२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बेनी–जोमसोम सडक अवरुद्ध

अन्नपूर्ण गाउँपालिका- ३ दानाको तितरमा गएराती आएको पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

एनसिसी बैंकद्वारा बेनीमा शाखा स्थापना

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी)ले म्याग्दीको बेनी नगरपालिका ७ मा शाखा कार्यालय स्थापना गरेको छ।

बेनी–कोरला सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिँदै

नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ। कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको हो।

बेनी–जोमसोम सडक दैनिक ८ घण्टा बन्द हुने

राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडक अन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोम– कोरला सडकको स्तरोन्नती कार्यलाई तीब्रता दिन दैनिक ८ घण्टा बन्द गरिने भएको छ।

बेनी–जोमसोम सडक शुक्रबारदेखि आठघण्टा बन्द हुने

स्तरोन्नति कार्यलाई तीव्रता दिन बेनी–जोमसोम सडकखण्ड आठ घण्टा बन्द गरिने भएको छ।राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोममा छ महिनादेखि विभिन्न चार खण्डमा कार्य भइरहेको छ।

माघे संक्रान्तिमा माइबेनी मेला

धार्मिक दृष्टिले प्रसिद्ध इलामको माइबेनीमा हरेक माघे संक्रान्तिको अवसर पारेर लाग्ने तीनदिने मेला धुमधाम लागिरहेको छ। यो पटक पनि माई, पुवामाई र जोगमाईको संगमस्थल माइबेनीमा पुस ३० देखि भव्य मेला लागेको हो। मेला माघ २ मा सम्पन्न हुनेछ।

बेनी–जोमसोम सडक कालोपत्रे गरिने

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमीको बेनी–जोमसोम सडक कालोपत्रे हुने भएको छ।  चार नं प्रदेशको जीवनरेखा कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालोपत्रे गर्ने तयारी भएको जनाएको छ। आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले कालोपत्रे गर्न पूर्वाधार निर्माणको काम तीव्ररुपमा अघि बढेको जानकारी दिए। बेनी–घाँसा खण्डमा डिबीएसडी र घाँसा–जोमसोम खण्डमा असपाल्ट प्रविधिको कालोपत्रे गरिने भएको छ । नालीसहित ११ मि चौडाइ रहने दुई लेनको सडकको सात मि चौडाइमा कालोपत्रे गरिने इ निरौलाले बताए।

बेनीबजार जोगाउन ११ करोड

नदी कटानबाट म्याग्दीको सदरमुकामबेनीबजारलाई जोगाउनसुरु गरिएको संरक्षण आयोजनाले तीव्रता पाएको छ । बजार म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित दुई ठूला नदीको उच्च जोखिममा परेपछि जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउन कार्यक्रम आयोजना गरिएको हो ।

बेनीबजारमा भेटियो रु एकहजारको नक्कली नोट

म्याग्दीको सदरमुकाम बेनीमा एक हजारको नक्कली नेपाली नोट भेटिएको छ। बिहीबार लोकदीप बचत तथा ऋण सहकारी संस्थामा ग्राहकमार्फत शंकास्पद नोट भेटिएपछि परीक्षणका क्रममा नक्कली रहेको पाइएको सहकारीका प्रबन्धक नेत्रराज सुवेदीले बताए।

कागबेनी दुर्घटनाका घाइतेलार्इ काठमाडौँ ल्याइदै

तीन जनाको ज्यान जाने गरी मंगलबार साँझ कागबेनीमा भएको बस दुर्घटनाका घाइतेलाई बुधबार बिहान काठमाडौँ ल्याइएको छ।

बेनी-जोमसोम सडक अवरुद्ध, बेगखोलाले ट्याक्सी बगायो

बेनी-जोमसोम सडकखण्ड अवरुद्ध भएको छ। रघुगंगा गाउँपालिका-१ बेगखोलामा बर्षासंगै खोलाको बाहब बढेपछि आवतजावत बन्द भएको छ।

कागबेनी–मुक्तिनाथ सडकखण्डमा कालोपत्रे

हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको सडक कालोपत्र गरिएको छ। मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे भएको हो ।

बेनी–जोमसोम सडक छ दिनपछि खुल्यो

हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि पुनः सञ्चालनमा आएको छ।

बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता

जिल्ला सदरमुकाम बेनीमा बुधबार आयोजित दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्