१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाली कर्मचारीलाई भारतमा सम्पत्ति शुद्धिकरण प्रशिक्षण

नेपाल सरकारका १८ कर्मचारीलाई भारतमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षण दिइएको छ।

कर्मचारी आबद्ध राष्ट्रसेवक सहकारी करोडपति

उदयपुरका निजामति कर्मचारीद्वारा सदरमुकाम गाईघाटमा सञ्चालित ‘राष्ट्र सेवक वहुद्ददेश्यीय सहकारी संस्था लिमिटेड’ उदयपुरले स्थापनादेखि चालु वर्षसम्म ५ करोड बढीको कारोबार गर्न सफल भएको छ।

कर्मचारी अभावले कारागारमा समस्या

गुल्मी कारागारमा कर्मचारी अभाव भएको छ। कारागारको दरबन्दी १० जनाको भए पनि अहिले दुई जना मात्रै स्थायी कर्मचारी कार्यरत छन्।

सीको स्वागतमा कर्मचारी

चीनका राष्ट्रपति सी चिनफिङको स्वागत राष्ट्रसेवक कर्मचारीले पनि गर्ने भएका छन्। दिउँसो काठमाडौँमा राष्ट्रपति सीको आगमन भएसँगै कर्मचारीले विभिन्न ठाउँमा स्वागत गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिए।

पोष्टमार्टम गर्न अर्को प्रदेश

स्वास्थ्य संस्थाहरुमा उपचारको अभाव हुनुका साथै पोष्टमार्टम समेत हुन सकेको छैन। टीकापुर अस्पतालमा चिकित्सकको अभावमा विगत एक महिनादेखी पोष्टमार्टम हुन नसकेको बताइएको छ।

कर्मचारी समायोजनमा विभेद

समायोजनको डिप्रेसनबाट कतै कुनै दुर्घटना भएमा जवाफदेही को हुने ? कुनै सार्वजनिक स्थानमा कुनै कर्मचारीले आत्मदाह वा आमरण अनसनमार्फत आत्महत्या गरेमा जिम्मेवार को हुन्छ ?

प्रदेशको दरबन्दी संरचनाप्रति वन प्राविधिकको आपत्ति

कर्णाली प्रदेश सरकारले स्वीकृत गरेको कर्मचारीको सङ्गठन तथा व्यवस्थापनप्रति वन प्राविधिकहरुले आपत्ति जनाएका छन्। प्रगतिशील वन प्राविधिक सङ्घ कर्णाली प्रदेश समितिले सङ्गठन संरचना अपर्याप्त रहेको हुँदा हरेक जिल्लामा वातावरण संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना गर्न माग गरेको हो।

निजामती सेवाका कर्मचारी कटौती गर्ने सरकारको तयारी

सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताएका हुन्।

कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

कर्मचारी र जनप्रतिनिधिहरुलाई कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाईएको छ।

कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन, छुट्टै हाजिर हुने

सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवशरमा शुक्रबार आयोजना गरिने सबै औपचारिक एवं अनौपचारिक कार्यक्रममा सरकारी कर्मचारीको उपस्थिती अनिवार्य गरेको छ ।

कर्मचारीले स्वदेशी कपडा लगाउनु पर्ने

सरकारले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने कानुनी व्यवस्था गर्न लागेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीहरुलाई अनिवार्य रुपमा स्वदेशी कपडा लगाउन बाध्य हुने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न लागिएको जानकारी दिएका हुन्।

‘अब कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने’

सरकारले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने कानुनी व्यवस्था गर्न लागेको छ।

किस्ताबन्दीमा बढ्दै कर्मचारीको उमेर हद

अहिले सरकारी कर्मचारी मणि हराएको नागझैं भएका छन्, सेवाग्राहीलाई देखेपछि कर्मचारीले पिठ्युँ फर्काएर बस्ने प्रवृत्ति देखिएको छ ।

कर्मचारी संचय कोषको रकम ३ खर्ब ९ अर्ब ८५ करोड

त्यसैगरी कोषले संचयकर्ताहरुलाई आफ्नो सेवा कालमै दुर्घटनामा परी अंगभंग भएमा वा मृत्यु भएका २ लाख दिने, काजक्रिया खर्च बापत ४० हजार रुपैयाँ दिने व्यवस्था गरिएको पनि जनाएको छ।

सिटिइभिटीका कर्मचारीहरु एक सातादेखि आन्दोलित

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)मा कार्यरत कर्मचारीहरूले ११ बुँदे माग राखेर चरणबद्ध आन्दोलनमा उत्रिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्