९ मंसिर २०८१ आइतबार
image/svg+xml

धान दिवसका अवसरमा जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा भाेलि सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक नौ जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ।

सुविधा सम्पन्न भवन समयमै नबन्दा जुम्ला प्रहरीलाई समस्या

नागरिकलाई शान्ति सुरक्षा दिनुपर्ने प्रहरी आफैं असुरक्षित अवस्थामा कार्यसम्पादन गरिरहेका छन्।जुम्लाको सदरमुकाममा खलंगामा अवस्थित जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी भवन र आवश्यक बन्दोबस्तीका सामानको अभाव छ।

जुम्लामा लागूऔषधसहित ५ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले ८ सय ६० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जुम्लाको गुठिचौर गाउँपालिका-५ बस्ने अन्दाजी १९ वर्षीय नरेन्द्र सार्की र अन्दाजी १८ वर्षीय विशाल सार्की छन्।

जुम्लाका कुन स्थानीय तहले कति बजेट ल्याए ?

जुम्लाका ८ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट ल्याएका छन्। एक नगरपालिका र ७ गाउँपालिका रहेको जुम्लाका सबै पालिकाले आइतबार बजेट ल्याएका छन्।

नमुना गन्तव्य बन्दै जुम्लाको पट्मारा होमस्टे

पारिवारिक ग्रामीण वातावरण, आत्मीयता, स्वादिलो परिकार र किफायती आवासका कारण होमस्टेमा पर्यटकको आकर्षण बढ्दो छ।

गर्भवती तथा सुत्केरीलाइ अकाल मृत्युबाट जाेगाउन आवास गृह सेवा सुचारु

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले गर्भवती तथा सुत्केरी महिलाका लागि आवासगृह संचालन गरेको छ। जिल्लामा जटिल अवस्थामा भएका गर्भवती तथा सुत्केरी महिलाका लागि आवासगृह बनाइएको हो।

पश्चिमेली संस्कृति र सहरी पहिरनले जुम्लाको पुर्ख्याैली संस्कृति र पहिरन ओझेलमा

जुम्ला लगायत कर्णालीमाा गाइने झोडा, देउडा, रत्यौली, मागल, धारु, छैटी, आरती, हुड्के नाच, बालो चम्फा नाच पनि लोप हुने अवस्थामा छन्। जुम्लामा जेठ,असारमा धान रोपाइ हुन्छ। रोर्पाईमा मागल गाउने परम्परा नै हो। धान खेतमा सुनिने सुरिलो मागल भाका आजभोली सुनिन छाडेको छ।

कालीमार्सी धान फल्ने तिर्खु ज्युलोमा मकै रोप्नु किसानकाे 'रहर होइन, बाध्यता'

पातारासी गाउँपालिका–४ तिर्खु ज्युलोमा धान फल्ने फाँटभरी मकै खेती गरिएको छ। कुनै बेला कालीमार्सी धान रोपिने तिर्खु ज्युलोमा अहिले मकै नै मकै खेती गरिएको देखिन्छ।

जौ बाली भित्र्याउन व्यस्त जुम्लाका किसान

जुम्लाका किसान हिउँदे बाली जौ भित्र्याउनमा व्यस्त छन्। जौ काटेर कालीमार्सी धान राेप्न सुरु गर्नुपर्ने हुनाले किसानहरु यतिबेला व्यस्त छन्।

जुम्लामा असिनाले स्याउ खेतीमा क्षति, वर्षभरिको मिहिनेत खेर

हावाहुरीसँगै आएको असिनापानीले वर्षभरिको दुखखेर गएको अर्का किसान सिंजा- ६ भाडगाँउका सुदिप रावतले दुखेसो पोखे।

स्याउमा झुसिल किराको प्रकोप देखियो

जुम्लाको तातोपानी गाउँपालिका–१ तराफीको स्याउमा झुसिल किराको प्रकोप देखिएको छ। तराफीका १ सय ५० वटा स्याउ बगैँचामा झुसिल किरा लागेर फल सखाप हुन थालेको हो।

जुम्लाको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ

जुम्लाको हिमा गाउँपालिकाले अङ्ग्रेजी माध्यमबाट पढाइ संचालन गरेको छ।शैक्षिक सुधारका लागी अङ्ग्रेजी माध्ययमबाट पठन पाठन शुरु गरेको हो। दुईवटा विद्यालयमा नमूनाका रुपमा अङ्ग्रेजी माध्यमबाट पठन पाठन संचालन भएको छ।

मुगु हिमपहिरो अपडेटः जुम्लाका तीन जनाको मृत्यु

मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिएका छन्।

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र रावतलाई

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ जुम्लाका दलबहादुर कुवँरले प्राप्त गरेका छन्।

जुम्लाका बगैंचामा स्याउ फुलेर सेताम्मे

यतिबेला जुम्लामा स्याउका बगैंचा फुलेर सेताम्य भएका छन्। बगैंचामा स्याउ फुलेर सेताम्मे देखिएपछि वातावरण मनोरम देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्