१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

स्थानीय तहमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अघि बढ्यो

प्रदेश ३ सरकारको संरचना र स्थानीय तहमा कर्मचारी नियुक्त गर्ने प्रक्रिया अघि बढेको छ। प्रदेश लोकसेवा आयोगका अध्यक्ष नियुक्तिसँगै कर्मचारी परिपूर्ति सुरु हुने अपेक्षा सरकारको छ।

माधव नेपालको प्रश्न : सरुवा, बढुवा र नियुक्तिमा किन घुस ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरुवा बढुवा र नियुक्तिमा घुस खाने गलत प्रवृत्ति मौलाएको बताएका छन्।

गोरखाका सरकारी कर्मचारीसँग सेवाग्राही असन्तुष्ट

गोरखाका सरकारी अड्डाको सेवा प्रवाह र कर्मचारीको काम प्रति सेवाग्राही सन्तुष्ट नरहेको अध्ययनका क्रममा देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्रले यहाँका १७ वटा सेवा प्रदायक कार्यालयमा सेवा लिन आएका सेवाग्राहीसँग गरेको सर्वेक्षणमा उनीहरुले यस्तो बताएका हुन् ।

अवकाशपछि पनि सरकारविरुद्ध बोले पेन्सन रोक्का

अवकाश पाएका निजामती कर्मचारीले सामाजिक सञ्जाल वा सञ्चार माध्यममार्फत सामाजिक द्वेष, हिंसा भड्किने गरी सरकारविरुद्ध अभिव्यक्ति दिएको पुष्टि भए पेन्सन रोक्ने व्यवस्था विधेयकले गरेको छ।

कर्मचारी बढुवाका लागि लिखित परीक्षा दिने प्रावधान हटाऔंः भुसाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले कर्मचारीहरुको बढुवाका लागि लिखित परीक्षा दिने प्रावधान हटाउनुपर्ने प्रस्ताव अघि सरेकी छिन्।

‘सुगममा बस्ने कर्मचारीलाई बढुवा नगर्ने पक्षमा सरकार’

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुगम क्षेत्रमा बस्न लागि पर्ने कर्मचारीलाई बढुवा गर्ने पक्षमा सरकार नरहेको बताएका छन्।

करार अवधि सकिए पनि कर्मचारी काममै

करारमा रहेका कर्मचारीका लागि विज्ञापन खुलाएर ४० नम्बर ल्याएपछि मात्र उत्तीर्ण हुने र नियुक्ति दिन सकिने ऐनमा व्यवस्था गरिएको छ। तर कार्यपालिका बैठकले ऐनविपरीत ३ महिना म्याद थपेको थियो।

आन्तरिक पर्यटक हुन कर्मचारीलाई एक महिना बराबरको तलब सुविधा

प्रदेश २ सरकारले प्रदेशमा कार्यरत निजामती कर्मचारीलाई भ्रमण गर्नका लागि एक महिना बराबरको थप तलब सुविधा उपलब्ध गराउने भएको छ। प्रदेश २ मा कार्यरत निजामती कर्मचारीले अब आन्तरिक पर्यटकका रुपमा भ्रमणमा जाँदा एक महिनाको थप तलब सुविधा पाउने भएका छन्।

महिला कर्मचारीलाई जिउँदै जलाइयो

सोमबार दिउँसो एक बजेर ३० मिनेटतिर अदालतको एउटा सुनुवाइबाट फर्किएकी रेड्डीमाथि सांघातिक आक्रमण भएको थियो। उनकै कार्यालयमा भेट्न आएका के सुरेश नामक व्यक्तिले उनीमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ।

विज्ञापन कम खुल्दा आवेदन ७५ प्रतिशत कम

गत आर्थिक वर्ष लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि आह्वान गरेका विज्ञापनमा दरखास्त दिनेको संख्या निकै घटेको पाइएको छ। आयोगका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा सरकारी सेवाका विभिन्न पदका लागि आह्वान गरिएको विज्ञापनमा ७५ प्रतिशतले दरखास्त कम परेको छ।

कर्मचारी समायोजन भएपनि बैतडीका ७२ वडा सचिवविहीन

स्थानीय तहमा जनप्रतिनिधि आएको दुई वर्षभन्दा बढी समय भए पनि बैतडीका ८४ वडामध्ये ७२ वडामा सचिव छैनन्। सचिव नहुँदा स्थानीय तहबाट प्रवाह हुने सेवा सर्वसाधारणले सहज रुपमा पाउन सकेका छैनन्। जिल्लाका १० स्थानीय तहका अधिकांश वडा सचिव विहिन छन्।

करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी फरार

गरिब तथा विपन्न पारिवारलाई कर्जा नलिए बाँच्न गाह्रो छ। उनीहरूलाई अधारभूत आवश्यकता पूरा गर्न साहुमहाजनसँग ऋण लिनैपर्छ।

श्रीलंकाको चुनावमा २ लाख कर्मचारी परिचालन

श्रीलंकाको राष्ट्रपति निर्वाचनका लागि देशका विभिन्न चुनावी मतदान स्थलका लागि दुई लाखभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ।

बारुणयन्त्रका कर्मचारीको निर्मम हत्या, शरीरमा भेटियो ५ गोली, एक दम्पती पक्राउ

वीरगन्जमा एक जना युवाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका कार्यालयको बारुण यन्त्रका कर्मचारी रहेका बुनिलाल चौरसियाको गोली हानी हत्या भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्