१० आश्विन २०८१ बिहीबार
image/svg+xml

काँग्रेसको चुनावी एजेन्डा : लोकतान्त्रिक समाजवाद र आर्थिक विकास

नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवाद र आर्थिक विकासलाई प्रमुख चुनावी मुद्दाका रुपमा उठाएको छ ।

अन्य दलको भूमिकाप्रति कांग्रेसको असन्तुष्टि

दलीय सहमतिबाट देशलाई आर्थिकरुपमा संमृद्ध बनाउने घोषणा गरेको नेपाली कांग्रेसले अन्य दलहरुको भूमिकालाई लिइर तीव्र आलोचना गरेको छ। प्रमुख प्रतिपक्षी एमाले, सत्ता साझेदार नेकपा माओवादी केन्द्र देखि संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेस केन्द्रीत दलप्रति कांग्रेसले असन्तुष्टि पोखेको हो।

ललितपुर मेयरमा कांग्रेसका ४ सिफारिस, चित्रकारको सम्भावना बलियो

ललितपुर उपमहानगरपालिकाको प्रमुख(मेयर)मा नेपाली कांग्रेसबाट ४ जनाको नाम सिफारिस भएको छ । सिफिरिसमा पर्नेहरुमा बाबुराजा चित्रकार, भरतलाल न्याछ्य, प्रेमकृष्ण महर्जन र चिनिबाबु महर्जन रहेका छन् ।

कांग्रेस घोषणापत्र आज आउँदै

नेपाली कांग्रेसले स्थानीय चुनावका लागि तयार पारेको घोषणापत्र मंगलबार सार्वजनिक गर्ने भएको छ। तीन वर्षभित्र १० प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्ने योजना र कार्यक्रमसहितको घोषणापत्र महेश आचार्य नेतृत्वको मस्यौदा समितिले तयार पारेको हो।

देशभर पार्टीको अवस्था बलियो भएको कांग्रेस निष्कर्ष

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा देशै भर आफ्नो पार्टीको अवस्था बलियो भएको निष्कर्ष निकालेको छ।

कांग्रेसमा उम्मेदवार छान्न समय थप

चैत १५ मा सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले वैशाख ७ गतेभित्र उम्मेदवार टुंगो लगाउन परिपत्र गरेको थियो।

कांग्रेसको मिडिया सेन्टर सञ्चालनमा, प्रचारका लागि सोसल मिडिया उपयोग गर्ने

स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले बिहीबारदेखि मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ। पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यको कमान्डमा रहने मिडिया सेन्टरमा ७ प्रदेशका लागि ७ कम्प्युटर छन्।

आर्थिक विकासको दशवर्षे मार्गचित्र तयार पार्दै कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारीको काम अन्तिम चरणमा पुर्‍याएको छ। महेश आचार्य संयोजक रहेको समितिले अहिलेसम्म तयार पारेका विषय बुधबार सभापति शेरबहादुर देउवा, पदाधिकारी एवं केन्द्रीय सदस्यहरुलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा जानकारी गराएको हो।

गोकर्णेश्वर नगरपालिका प्रमुखमा कांग्रेसका ४ जनाको नाम सिफिारिस

काठमाडौंको क्षेत्र नम्बर–२ अन्र्तगत पर्ने गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेस स्थानीयत तहको निर्वाचनमा नगरपालिका प्रमुख (मेयर) पदका लागि ४ प्रतिस्पर्धीको नाम तय गरेको छ ।

उम्मेदवार छान्ने अन्तिम तयारीमा काँग्रेस

नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि दलका तर्फबाट आधिकारिक उम्मेदवार चयन गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ ।

चुनावबारे कांग्रेसमै फरक मत

नेपाली कांग्रेसका दुई प्रभावशाली नेताले स्थानीय तहको निर्वाचनका विषयमा फरक–फरक अभिव्यक्ति दिएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गराउनुपर्ने बताए । पार्टीका महामन्त्री शशांक कोइरालाले भने मधेसी मोर्चा सहमतिमा आए निर्वाचनको मिति सार्न मिल्ने प्रतिक्रिया दिए ।

कांग्रेस नेता खड्काद्वारा बुढानिलकण्ठ मेयरमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता श्यामबहादुर खड्काले बुढानिलकण्ठ नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाल विद्यार्थी संघबाट २०४२ देखि राजनीतिमा सक्रिय खड्काले ‘बुढानिलकण्ठ नगरपालिकाको विकास, विस्तार, संरक्षण, सुरक्षा र सुधार’ भन्ने नारासहित स्थानीय तह निर्वाचनमा जाने घोषणा गरेका हुन्।

मोर्चाले माने चुनाव दुई चरणमा गर्न कांग्रेस तयार

नेपाली कांग्रेसका नेताहरूले संविधान सर्वस्वीकार्य बनाएर मात्र निर्वाचनमा जुट्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन्। नेताहरूले मधेसी मोर्चालाई साथ नलिई निर्वाचनमा जाँदा मुलुकमा नयाँ द्वन्द्व सिर्जना हुने भएकाले संविधान संशोधन टुंगो लगाएर मात्र चुनावमा जुट्न आग्रह गरेका हुन्।

मधेसबारे रणनीति बनाउँदै कांग्रेस

नेपाली कांग्रेसले मधेसी मोर्चाबाट स्थानीय चुनाव बहिष्कार भएमा तराई मधेसका जिल्लामा कसरी अघि बढ्ने भन्ने रणनीति बनाउने भएको छ। कांग्रेसले २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसद, केन्द्रीय सदस्य तथा त्यहाँका जिल्ला सभापतिसँग अन्तर्त्रि्कया गर्ने भएको छ।

जेष्ठ नागरिकको मत तान्ने कांग्रेस रणनीति

सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्दा होस् वा पछि वृद्धि गर्दा नै किन नहोस्, 'कनिका बाँडेजस्तै बजेट बाँड्न नहुने' भन्दै विरोध गरेको कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा जेष्ठ नागरिकको मत तान्न त्यही अस्त्र प्रयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्