९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र रावतलाई

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ जुम्लाका दलबहादुर कुवँरले प्राप्त गरेका छन्। चौथो पटक आयोजना गरिएको म्याराथनमा जुम्लाकै धीरेन्द्र बुढाले दोस्रो स्थान हासिल गर्न सफल भएका छन्। शेर बहादुर बुढा तेस्रो स्थान हात पार्न सफल भएको कर्णाली स्पोट्स क्लब जुम्लाले जनाएको छ।

क्लबका अध्यक्ष सरोज शाहीका अनुसार कुँवरले जुम्लादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी चार घण्टा ५४ मिनेट १० सेकेण्डमा पूरा गरेका छन्। यस्तै दोस्रो स्थान हासिल गरेका धिरेन्द्रले चार घण्टा ५७  मिनेट ५७ सेकेण्डमा निर्धारित समय पूरा गरे भने शेर बहादुर बुढाले पाँच घण्टा ८  मिनेट ४१ सेकेन्डमा पूरा गरेका हुन्।  

यस्तै महिलातर्फको प्रतियोगितामा कर्णाली स्पोट्स क्लब जुम्लाकी मञ्जु रावतले उपाधि जितेकी छन् । भने, ६ घण्टा ५४ मिनेट २७ सेकेण्डमा दुरि पार गरेकि गंगा भण्डारी द्वितीय र ७ घण्टा ५ मिनेट ४६सेकेण्डमा पार गरी अनिता बुढा तृतीय भएका छन्। प्रतियोगीताको उपाधि जित्ने पुुरुष, महिला सबै जुम्लाका हुन्। ४९ किमि जुम्ला(रारा अल्ट्रा म्याराथनमा महिला पुरुष दुबै तर्फका प्रथम, द्वितीय र तृत्तिय हुने खेलाडीले क्रमशः नगद १ लाख , ७५ हजार ५० र चौथौ र पाँचौ हुने खेलाडीले २०-२० हजार नगद सहित प्रमाणपत्र प्राप्त र मेडल प्राप्त गर्ने छन्। म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीहरुले समुद्री सतहदेखि तीन हजार ६ सय मिटर उचाईमा दौडेका थिए। पुुरुस्कार केही समयमा रारातालको किनारमा ओैपचारिक कार्यक्रम गरि प्रदान गरिनेछ।म्याराथनमा अमेरीकाका २ ,भारतका १ आयरल्याण्ड १ र बेलायतका १ जना गरि ५ जना विदेशी खेलाडी सहभागी छन्।

प्रकाशित: १२ वैशाख २०८० १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App