२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बेनी–जोमसोम सडक चार दिन बन्द हुने

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर सडक स्तरोन्नति र मुस्ताङको थासाङ गाउँपालिका–४ को कैकुखोलामा सडक बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको प्रशासनले जनाएको छ।

बेनी सामुदायिकबाट सिक्दै अन्यत्रका स्कुल

जिल्लामा रहेका निजी विद्यालयसँग शैक्षिक तथा भौतिक पूर्वाधारमा जमेर प्रतिस्पर्धा गरिरहेको सत्यवतीले विद्यालयमा हुने गरेका राम्रा अभ्यास सिको गर्ने उद्देश्यले बेनी सामुदायिकमा आएको थियो ।

बिरामीको बेडसम्मै पाइपलाइनबाट अक्सिजन

बेनी अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीले आवश्यकता अनुसार बेडमै बसेर अक्सिजन लिन पाउने भएका छन् ।

पाइपलाइनबाट बिरामीको बेडमै अक्सिजन

बेनी अस्पतालमा बिरामीको बेडमा अक्सिजन गरी पोर्ट जडान गरिएको छ । अस्पताल परिसरमा रहेको अक्सिजन उत्पादन केन्द्रबाट पाइपलाइनको सहायतामा बेडनजिकै जडान गरिएको हो । बिरामीलाई आवश्यकता परेको बेलामा बेड नजिकै रहेको पोर्टबाट सजिलै अक्सिजनको प्रयोग गर्न सकिन्छ । बिरामीले पोर्टमा जडान गर्दाबित्तिकै अक्सिजन आउँछ ।

धादिङमा दुर्घटना दुईको मृत्यु, छ जना घाइते

आज बिहान नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नंको मालवाहक ट्रकमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन

बिरामीलाई आवश्यक पर्ने अक्सिजन उत्पादन सुरु भएसँगै अक्सिजनका लागि जिल्ला बाहिर जानुपर्ने समस्याको अन्त्य भएको छ ।

बेनी अस्पतालमा थाइराइड उपचार सुरु

म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा पहिलोपटक थाइराइडको उपचार सुरु भएको छ। अस्पतालले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा सेवा सुचार गरेसँगै म्याग्दीबाट थाइराइडको उपचारका जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ।

एक महिनापछि बेनी–जोमसोम सडक सञ्चालनमा

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरोला सडक अवरुद्ध भएको एक महिनापछि सञ्चालनमा आएको छ। गएको साउन ५ गते बाढीपहिरोले अवरुद्ध भएको सडकखण्डअन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, काभ्रेभीरमा विष्फोटक पदार्थको प्रयोग गरी सोमबार विहानदेखि सञ्चालनमा आएको हो।

बेनी–जोमसोम सडक कटानले छियाछिया

बेनी–जोमसोम खण्डमा बाढीपहिरो र कालीगण्डकी नदीले कटाने अवरुद्ध भएपछि शनिबारदेखि मर्मतकार्य सुरू भएको छ । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक अन्तर्गत म्याग्दीखण्डमा मात्र करिब आधा दर्जन बढी स्थानमा पहिरो र नदीको कटानले सडक छियाछिया पारेपछि सडक नियमित सञ्चालनको प्रयास सुरु भएको छ ।

बेनी अस्पतालको आइसोलेसनमा एक जना भर्ना, स्वाब परीक्षणका लागि पठाइने

बेनी अस्पतालमा आइसोलेसन वार्डमा एक जनालाई राखिएको छ।

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ। नियमित सडक सञ्चालन गर्दा सडक विस्तारमा समस्या भएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सडक स्तरोन्नतिका लागि रघुगंगा गाउँपालिकाको घुमाउने तालदेखि बेगखोलासम्म सवारीसाधन बन्द र काम गर्ने समय तालीका बनाएको हो।

असिनाबाट धानबालीमा ७५ लाखको क्षति

बेनी नगरपालिका–२ ज्यामरुककोटमा परेको भीषण असिनाका कारण भित्र्याउने बेलामा १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ।

बेनी–जोमसोम सडक पाँच दिनपछि सञ्चालनमा

विगत पाँच दिनदेखि अवरुद्ध रहेको बेनी–जोमसोम सडक आज बिहानबाट सञ्चालनमा आएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ र मुस्ताङको थासाङ गाउँपालिका–४ को सिमाना घोप्टेभिरमा पहिरोले आइतबारदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक आज बिहानबाट सञ्चालनमा आएको हो।

बेनीका नगरप्रमुख र कार्यपालिका सदस्यबीच विवाद

कर्मचारी व्यवस्थापनमा तत्कालीन स्रोत व्यक्तिहरुलाई नै निरन्तरता दिने कि नयाँ ल्याउने भन्नेमा विवाद भएपछि दुई सातादेखि नगरप्रमुख र कार्यपालिका सदस्यहरुबीच विवाद चुलिएको छ भने बैठक समेत अनिश्चित बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्