९ आश्विन २०८१ बुधबार
image/svg+xml

काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल

नेपाली काँग्रेसले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग तालमेल गर्ने भएको छ ।

कांग्रेसका मधेसी नेता पहाडी जिल्लाको चुनाव कमान्डर

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार जिताउन केन्द्रीय सदस्यलाई जिल्लाजिल्ला खटाएको छ । पार्टी नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन समितिको बिहीबारको बैठकले वैशाख ३१ गते हुने निर्वाचनका लागि केन्द्रीय सदस्य खटाउने निर्णय गरेको हो ।

काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

रुकुममा विहीबार दिउँसो नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–६ मा झडप हुँदा आठजना घाइते भएका छन् । झडपका क्रममा नेपाल तरुण दलका तीन र वाइसिएलका पाँचजना कार्यकर्ता घाइते भएको बताइएको छ ।

कांग्रेसभित्र कलह

कांग्रेसका लागि चुनाव जित्न सहज देखिने भरतपुर महानगरपालिकामा मेयर पद नै छाड्ने पार्टीको केन्द्रीय तहको निर्णयले जिल्लामा असन्तोष देखिएको छ। कांग्रेस जिल्ला समितिले प्रेस विज्ञप्तिमार्फत् तालमेल नगर्ने जनाएको केही घन्टापछि केन्द्रीय समितिले बिहीबार माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने सूचना जिल्लामा पठाएको हो।

भरतपुरमा चुनाबी तालमेल नगर्ने चितवन काँग्रेसको घोषणा

चितवन काँग्रेसले आफूहरुले जिल्लामा कसैसँग चुनाबी तालमेल नगर्ने बताएको छ । भरतपुर महानगरपालिकामा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग तालमेल हुन सक्ने चर्चा आइरहेका बेलामा चितवन काँग्रेसले त्यो आधारहीन कुरा भएको प्रष्ट्याएको छ । भरतपुर काँग्रेसको गढ भएका कारण अन्य दलहरुसँग तालमेल गर्न आवश्यकता नै नरहेको नेताहरुको भनाइ छ ।

कांग्रेस-माओवादी तालमेल गृहकार्य

तालमेलका लागि कांग्रेसबाट रामशरण महत र ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र वर्षमान पुनलाई जिम्मेवारी दिइएको छ।

सुन्दरबजार नगरपालिकामा कांग्रेसको प्रमुख देखि सदस्यसम्मै बागी

सुन्दरबजार नगरपालिकामा नेपाली काँग्रसको बागी उम्मेदवारी परेको छ। नेपाली काँग्रेसका नगर सभापति द्वारिका मिश्रले नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

कांग्रेसले बागीलाई कारबाही गर्ने

कांग्रेसले आधिकारी उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेताहरुलाई उम्मेदवारी र्फिता लिन आग्रह गरेको छ।

पर्वतका दुवै नगरपालिकामा काँग्रेस एमालेकै प्रतिष्पर्धा

पर्वतका दुई वटै नगरपालिकामा काँग्रेस र एमालेकै उम्मेदवारबीच प्रतिष्पर्धा देखिएको छ। २०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ मा एक हजार दुई सयले पराजित र क्षेत्र नम्बर २ जितेको माओवादी केन्द्र मत सुरक्षित राख्नेमै सीमित देखिएको छ।

मनाङका केही वडामा काँग्रेस निर्विरोध

नारफु गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका मिङमर छिरिङ लामा निर्विरोध निर्वाचित भएका छन्। नारफुको तीनवटाका सबै पदहरु सो पार्टीका उम्मेदवार र्निविरोध भएका छन्। वडा नं १ को रिटर छोर्टेन लामा, २ मा मिङ्मर फुन्चो घले र ३ मा तेरिज ढोकी लामालगायत सदस्यहरु र्निविरोध निर्वाचित भएका हुन्।

भक्तपुरमा पूर्व सभासद उम्मेदवार, मध्यपुर थिमिमा कांग्रेसविरुद्ध तीन पार्टीको संयुक्त प्यानल

भक्तपुरका चार वटा नगरपालिकामध्ये एउटा नगरपालिकामा संयुक्त प्यानलको उम्मेदबारी दर्ता भएको छ । काँंग्रेस पकड क्षेत्रको रुपमा रहेको मध्यपुर थिमि नगरपालिकामा काँंग्रेसविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल मजदुर किसान पार्टी र एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवदीवीच संयुक्त प्यानलको उम्मेदबारी दर्ता भएको छ।

कांग्रेस उम्मेदवारीमा गुटगत सन्तुलन

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा जिल्लास्तरीय नेतालाई अघि सारेको छ । कांग्रेसले तीनवटै प्रदेशमा जिल्ला तहका नेतालाई अघि सारेको हो । पहिलो चरणअन्तर्गत वैशाख ३१ गते तीन प्रदेशका ३४ जिल्लाका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एक सय ८६ गाउँपालिकामा हुने निर्वाचनमा कांग्रेसले अधिकांश स्थानमा उम्मेदवारी दिएको छ।

ललितपुर महानगरः कांग्रेसबाट बागी उम्मेदवार

ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवार उठेका छन्। पार्टीले आधिकारिक उम्मेदवार मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याललाई तोके पनि पुराना नेता प्रेमलाल महर्जनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

दोलखामा कांग्रेस – माओवादी केन्द्र तालमेल

जिल्लामा चुनावी तालमेल गरेका कांग्रेस र माओवादी केन्द्रले ४ ओटा पालिकामा उम्मेदवार ब्यबस्थापन गर्न नसक्दा दर्ताका बखत दुवै दलका छुट्टा छुट्टै उम्मेदवारी परे।

काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसका जोशीको मनोनयन दर्ता

नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा मनोनयद दर्ता गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्