानको बिक्रीलगायत गुणस्तरहीन सामानसमेत बिक्री गरिने हुँदा अनुगमनलाई तीव्र पारिएको छ। उपभोक्ताले हानिकारक मिसावटयुक्त खाद्य वस्तु खान नपरोस् भन्ने उद्देश्यले अनुगमन गरेर व्यापारीलाई सचेत बनाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्