२४ वैशाख २०८१ सोमबार
image/svg+xml
शिक्षा

जुम्लाको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ

जुम्लाको हिमा गाउँपालिकाले अङ्ग्रेजी माध्यमबाट पढाइ संचालन गरेको छ।शैक्षिक सुधारका लागी अङ्ग्रेजी माध्ययमबाट पठन पाठन शुरु गरेको हो। दुईवटा विद्यालयमा नमूनाका रुपमा अङ्ग्रेजी माध्यमबाट  पठन पाठन संचालन भएको छ।

गाउँपालिका भित्रका २३ वटा सामुदायिक विद्यालय मध्ये दुईवटा  आधारभुत विद्यालयबाट अङ्ग्रेजी विषयबाट पढाइ भएको छ।दुई विद्यालयमा सफलता मिले सबै सामुदायिक विद्यालयमा कार्यान्वयन गर्ने हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए।विद्यालयमा शैक्षिक अवस्था सुधार गरेर देखाउने लक्ष्य छ।

अंग्रेजी विषयको पठनपाठनले अङ्ग्रेजी भाषामा विद्यार्थीको सिकाई राम्रो हुनेछ।हिमा गाउँपालिका( ३ मा अव्यवस्थित भैरव आधारभुत विद्यालय जोडिबाडा र ( १ मा अवस्थित कालिका आधारभुत विद्यालय देयारगाउँबाट नमूनाका रुपमा अङ्ग्रेजी विषयको पठनपाठन गरिएको छ। दुवै विद्यालयमा नर्सरी देखि कक्षा १ सम्म अङ्ग्रेजी विषयमा पठनपाठन हुनेछ।सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी अङ्ग्रेजी विषयमा कमजोर भएकाले उनीहरुको पढाईमा सुधार गर्न खोजिएको  छ।अहिले अङ्ग्रेजी भाषा बिना केहि पनि गर्न सकिने अवस्था छैन।

हिमा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयबाट हामीले गुणस्तरीय शिक्षा दिने प्रयास थालेको छौँ।सामुदायिक विद्यालयबाटै अङ्ग्रेजी माध्यमको पढाईले विद्यार्थीको सिकाईमा सहजिकरण गर्ने कामको सुरुवात गरेको छ।हिमा गाउँपालिकाको १२ औँ गाउँसभाको नीति तथा कार्यक्रममा नमुना परिक्षणका लागि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने नीति अघि सारिएको थियो।नीतिका आधारमा नमूनाका रुपमा दुईवटा विद्यालयबाट अंग्रेजि माध्यमबाट पढाई सुरुवात भएका छन्।

१२ औँ गाउँसभाको निर्णयलाई कार्यान्वयन गर्नको लागि शैक्षिकसत्र सुरु भएको २१ दिन पछि दुईवटा विद्यालयबाट अङ्ग्रेजी विषयमा पठनपाठनको कार्यको उद्वघाटन नेपाल सरकारका उपसचिव उमाकान्त अधिकारीले गरेका छन्। १ का वडाध्यक्ष रतन शाहीले प्रत्येक योजनाबाट दुई प्रतिशत कटौति गरी विद्यालयलाई सहयोग गर्ने बताए।तल्लो कक्षामा अध्ययन गर्ने बालबालिको अंग्रेजीमा राम्रो गर्न खोजिएको छ। गाउँपालिकाको केहि सहयोग र वडाको लगानिबाट अंग्रेजी विषयको पढाई सुरुवात गरिएको वडाध्यक्ष शाहीले बताए।

प्रकाशित: २४ वैशाख २०८० ०५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App