२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भेटियो २५० वर्ष पुरानो दमाहा

म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौरको पुरण्यमा २५० वर्ष पुरानो ऐतिहासिक दमाहा भेटिएको छ। पुरण्यका इन्द्रबहादुर दर्जी (साइलो) को घरमा उक्त दमाहा भेटिएको हो। पुला क्षेत्रमा शताब्दीयौँ पहिलाका बाजा रहेको भन्ने जानकारी पाएपछि ती बाजाको खोज अनुसन्धान गर्ने क्रममा स्थानीय बुद्धिजीवी तथा शिक्षक शिव बानियाँले खोजी गर्दै जाँदा इन्द्रबहादुर दर्जीको घरमा सो दमाहा भेटिएको हो।

खहरेले घट्टेखोलामा निर्माणाधीन पक्की पुल बगायो

खहरे खोलामा एक्कासि आएको बाढीले बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित घट्टेखोलामा निर्माणाधीन पक्की पुलका सबै संरचना बगाएको छ।

गण्डकी प्रदेश जोगाउँदै, बेनी नगरपालिका मास्दै

गण्डकी प्रदेश सरकार वर–पिपल संरक्षणको अभियानमा छ। प्रदेश सरकार वर–पिपल जोगाउने अभियानमा लागिरहेका बेला म्याग्दीको एक स्थानीय तहले भने बेनीबजारमा रहेको करिब सय वर्ष पुरानो पिपल काटेर व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्ने प्रयास गरेको छ।

छाडा पशुचौपायाले दुर्घटनाको जोखिम

सदरमुकाम बेनीमा छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ। एक दशकयता साँघुरो बेनीबजारमा जिल्लाका ग्रामीण क्षेत्रबाट लुकिछिपी बूढा र रोगी गाईगोरू छोड्ने चलन बढेपछि बजार क्षेत्रमा देखिने पशुचौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको हो।

‘आमाका शब्द सङ्गाली महाकाव्य म लेख्दछु’

शुक्रबार बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले आयोजना गरेको ‘आमा’ शीर्षकको कविता प्रतियोगितामा कक्षा १० का छात्रा भावना शेरबुजाले यो कविता वाचन गर्दा धेरैका आँखा रसाए।

स्टिमर चढेर सेतीबेनी

यसपाली हाम्रो यात्रा अलि पृथक थियो। हामी पदयात्रा गर्ने साथीहरुले यसपाला चाहिँ मोटरबाइकमा लामो यात्रामा निस्कने निर्णय गर्यौं। हामी ६ जना काठमाडौँदेखि पोखरा, स्याङ्गजा, पाल्पा, बुटवल, लुम्बिनी, चितवन, हेटौंडा हुँदै काठमाडौं फर्कने योजना बन्यो।

प्रभु बैंकका पाँच शाखारहित थपिए

प्रभु बैंक लिमिटेडले सेवाग्राहीलाई सरल र सहज रुपमा सेवा दिन भन्दै मुस्ताङ र म्याग्दी जिल्लाका विभिन्न स्थानमा पाँचवटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

कागबेनीमा एक दिनमा ५३ सय श्रद्धालु

हिमाली जिल्लामा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ। एकै दिन पाँच हजारभन्दा बढी संख्यामा आन्तरिक पर्यटक हिमाली जिल्ला मुस्ताङ उक्लेका छन्। यसले हिमाली जिल्लामा भित्रिने गाडीको ताँती लागेको छ।

पोल पुग्यो, बिजुली पुगेन

बिजुलीका केही पोल गाडिएका छन्, केही भुइँमा छरिएका। भुइँमा रहेका केही पोल पुरिँदै गइरहेका छन्। बेनीघाट रोराङ गाउँपालिका–१० कोस्राङ गाउँको अवस्था हो यो। त्यहाँ पोल त पुर्‍याइएका छन् तर बिजुली नहुँदा स्थानीय अन्धकारमै रुमलिन बाध्य छन्। गाउँ झिलिमिलि पार्ने र दैनिकी सहज बनाउने सपना साँचेर गाउँलेहरू आफैंले बोकेर लगेका हुन् ती पोल। उनीहरूले केही पोल आफ्नै हिसाबले गाडेका छन्। कति दूरीमा र कस्तो ठाउँमा उपयुक्त हुन्छ भन्ने विचारै नगरी हचुवामा गाडिएका ती पोलहरू आफैंमा समस्या बनेका छन्।

तामाङबस्तीमा ठडिए विद्यालय भवन

गाउँको बीचमा एउटा विद्यालय छ । एकातिर भूकम्पले भत्किएर मर्मत गरिएको भवन अर्कोतिर भूकम्पपछि विभिन्न संघसंस्थाले निर्माण गरिदिएको विद्यालय भवन।

बेनी–जोमसोम सडक दश दिनपछि खुल्यो

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा आएको छ।

अवरुद्ध बेनी–जोमसोम सडक एक हप्तापछि खुल्यो

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट खण्डको अवरुद्ध सडक एक हप्तापछि खुलेको छ।

बेनी–जोमसोम सडक छियाछिया

हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने एकमात्र स्थलमार्ग पहिरो र कालिगण्डकी नदीको कटानले छियाछिया परेको छ।

बेनी–जोमसोम–कोराला सडक प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग

नेपाल र चीन जोड्ने बेनी–जोमसोम–कोराला सडक प्रदेश सरकारको मातहतमा ल्याउनुपर्ने माग गण्डकी सरकारले राखेको छ। निर्माणाधीन यो सडकलाई गण्डकी सरकारले प्रदेश गौरवको आयोजनामा पनि राखेको छ।

बेनी–जोमसोम–कोरला सडक प्रदेश सरकारलाई दिनुपर्ने माग

नेपाल र चीन जोड्ने बेनी–जोमसोम–कोरला सडक प्रदेश सरकारको मातहतमा ल्याउनुपर्ने माग गण्डकी सरकारले राखेको छ। निर्माणाधीन यो सडकलाई गण्डकी सरकारले प्रदेश गौरवको आयोजनामा पनि राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्