२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बालविवाह रोक्न किशोरीको घरमा हरियो झण्डा

यसअघि जिल्लाका विभिन्न क्षेत्रमा बालविवाह न्यूनीकरणको लागि धार्मिक अगुवा, धामी, झाक्री, पुजारीलाई समेत तालिम दिइएको थियो। धामी, पुजारीले बालविवाहका बेफाइदाबारे जानकारी गराउँदा सर्वसाधारणमा राम्रो प्रभाव पर्ने भएपछि धार्मिक अगुवालाई अघि सारिएको हो। चेतना अभाव र धार्मिक अन्धविश्वासले यहाँ बालविवाह गर्ने क्रम रोकिएको छैन। छोरीलाई कम उमेरमै कन्यादान गर्दा पुण्य पाइन्छ भन्ने मान्यताले बालविवाह जटिल समस्याको रुपमा रहेको छ। देशमै बालविवाह बढी हुने पाँच जिल्लामध्ये बैतडी पनि एक हो।

विवाहपछि अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो परिवारलाई यसले हौसला मिल्यो’

पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको सुनाकोठीमा ५० औं विवाह वर्षगाँठ मनाएका छन्।

पञ्चेबाजा बजाएर दाहालले गरे पुनः विवाह(भिडियाेसहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पुनः विवाह गरेका छन्। ०२६ साल बैशाख २६ गते सितासँग विवाह गरेका दाहालले आज एक कार्यक्रमबीच पुनः सितासँग पञ्चे बाजा बजाएर विवाह गरेका हुन्। दाहालले विवाह गरेको ५० औं बर्ष पुगेको छ।

मण्डपमै बालविवाह रोकियो

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्डेमा प्रहरीले बालविवाह रोकेको छ। १६ वर्ष उमेरकी दाहाल थरकी बालिकाको विवाह हुन लागेको जानकारी पाई प्रहरीले विवाह मण्डपमै पुगी विवाह रोकेको हो।

छुवाछुत व्यवहारमै अन्त्य गर्ने प्रतिबद्धता

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा अबदेखि जातीय छुवाछुतका घटना हुन नदिने र भए कानुन अनुसार कारवाही गरिने प्रतिबद्धता जनाएका छन्।

थाइल्याण्डका राजाले गरे आफ्नै 'सुरक्षा गार्ड'सँग चौथो विवाह

थाइल्याण्डका राजा महा वजिरालंगकर्नले आफ्नै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका छन्। उनले आफ्नो व्यक्तिगत सुरक्षा अंग उप प्रमुखसँग विवाह गरेका हुन्। विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ।

राई र विश्वकर्माबीच मागी विवाह

शनिबार र आइतबार धरानका एक नवविवाहित जोडी एकाएक अनलाइन मिडिया र सामाजिक सञ्जालमा भाइरल भयो । कारण थियो दलित समुदायकी बेहुली र गैरदलित समुदायका बेहुलाबीच भएको मागी विवाह । बेहुला हुन्, हाल धरान उपमहानगरपालिका–१३ का नवीन राई । बेहुली धरान–१५ की सुष्मा कालिकोटे (विश्वकर्मा) । पुरातन नेपाली समाज र सोचको भाषामा भन्ने हो भने बेहुला कथित पानी चल्ने र बेहुली कथित पानी नचल्ने जात । यी दुई जातिबीचको बिहेवारीलाई अझै पनि नेपाली समाजले सहज रूपमा पचाउन सकेको छैन । तर नवीन र सुष्माले आधा दशक लामो चिनजान र प्रेमलाई सहज रूपमा विवाहमा परिणत गरे । उनीहरूको निर्णयलाई दुवैका परिवारले सहर्ष स्वीकार पनि गरे ।

बालविवाहविरुद्ध सामुहिक लड्ने प्रतिबद्धता

‘गाउँमा कतैबाट बिहे भोजको निम्तो आयो र तपाई त्यहाँ भोज खान जानु भयो तर त्यो बालविवाह हो भने तपाई भोज खाएर फर्किनु हुन्छ कि के गर्नुहुन्छ सर?’ अछामको मेल्लेख गाउँपालिका अध्यक्ष लोकबहादुर बोहरालाई लक्षित गर्दै तुलाराम रोकायाले प्रश्न सोधे।

