८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

बेनी अस्पतालमा थाइराइड उपचार सुरु

म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा पहिलोपटक थाइराइडको उपचार सुरु भएको छ। अस्पतालले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा सेवा सुचार गरेसँगै म्याग्दीबाट थाइराइडको उपचारका जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ।  

बेनी अस्पतालले बिहीबारदेखि पहिलोपटक जिल्लामै थाइराइडको परीक्षणको शुरुआत गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए। अत्याधुनिक सेवा विस्तारको क्रममा थाइराइडको उपचारको अभावमा समस्या झेल्दै आएका बिरामीलाई लक्षित गरी मेसिन जडानसँगै सेवा सुरू गरिएको उनले बताए। अस्पतालको गुणस्तर राम्रो भएमा मात्र नागरिकको विश्वास आर्जन गर्न सकिने भएकाले थप नयाँ र आधुनिक सेवाहरु समेत थप्ने योजना रहेको उनको भनाइ छ।  

थाइराइड परीक्षण सुरु भएपछि पीडित समेत हर्षित भएको अस्पतालले जनाएको छ। हालसम्म म्याग्दीबाट थाइराइडको उपचारका लागि पोखरा र काठमाडौँ जानुपर्ने बाध्यता रहेको थियो। “हाम्रो घाँटीमा हुने यो ग्रन्थीको समस्या धेरै मानिसमा भएपनि परीक्षण नहुँदा अधिकांश रोग पालेर बस्न बाध्य छन्, सेवासँगै रोगका बारेमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ”, अस्पतालका प्रमुख डा. अमृत अधिकारीले भने। यसअघि शल्यक्रियासहितको प्रसूतिलगायतका विभिन्न शल्यक्रियासहितको उपचार सेवा दिँदै आएको बेनी अस्पतालले हालै आँखा उपचार सेवा समेत विस्तार गरेको थियो। रासस

प्रकाशित: २८ कार्तिक २०७७ ०७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App