७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

जसपा नेपालका सांसद कार्कीले भने: आफू संस्थापन पक्षमै, बाहिर आएका समाचार भ्रामक

जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण राज्यमन्त्री  दीपक कार्कीले आफू संस्थापन पक्षमै आवद्ध रहेको प्रष्ट पारेका छन्।

राज्यमन्त्री कार्कीको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आइरहेका भ्रामक सूचनाको खण्डन गर्दै उनी जसपा नेपाल संस्थापन पक्षमै यथावत रहेको बताएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘माननीय कार्कीको बारेमा विभिन्न सञ्चार माध्यममा आइरहेका समाचारहरू भ्रामक रहेकोले सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। उनी कुनैपनि गुट वा दलसँग आवद्ध नरहेको र जसपा नेपाल संस्थापन पक्षमै यथावत रहेका छन्।’

जसपा नेपालका अशोक राईले पार्टी फुटाएपछि कार्कीको पनि नाम समावेश गरेको विषयलाई उनको निजी सचिवालयले खन्डन गरेको हो। कार्कीको नाम नेता राई नेतृत्त्वको पार्टीमा सचिवको जिम्मेवारी दिइएको पत्र सार्वजनिक भएको थियो।

प्रकाशित: २४ वैशाख २०८१ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App