१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

वैद्यलाई वडा सचिवको जिम्मा, काम गर्न समस्या भएको जनप्रतिनिधिको गुनासो

माडी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले भने ‘औषधि लेख्नेलार्इ सिफारिस र पञ्जीकरणको काम गर्न लगाउँदा समस्या भएको छ।

एक सय २५ कर्मचारी यता न उता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चैत १४ गते संघ, प्रदेश र स्थानीय तहमा गरी एक लाख ३१ कर्मचारीको समायोजनको काम पूरा भएको घोषणा गरे। समायोजन सकिएको घोषणा भएको पाँच महिना पूरा भइसकेको छ। तर, समायोजन भइसके भनिएका एक सय २५ कर्मचारी अझै यता न उता भएर अलपत्र अवस्थ।

बैंकको रकम हिनामिना गरेको आरोपमा थप दुई कर्मचारी पक्राउ

दाङको घोराही–१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै १८ करोड रुपैयाँ हिनामिना गरेको आशङ्कामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई आज पक्राउ गरेको छ।

निजामती प्रशासनमा सुशासन र ट्रेड युनियनको भूमिका

कर्मचारीतन्त्रको मुलभूत दायित्व तथा कर्तव्य भनेको जनतालाई सर्वसुलभ रुपमा सेवा प्रवाह गर्नु हो । आफ्नो सम्पूर्ण समय जनसेवामा समर्पित गर्ने जनसेवक पनि जनताको छोरा-छोरी भएकाले उनिहरुका आधारभूत आवश्यकता परिपूर्ति गर्ने कर्तव्य राज्यको हो ।

कर्मचारी ट्रेड युनियन खारेज हुँदैन्ः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी ट्रेड युनियन खारेज नहुने स्पष्ट पारेका छन्।

कर्मचारी नहुँदाका समस्या : न बैठक न राहत

दुई सातापहिले बागलुङको निसीखोला गाउँपालिका–३ की पूर्णकुमारी पुनको गोठमा आगलागी भयो। आगलागीबाट भैँसी र गोरु पनि जले।

प्रदेशमा कर्मचारी अभाव हुँदैनः मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजामती सेवा दिवसको अवसरमा शुभकामना दिएका छन्। आइतबार परेको दिवसको अवसरमा मुख्यमन्त्री पोखरेलले एक वक्तव्य जारी गरि निजामति कर्मचारीलाई शुभकामना दिएका हुन्।

समायोजन भएका कर्मचारीले संघ छाडेनन्

समायोजन गर्ने उद्देश्यले गठन भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा विघटन भएको एक महिनाभन्दा बढी भइसकेको अवस्थामा पनि करिब एक हजार कर्मचारी अझै सरकारले समायोजन गरेर पठाएको ठाउँमा गएका छैनन्।

समायोजनका कारण जिल्ला अस्पताल चपेटामा

समायोजनका कारण प्रदेशअन्तर्गत रहेका जिल्ला अस्पतालहरू चपेटामा परेका प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन्। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमध्ये अधिकांशले संघ रोजेका कारण अस्पतालहरू चपेटामा परेका उनको भनाइ थियो।

२७ सरकारी कर्मचारीलाई एक्जिम ऋणबारे प्रशिक्षण

काठमाडौंस्थित भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भारतीय निर्यात–आयात बैंक (एक्जिम)का ऋण व्यवस्था सम्बन्धी नीति निर्देशन तथा प्रक्रियाबारे दुइदिने प्रशिक्षण कार्यक्रमकोे आयोजना गरेको छ।

कर्मचारी छनौटमा अनियमिता गरेकाे भन्दै छानबिनकाे माग

स्वास्थ्य कार्यालय रसुवाले कर्मचारी छनौटमा अनियमिता गरेको भन्दै अन्तर्वार्तामा सहभागी भएकाहरुले छानबिन गर्न माग गरेका छन्। कार्यालयले सहयोगी पदमा अयोग्य व्यक्ति राखेको र सवारी चालक पदमा प्रयोगात्मक परीक्षामा असफल भएको व्यक्ति राखेको भन्दै उनीहरुले छानबिनको माग गरेका हुन्।

प्रक्रिया मिचेर कर्मचारी भर्ना

लोकसेवा आयोगले निकालेको विज्ञापनमा मधेसीको आरक्षण कटौती गरेको आन्दोलन चलिरहँदा युएनअन्तर्गतको युएनडिपीले निकालेको विज्ञापनमा प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेको छ।

तीन हप्तादेखि अस्पतालका कर्मचारी आन्दोलित

पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन्।

कर्मचारीवृत्तमा खैलाबैला

प्रदेशमा सरुवा गरिएका केही सहसचिव पहुँचावाला छन्। भूमि व्यवस्था विभागका महानिर्देशक गोकर्णमुनि दवाडी, भन्सार विभागका महानिर्देशक रामेश्वर दगांल, आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णु नेपाल र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिहंलाई समेत सरकारले प्रदेशमा सरुवा गरेको छ।

अवकाश पाएका नासुलाई पुनः नियुक्ति

नरैनापुर गाउँपालिकाले अवकाश प्राप्त कर्मचारीलाई पुनः कर्मचारीमा नियुक्त गरेको रहस्य बाहिर आएको छ। साविकको नरैनापुर गाविसमै सचिव रहेका नायब सुब्बा मोहम्मद इस्माइल खाँलाई अवकाशपछि पनि गाउँपालिकाले पुनः नियुक्त गरेको रहस्य बाहिर आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्