१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

२७ सरकारी कर्मचारीलाई एक्जिम ऋणबारे प्रशिक्षण

काठमाडौं– काठमाडौंस्थित भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भारतीय निर्यात–आयात बैंक (एक्जिम)का ऋण व्यवस्था सम्बन्धी नीति निर्देशन तथा प्रक्रियाबारे दुइदिने प्रशिक्षण कार्यक्रमकोे आयोजना गरेको छ। 

मंगलबार र बुधबार आयोजित कार्यक्रममा नेपाल सरकारका कुल २७ कर्मचारीको सहभागिता थियो। भारतको एक्जिम बैंकका तीन वरिष्ठ विज्ञहरुले सो प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए।

सन् २०१९ जुनमा भारतमा आयोजित ७ औं ऋण व्यवस्था (एलओसी) समीक्षा बैठकमा नेपाल तथा भारत सरकारबीच भएको द्विपक्षीय समझदारी अन्तर्गत प्रशिक्षण आयोना गरिएको राजदूतावासले जनाएको छ। 

प्रशिक्षण कार्यक्रमको पहिलो दिन परियोजना पहिचान, पूर्वयोग्यता तथा टेन्डर प्रक्रिया, टेन्डर दस्तावेजको मूल्याङ्कन, मनोनयन प्रक्रिया, परियोजना कार्यान्वयन एवम् अनुगमन लगायत एक्जिम बैंकको ऋण व्यवस्थाका रुपरेखाबारे सामान्य परिचय दिइएको थियो। 

प्रशिक्षण कार्यक्रमको दोस्रो दिनको सत्रमा नेपाली कर्मचारीले नेपालमा भारत सरकारको ऋण व्यवस्थाको सहयोगमा सञ्चालित परियोजनामा संलग्न भारतीय ठेकेदारहरुलाई आयात/निर्यात तथा घरेलु करसम्बन्धी जानकारी दिए। कुल २८ भारतीय ठेकेदारहरुले यस प्रशिक्षणमा भाग लिएका थिए।

कार्यक्रमका दौरान भारत सरकारको ऋण सहयोगमा निर्मित परियोजनामा काम गरिरहेका नेपाल सरकारका कर्मचारीकोे भविष्य निर्माण क्षमताको प्रयासमा सहयोग गर्न पनि दुवै पक्ष सहमत भएका छन्।

प्रकाशित: १२ भाद्र २०७६ १६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App