३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेललाई नियुक्ति गर्ने तयारी

राजनीतिक किचलोका बीच गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुने भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी हुन ।

भारत जाने बालबालिका बढ्दो, निकृष्ट काम गर्न बाध्य

गरिबी, अशिक्षाजस्ता कारण सानो उमेरमै कामका लागि भारत जाने र निक्कै निकृष्ट काम गर्ने गरेकोमात्र नभई घर छोडी गएका बालबालिकाहरुलाई बालश्रममा लगाइने गरेको आफन्त नेपालले जनाएको छ।

वैद्यले आत्मालोचना गर्दै भनेः भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिए

वाग्मती प्रदेश सभामा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिएका छन्।

एमालेले वैद्यको अभिव्यक्तिको निन्दा गर्दै भन्योः प्रधानमन्त्रीको हत्या गर्न दिएको धम्कीलाई गम्भीर रुपमा लिएका छौँ

नेकपा एमालेले नेपाली कांग्रेसका वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यको अभिव्यक्ति आपत्तिजनक र निन्दनीय भएको जनाएको छ।

नेपाली कार्टुन कला

ब्रिटिस कलाकार जोन लिचले ‘पन्च’ म्यागजिनमा सन् १८४३ मा ‘सब्स्ट्यान्स एन्ड स्याडो’ नामक हास्य दृष्टान्त चित्र बनाएका थिए । चारैतिर चित्र झुन्डिएको एउटा कोठामा केटाकेटी, बूढाबूढीलाई विभिन्न मनोभावमा देखाइएको छ । चित्र हेर्दै पनि अस्वाभाविक संयोजन लाग्छ । यसैले कार्टुन कला नभनेर यसलाई हास्यास्पद दृष्टान्त चित्र भनियो ।

वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैनः गगन थापा

वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएपछि नेता गापाले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाउँदै भने, 'नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन।'

वैद्यको अभिव्यक्तिमा कांग्रेस प्रवक्ताले आपत्ति जनाउँदै भनेः शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश

बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण शुक्रबारदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ।

महाधिवेशन निर्णय लिन कांग्रेसले बोलायो बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्।

गण्डकी प्रदेशः बहुमत सदस्य लिएर मुख्यमन्त्रीमा पोखरेलको दावी

कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

नेपालमा थप ३७५० जनामा संक्रमण पुष्टि

९ हजार ५ सय ९८ पीसीआर परीक्षणमा २ हजनार७सय ९ जना र ५ हजार ५ सय ८४ एन्टिजेन परीक्षणमा १ हजार ४१ जना गरी ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको हो।

नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश,भारी वर्षाको सम्भावना

आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ। महाशाखाले आज विशेष मौसम बुलेटिनमार्फत आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

पैसाको निम्ति डाक्टर बनेकाहरु युद्धको बेला भाग्ने सिपाहीँजस्ता: बिजुक्छेँ

‘नगरपालिकाको आह्वानकै भरमा करोडौंको रकम जम्मा हुनु भनेको नगरपालिकाप्रति जनताको विश्वास कायम रहेको भन्ने हो, यसैले पैसा कमाउन डाक्टर बन्नेहरूले यस्तो महामारीमा बिरामीको सेवा गर्दैनन्।’

भारतले सडक बनाउँदा नेपालतिरको बाटोमा क्षति

भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ।

संगीतकार बाँस्कोटाद्वारा 'एनआरएन द सिङ्गर'मा भाग लिन आह्वान

वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले विश्वभरि छरिएर रहेका नेपाली सांगीतिक प्रतिभालाई 'एनआरएन द सिङ्गर'मा भाग लिनका लागि आह्वान गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को साप्ताहिक श्रृङ्खला 'प्रवासी प्रवाह' मा बोल्दै उनले विदेशमा छरिएर रहेका सबै नेपाली भाषी प्रतिभालाई भाग लिन आह्वान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्