माफी माग्दै सामूहिक भोज गर्ने सम्झौता

रूपन्देहीको शुद्धोधन गाउँपालिकामा कथित गैरदलित समुदायले विवाह भोजमा सहभागी नभई जातीय भेदभाव गरेको घटनाको मिलापत्र भएको छ। दक्षिणा दिएर भोज नखाई फर्केका कथित गैरदलितहरूले पीडित परिवारसँग माफी माग्दै सामूहिक भोज गर्ने सम्झौता गरेपछि विवाद टुंगिएको हो।

प्रेमीसँग गराइदिए पत्नीको विहे, उपहारमा दिए छोरा

सात फेरा लगाएर भित्र्याएकी पत्नीलाई अर्कै पुरुषसँग विदाई गर्नुपर्ने अवस्था कसैको जीवनमा सायदै आउँला। तर, भारतको बिहारमा एक पुरुषको जीवनमा यस्तो स्थिती सिर्जना भएको छ।

जहाँ दुलहीलाई दाइजोमा विषालु सर्प दिइन्छ

विवाहमा दाइजोको रूपमा रूपैया–पैसा, गाडी दिनु आम चलन हो। तर, भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा अनौठो दाइजो दिने चलन छ।

पढ्ने उमेरमा काखमा छोेराछोरी

एक छोरा र दुई छोरीकी आमा सानुकान्छी चेपाङ २१ वर्षकी भइन्। ३ वर्षको उमेरमा भागेर बिहे गरेकी बेनिघाट रोराङ गाउँपालिका–१ चिम्माङकी उनको दैनिकी अहिले काखे बच्चा स्याहार र घरधन्दामा बित्छ। ‘१३ वर्षको उमेरमा ख्यालख्यालमै भागियो, सानैमा बच्चा जन्मिएपछि निकै गाह्रो भयोे,’ उनले भनिन्, ‘सानैमा विवाह गरियो, अहिले पढ्न मन लाग्छ तर कामधन्दा कसले गरिदेओस्, अब मेरो भाग्य यस्तै हो भन्ने लाग्छ।’

सुत्केरी हुने ३० प्रतिशत आमा २० वर्षमुनिका

रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–१० की पार्वती खड्काको १४ वर्षको उमेरमा विवाह भयो। त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो। तर विवाह भएको एक वर्षमै पहिलो सन्तान छोरी र ३० वर्ष नपुग्दै चार सन्तान भए। सुत्केरी अवस्थामा पोषिलो खाना र स्याहारसुसार नपाएका कारण पार्वतीको स्वास्थ्यमा समस्या सिर्जना भयो। ३५ वर्षको उमेरमै पाठेघर फाल्नुप-यो।

नाटकमा महिनावारी, गोठ, बलात्कार र गर्भपतन

उमेरले पन्ध्र वर्ष टेकेकी टिउकीलाई आमाबुवाको दबाबमा पोल्लो गाउँका पन्ध्र वर्षकै राईदासेसँग पठाइयो। उमेरले दुवै जना किशोरावस्थामा छन्। घरायसी काममा सघाउनु पर्ने भन्दै उमेर नपुग्दै विहे गरिदिए अभिभावकले। उच्च शिक्षा दिनुपर्ने पिरलो आमाबुवामा थियो। दुवै पक्षका अभिभावकले २० वर्ष नपुग्दै विवाह गर्नु गैरकानुनी भएपछि अनौपचारिक रुपमा विवाह गराए।

नेपाल बोल्ने रन्जु कला

तराईमा विवाहलाई सम्पत्तिसँग तुलना गरिन्छ। अर्थात् बेहुला पक्षले बेहुली पक्षबाट कति मात्रामा ‘दहेज’ पायो भन्ने चासो बढी हुन्छ। बेहुलाले कस्ती बेहुली विवाह ग-यो भन्दा पनि ‘दहेज’को मात्रालाई बढी जोड दिन्छन्। यस्तै कथा र व्यथालाई समेटेर मिथिला चित्रकार रन्जु यादवले कोरेका चित्रहरूको यतिबेला राजधानीमा प्रदर्शन भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्