१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एन्टिजेन परीक्षणमा भेटिन्छन् संक्रमित

म्याग्दीमा उकालो लाग्दै कोरोना

बेनी अस्पतालमा उपचारका लागि आएका बिरामीमा समेत कोरोनाको लक्षण देखिन थालेको छ । रुघा र ज्वरो देखिएपछि अस्पतालमा पुगेका सदरमुकाम बेनीबजार आसपासका बिरामीको प्रयोगशालमा १५ जना बिरामीको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।  

एन्टिजेनमा कोरोना देखिएपछि गरिएको पिसिआर समेत पोजेटिभ आएको थियो । ७ जनाको एन्टिजेन स्क्रिनिङको क्रममा ४ जनाको कोरोना पुष्टी भएको स्वास्थ्यकर्मीले बताएका छन् । गतहप्ता भेटिएका ११ संक्रमितमध्ये ८ जना सदरमुकाम बेनी आसपासका छन् । बेनीबजारकै एक निजी र सामुदायिक विद्यालयका तीन विद्यार्थी र एक शिक्षकमा कोरोना देखिएपछि बैशाख मसान्तसम्म विद्यालय बन्द गरियो । संक्रममितको अवस्था हेर्दा बेनीबजार नै हटस्पट’ बन्ने जोखिम बढेको छ ।  

सामान्य रुघा, खोकी र ज्वरोका बिरामी अस्पतालको ओपिडीमा चेकजाँचको क्रममा बिरामीमा कोरोनासँग मिल्ने लक्षण भेटिएपछि एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण टेष्टको क्रममा संक्रमति भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीमा निमित्त प्रमुख एकनारायण लम्सालले बताए । ‘सुरक्षा मापदण्ड पालनामा बेवास्ता गरिएको छ । बाहिरी जिल्लाबाट प्रवेश गर्नेहरूबाटै धेरै जोखिम छ,’ प्रमुख लम्सालले भने । एन्टिजेन किट प्रयोग गरी कोरोना परीक्षण टेष्टको विश्वसनीयता पिसिआर परीक्षण सरह हुने भएकाले संक्रमितले हेलेचक्राई गरेमा परिवार र समुदायस्तरमै फैलिने जोखिम रहेको प्रमुख लम्सालको भनाई छ ।  

पिपिई सहित सतर्कता अपनाई अन्य विरामीभन्दा फरक तरिकाले बिरामीको घाँटी तथा नाकबाट ¥यालको नमुना लिन्छन् । पिसीआर जस्तै यो प्रविधिबाट सहज र सरल तरिकाबाट कोरोना भाइरस भए नभएको पत्ता लगाउन सकिन्छ । तर एन्टिजेन परिक्षणका क्रममा लिएको ¥यालको नमुना प्रयोगशालमा नभएर किटबाट जाँच गरिन्छ । म्याग्दीमा एन्टिजेन विधिबाट कोरोना पुष्टी भएकामा पिसीआर विधिबाट जस्तै लक्षण देखिएकाले यसलाई सतप्रतिशत विश्वास गर्न सकिने स्वास्थ्यकर्मीको भनाई छ । यस्तो अवस्थामा नेगेटिभ नतिजा देखिएकालाई समेत चिकित्सकले थप पुष्टी गर्न पिसिआर विधिको प्रयोग गरिन्छ ।

अनिवार्य मास्क लगाउने, हात धुने र सामाजिक दूरी कायम गर्ने नियम बनाए पनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा कोरोना संक्रमतिको समस्याहरु बल्झिदै गएको छ । अस्पतालका चिकित्सकले सुरुवातमा ल्यावमा चेकजाँचका लागि पठाउने र कोरोनाको लक्षण देखिएपछि पुनःपरीक्षणका लागी पठाउँदा ल्यावमा रहेका स्वास्थ्यकर्मीमा समेत संक्रमणको जोखिम बढेको छ। एन्टिजेन विधिबाट कोरोना पुष्टी भएकालाई घरमै सुरक्षित बस्न अनुरोध गरिएको छ । 

प्रकाशित: १४ वैशाख २०७८ ११:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App