९ आश्विन २०८१ बुधबार
image/svg+xml

चार महानगर र ३१ नगरपालिकामा कांग्रेसका को को उम्मेदवार? (सूचिसहित)

नेपाली कांग्रेसले वैशाख ३१ गते हुन गइरहेको स्थायनीय तह निर्वाचनका नगरपालिका एवं महानगरपालिका लागि मेयर उपमेयर पदमा उम्मेदवार चयन गरेको छ। नगर/महानगर गरी ३५ वटा स्थानीय तहका लागि कांग्रेसले उम्मेदवार छनौट गरेको हो।

कांग्रेसले काठमाडौं मेयर उम्मेदवार बनाएका जोशी को हुन्?

नेपाली कांग्रेसले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंको मेयरमा राजुराज जोशीलाई उम्मेदवार बनाउने तय गरेको छ। मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय नेता सम्मिलित बैठकले जोशीलाई मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको हो।

वीरेन्द्रनगरमा तीन जानाले गरे मेयरमा मनोनयन दर्ता, कांग्रेस एमालेले गर्दै

बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सुर्खेतमा मनोनयन दर्ता सुरु भएको छ। मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म वीरेन्द्रनगर नगरपालिकाको प्रमुखका लागि दुई स्वतन्त्रसहित तीन जनाको उम्मेदवारी परेको छ।

कांग्रेसले टुंगो लगायो तीनवटै महानगरको उम्मेदवार

नेपाली कांग्रेसले काठमाडौं महानगरको मेयर पदमा राजुराज जोशीलाई उम्मेद्‍वार बनाउने भएको छ। उपमेयर पदमा भने हरिप्रभा खड्गीको नाम टुंगो लगाएको छ।

गोरखा नगरमा कांग्रेसबाट पन्त, नयाँ शक्तिबाट कुमाल

लामो रस्साकस्सी पछि नेपाली कांग्रेस गोरखाले स्थानीय तहमा गोरखा नगरपालिकामा मेयर(उप मेयरका टुङ्गो लगाएको छ । मेयरमा महासमिति सदस्य समेत रहेको पूर्व नगर सभापति राजराज पन्तले टिकट पाएका छन् भने उप मेयरमा महिला नेतृ बिना श्रेष्ठ छिन् ।

कांग्रेसको आकस्मिक बैठक सानेपामा

प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने निर्णय आलोचित भइरहेका बेला नेपाली कांग्रेसको पदाधिकारीसहित मुख्य नेताहरुको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ।

रामेछाप कांग्रेसले टुंगोलगायो उम्मेदवार

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताका लागि थप गरिएको समयावधी आउन दुइ दिन बाकी रहादा रामेछाप कांग्रेसले आइतबार जिल्लाका सबै नगर र गाउँपालिकाका उमेद्वारहरुको टुंगो लागएको छ।

दोलखामा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल

स्थानीय तह निर्वाचनमा दोलखामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् ।

बालकोट पुगेर कांग्रेस नेताहरुले ओलीलाई भने: संशोधन प्रस्तावमा लचिलो बन्दिनुस्

कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधान संशोधन प्रस्तावमा सहमत हुन आग्रह गरेका छन्।

ओली निवासमा कांग्रेस एमाले छलफल

कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्।

काँग्रेसको मेयरमा ४२, उपमेयरमा २३ को नाम सिफारिस

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ ।

काँग्रेस र माओवादी केन्द्रबीच चुनावी सहकार्य

जिल्लामा स्थानीय तहको प्रतिस्पर्धा गर्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्दबीच चुनावी सहकार्य भएको छ ।

इनरुवाको प्रमुखमा काँग्रेसबाट चारको सिफारिस

स्थानीय तह निर्वाचका इनरुवा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट चारजनाको नाम सिफारिस गरिएको छ । इनरुवा नगरसभापति राजन मेहता, क्षेत्रीय सभापति रामप्रसाद मेहता, जिल्ला सचिव केदार भण्डारी र नेता इन्द्र पोखरेलको नाम सिफारिस गरिएको सो पार्टीले जनाएको छ।

उम्मेदवार छनोटमा एकलौटी भएको भन्दै कांग्रेस पार्टी कार्यालयमा तालावन्दी

स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटमा कांग्रेसमा गम्भीर विवाद देखिएको छ। क्षेत्र नं.२ को उम्मेदवार छनोटमा क्षेत्रीय कार्यसमितिले एकलौटी गरिएको भन्दै क्षेत्रीय सभापतिमा निकटम् प्रतिद्वन्द्वी कर्णबहादुर रानाले पत्रकार सम्मेलन गरेर असन्तुष्टी पोखे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्