काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्।
शनिबार बिहान कांग्रेस केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रम सकेर उनीहरु छलफलको लागि भन्दै बालकोट पुगेका हुन्।
कांग्रेस नेताहरु संविधान संशोधन र निर्वाचनको विषयमा छलफल गर्न ओली निवास पुगेको बताइएको छ। सरकारले मधेसी मोर्चासँग संविधान संशोधन गर्दै दुई चरणमा स्थानीय तह निर्वाचन गर्ने सहमति गरे पनि प्रमुख प्रतिपक्षी नेकपा एमाले भने त्यसमा सहमत भएको छैन। सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच दुरी बढिरहेको बेला दुई पार्टीका शीर्ष नेताहरुबीच भेट हुन लागेको हो।
प्रकाशित: १६ वैशाख २०७४ ०६:४१ शनिबार