९ आश्विन २०८१ बुधबार
image/svg+xml

बुढानिलकण्ठ र कागेश्वरी मनोहरमा एमालेको अग्रता, काठमाडौंका ८ मध्ये काँग्रेस-एमाले ४-४ नपामा विजयी

स्थानीय तह पहिलो चरण निर्वाचनअन्तर्गत काठमाडौंको कागेश्वरी मनोहर नगरपालिका मेयरमा नेकपा एमालेका कृष्णहरि थापाले १४५ मतले अग्रता लिएका छन्। उनले ८ हजार २३६ मत ल्याउँदा नेपाली काँग्रेसका उपेन्द्र कार्की ८ हजार ९१ प्राप्त गरेका छन् ।

काठमाडौंमा काँग्रेसका जोशी झन्डै ९ हजार मतले पछि परे, १२ हजार मतका साथ विवेकशीलकी रञ्जु तेस्रो

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा एमालेका मेयर प्रत्यासी विद्या सुन्दर शाक्यले झन्डै ९ हजार मतको अग्रता लिएका छन्। कूल ९६ हजार मत गणना हुँदा एमालेका शाक्यले ३१ हजार १६७ मतका साथ अग्रता लिएका हुन्।

सिन्धुपाल्चोकको इन्द्रावतीमा काँग्रेसका वंशलाल विजयी

सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकामा काँग्रेस उम्मेद्वार वंशलाल तामाङ निर्वाचित भएका छन् । एमाले जिल्ला अध्यक्ष समेत रहेका एमालेका उम्मेद्वार झम्क नेपाललाई  २०० मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् । तामाङले ५३६५ र नेपालले ५१६५ मत प्राप्त गरे ।

ललितपुर महानगरमा कांग्रेसको अग्रता कायमै

ललितपुर महानगरपालिकाको २० वडासम्मको औपचारिक मत परिणाम घोषणा भएको छ। हाल २२ र २३ को घोषणाको तयारी र वडा नम्बर २४ को मतगणना अन्तिम चरणमा पुगेको छ। महानगरमा रहेका २९ वडामा हालसम्मको मतपरिणाममा मेयर र उपमेयरमा कांग्रेसकै अग्रता रहेको छ।

मध्यपुरथिमिको प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस अगाडि

मध्यपुरथिमि नगरपालिका-८ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार देवकृष्ण मथः श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले एक हजार ४२ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटमत प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिलकृष्ण प्रजापतिले ९९२ मत प्राप्त गरेका थिए।

कांग्रेस-माओवादी सहकार्यको सन्देश

कांग्रेस माओवादीसँग स्थानीय तहमा तालमेल नगरेको भए कति ठाउँमा थप हार बेहोर्ने अवस्थामा हुन्थ्यो, यसको आकलन कुनै कांग्रेसजनले गर्न आवश्यक ठानेको छैन।

कांग्रेसका बन्दकर्ताद्वारा बसमा तोडफोड

धादिङको मैदी घटनालाई लिएर आव्हान गरेको बन्दको अवज्ञा गरेको भन्दै धादिङमा बस तोडफोड भएको छ।

काठमाडौंको मेयरमा एमाले र उपमेयरमा काँग्रेस उम्मेदवारले मतान्तर बढाए

काठमाडौं महानगरको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले मतअन्तर अझ फराकिलो पारेका छन्। पछिल्लो परिणामअनुसार एमालेका शाक्य २३ हजार ९०२ मत ल्याउँदा काँग्रेसका राजुराज जोशी ७ हजार बढी मतले पछाडि परेका छन्। उनले १६ हजार ७१७ मत पाएका छन्।

कांग्रेस र एमालेको कार्यकर्ताबीच मैदीमा झडप, धादिङबेसी बन्द

नेपाली काग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपको विषयलाई लिएर धादिङबेसी बन्द गराएका छन्। झडपमा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सदरमुकाम धादिङबेसी बन्द गराएका हुन्।

सुर्खेतका ६ तहमा कांग्रेस, तीनमा एमाले विजयी

सुर्खेतका ९ वटै स्थानीय तहको मत गणना सकिएको छ। पाँच नगरपालिका र चार गाउँपालिका रहेको सुर्खेतमा चार नगरपालिकासहित ६ स्थानीय तह नेपाली कांग्रेस विजयी भएको छ भने एक नगरपालिकासहित तीन स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ ।

२८ सय मतले चन्द्रागिरी नगरपालिकामा काँग्रेसकाे अग्रता

चन्द्रागिरी नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसकाे अग्रता कायमै रहेकाे छ । पछिल्लाे मत गणनाअनुसार नेपाली काँग्रेसका घनश्याम गिरी १०९९२ मतसहित अगाडि छन्। त्यस्तै एमालेका प्रल्हाद कार्की ८१७१ र माओवादी श्रीकृष्ण श्रेष्ठले ३२८३ ल्याएका छन् । त्यस्तै उपमेयरमा नेपाली काँग्रेस इन्दिरा श्रेष्ठ ९०९८, एमाले लिसा नकर्मी ९३८४ ८८४५ र माओवादी उर्मिला रोका ३३९९ मत प्राप्त गरेकी छिन् ।

ललितपुर महानगरपालिकामा काँग्रेसका चिरीबाबु अगाडि

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार चिरीबाबु महर्जन अग्र स्थानमा छन् । पछिल्लो मत परिणाम अनुसार महर्जनले १६६९३, मत पाएका छन्। त्यस्तै एमालेका उम्मेद्वार हरिकृष्ण व्यन्जनकारले १४९०९ मत ल्याएका छन्।

काँग्रेसका जोशीलाई पछ्याउँदै रञ्जु

राष्ट्रिय सभागृहमा जारी काठमाडौं महानगरपालिकाको मतगणनाअनुसार काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर शाक्य १८०६१ मत सहित अगाडी छ । नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशी १२४६५ मतसहित दोस्रो स्थानमा छन्।

काठमाडौंका चार नगरपालिकामध्ये काँग्रेस ३ एमाले १ मा अगाडि

काठमाडौंका मत गणना भइरहेका ४ नगरपालिकामध्ये काँग्रेस ३ र एमालेले १ वटामा अगाडि छन्। चन्द्रागिरी, कागेश्वरी मनोहर र तार्केश्वर नगरपालिकामा काँग्रेस अगाडि छ। त्यस्तै बुढानीलकण्ठमा भने एमालेले अग्रता लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्