२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बाढीका कारणा बेनी–जोमसोम सडक अवरुद्ध

बेगखोलामा बाढी आएपछि बेनी–जोमसोम सडक बुधबार साँझदेखि अवरुद्ध बनेको छ । बुधबार दिउँसोको भारी वर्षापछि बेगखोलाको ठाडोखोलामा बाढी आउनुका साथै कालीगण्डकीको सतह बढेर सडक कटान हुन थालेपछि बेनी–जोमसोम सिधा सवारी आवागमन ठप्प बनेको हो ।

खुला ब्याडमिन्टन बेनीमा

गँगटा युवा क्लबले म्याग्दी जिल्ला ब्याटमिन्टन संघसँगको सहकार्यमा राष्ट्रियस्तरको खुला ब्याटमिन्टन प्रतियोगिताको चौथो संस्करण चैत ९ गतेबाट बेनीमा गर्ने भएको छ। गँगटा युवा क्लबले विगतका तीन संस्करण काठमाडौंमा गरेको थियो।

बेनी–जोमसोममा सिन्डिकेट तोडियो, यात्रुलाई सहज

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ ।

बेनी–जोमसोम–कोरला स्तरोन्नतीको तयारी

उत्तरी नाका कोरलासम्म स्थलमार्गको पहुँच बढाउन बेनी–जोमसोम–कोरला सडकखण्डलाई स्तरोन्नती गरिने भएको छ । ट्र्याक खुलेर केही वर्षदेखि नियमित रुपमा सडकमा सवारी सञ्चालन भइरहे पनि साँघुरो र जोखिमपूर्ण रहेकोले स्तरोन्नती गर्न थालिएको हो । सडक स्तरोन्नतीपछि उत्तरी नाका चीनसँग द्विपक्षीय व्यापार विस्तार गर्ने सरकारी योजना छ ।

बेनीमा ९ दिनदेखि खानेपानीको अभाव

म्याग्दी– सदरमुकाम बेनीमा नौ दिनदेखि खानेपानीको हाहाकार भएको छ। बेनीमा खानेपानी वितरण हुँदै आएको आयोजनाको पाइप लाइनका ठाउँ-ठाउँमा पहिराले पाइप फुटाएपछि खानेपानी आपूर्ति बन्द भएको हो। बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले राम्चे गाविसस्थित पुम्दीखोला र भकिम्ली गाविसको दूधेखोलाबाट पानी ल्याएर सदरमुकाम बेनीसहित बगरफाँट र मङ्गलाघाट क्षेत्रका ९५० घरमा खानेपानी आपूर्ति गर्दै आएको छ।

पोखरा–बेनी सडक अबरुद्ध, वर्षाले ठाउँठाउँ पहिराे

पर्वत– वर्षाले ठाउँठाउँमा पहिरो जाँदा धौलागिरी प्रवेश गर्ने प्रमुख नाका अबरुद्ध बनेको छ। सोमबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पोखरा–बागलुङ सडक र पर्वतको मालढुंगा–बेनी सडक अवरुद्ध बनेको हो। कास्कीको घट्टेखोला र फेदीमा पहिरो खस्दा पोखरा–बागलुङ सडकखण्ड ठप्प छ।

बेनी–जोमसोम सडक अवरुद्ध

बाबियाचौर (म्याग्दी)– म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक आज बिहानैदेखि अवरुद्ध भएको छ। म्याग्दी र मुस्ताङको सिमानामा पर्ने घाँसा–१ को घङेमा भन्ने ठाउँमा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको सडकमा सिधा सवारी सञ्चालन बन्द भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्