२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बेनी–बगरफाँट–बरङ्जा सडकको स्तरोन्नति सुरु

सडकको मापदण्डअनुसार नै निर्माण भएको यो सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुङ्गा साबित हुने स्थानीयवासीले बताएका छन्।

सोह्रश्राद्धको अन्तिम दिनः कागबेनीमा श्रद्धालुको भीड

कागबेनी श्राद्धस्थल अन्य तीर्थस्थल भन्दा उत्तम भएकाले यहाँ श्राद्ध गर्न जानेको सङ्ख्या ठूलो रहेको कागबेनी क्षेत्रका संरक्षक ऋषि प्रपन्नाचार्यले जानकारी दिए। कागबेनी धार्मिकस्थल भगवान विष्णुलगायत सबै देवको बासस्थान भएको जनविश्वास छ।

छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ।

बेनी अस्पतालमा इन्डोस्कोपी सेवा

अस्पतालमै सेवा सञ्चालन भएपछि इन्डोस्कोपी सेवा लिन पोखरा जानुपर्ने बाध्यता हट्ने अध्यक्ष कटुवालले जानकारी दिए। “सवै उपकरणहरु आइपुगेका छन् ।

बेनी–जोमसोम सडक ध्वस्त

गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडक खण्ड पहिरो र कालीगण्डकी नदीको कटानले छियाछिया परेको छ।

बाढीपहिरोले विस्थापितलाई बेनी नगरले आपतकालीन राहत स्वरुप १५ हजार दिने

बेनी नगरपालिकाले बाढीपहिरोको कारण पूर्णरूपमा विस्थापित भएकालाई तत्काल आपतकालीन राहत स्वरूप १५ हजार नगद सहयोग गर्ने भएको छ ।

कास्कीमा रासायनिक मल पर्याप्त

बर्खा सुरु भइसकेको छ। किसान खेत ओर्लिसकेका छन्। असारे चटारोसँगै किसानलाई रासायनिक मलको चिन्ता भने छैन। विभिन्न जिल्लामा रासायनिक मल पर्याप्त नहुँदा किसान आन्दोलन गर्न सडकमै उत्रिएका थिए। कास्कीमा भने रासायनिक मलको अभाव नभएको पोखरा महानगरपालिका कृषि महाशाखाले जनाएको छ।

बेनीबजार सँधै जोखिममा

बेनी नगरपालिका–७ र ८ वडाको सिमानामा पर्ने गणेशटोल र संगमचोकको तल लगाइएको ग्यावीयन पर्खाल बगाएर बजारतर्फ कटान गर्न थालेको छ। कटान गरेको स्थानमा दुई वर्ष अगाडिमात्रै रुपाताल एकिकृत संरक्षण परियोजनामार्फत् ग्यावीयन पर्खाल लगाइएको थियो।

बाँझो जमिनमा नर्सरी

नर्सरी बनाउन लागि रु २२ लाख लगानी भएको सञ्चालक गुरुङले बताए। “बीउ, सामग्री खरिद, घेराबार, टनेल लगायतका संरचना निर्माण गरेका छौ,” उनले भने “४५ हजार टिम्मुर, दुई हजार १०० सुन कागति, छ हजार दाँते ओखरका विरुवा उत्पादन भएको छ।”

चिनी १०५ रूपैयाँ किलोमा बिक्री

म्याग्दी सदरमुकाम बेनीमा चिनीको मूल्यमा मनपरी हुन थालेको छ। कोरोना भाइरस संक्रमणको जोखिमसँगै बेनी बजार तथा आसपासमा क्षेत्रमा केही व्यापारीले चिनी किलोको सय रूपैयाँसम्म लिने गरेको पाइएको हो।

एन्टिजेन परीक्षणमा भेटिन्छन् संक्रमित

बेनी अस्पतालमा उपचारका लागि आएका बिरामीमा समेत कोरोनाको लक्षण देखिन थालेको छ । रुघा र ज्वरो देखिएपछि अस्पतालमा पुगेका सदरमुकाम बेनीबजार आसपासका बिरामीको प्रयोगशालमा १५ जना बिरामीको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द

विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो।

बेनी–जोमसोम सडक भोलिसम्म बन्द

शनिबार बिहानदेखि चारदिनका लागि यातायात सेवा बन्द भए पनि तोकिएको समयमै काम सम्पन्न गर्न नसकिने अवस्था देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना जारी गर्दै आगामी १९ गते बिहीबारसम्म बन्द हुने जनाएको छ।

बेनी–जोमसोम सडक चैत्र १९ गतेसम्म बन्द हुने

हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा आगामी चैत्र १९ गतेसम्म बन्द हुने भएको छ।

बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द

विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्लाको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा बन्द भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्