७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

बुढानिलकण्ठ र कागेश्वरी मनोहरमा एमालेको अग्रता, काठमाडौंका ८ मध्ये काँग्रेस-एमाले ४-४ नपामा विजयी

काठमाडौं– स्थानीय तह पहिलो चरण निर्वाचनअन्तर्गत काठमाडौंको कागेश्वरी मनोहर नगरपालिका मेयरमा नेकपा एमालेका कृष्णहरि थापाले ५४२ मतले अग्रता लिएका छन्। उनले ८ हजार ६९६ मत ल्याउँदा नेपाली काँग्रेसका उपेन्द्र कार्की ८ हजार १५४ प्राप्त गरेका छन्।

बुढानिलकण्ठ नगरपालिकामा एमालेका उद्धव खरेल अगाडि छन्। उनले ११ हजार ३९८ र नेपाली काँग्रेस राजु श्रेष्ठ ८ हजार ७०४ मत ल्याएका छन् ।
उपमेयर पदमा भने नेकपा एमालेकी रमा राई, ११२४१ र नेपाली काँग्रेस सुभद्रा खड्का ८०८४ मत प्राप्त गरेकी छिन्।

परिणाम घोषणा भएकामध्ये ४ मा काँग्रेस ४ मा एमाले विजयी

१.गोकर्णेश्वर नगरपालिका
मेयर: नेपाली काँग्रेस, सन्तोष चालिसे (८९३९)
उपमेयर: नेपाली काँग्रेस, शान्ति नेपाल (८५९८)

२.शंखरापुर नगरपालिका
मेयर: एमाले, सुवर्ण श्रेष्ठ (४८३३)
उपमेयर: एमाले, शुकलक्ष्मी श्रेष्ठ (४५०१)

३. कीर्तिपुर नगरपालिका
 मेयर: एमाले, रमेश महर्जन (७३६०)
उपमेयरः एमाले, सरस्वती खड्का (६८१०)

४.चन्द्रागिरि नगरपालिका
मेयरः काँग्रेस, घनश्याम गिरी (१३३०१)
उपमेयरः एमाले, लिसा नकर्मी (११८३४)

५.टोखा नगरपालिका
मेयर : एमाले, प्रकाश अधिकारी (८७४७)
उपमेयरः एमाले, ज्ञानमाया डंगोल (८१४८)
 
६. तार्केश्वर नगरपालिका
मेयरः नेकपा एमाले, रामेश्वर बोहरा (९३२६)
उपमेयरः नेकपा एमाले, भवानी डोटेल (१०३३७)

७. नागार्जुन नगरपालिका
मेयर: नेपाली काँग्रेस, मोहन बस्नेत (६९६१)
उपमेयरः एमाले, सुशीला अधिकारी (६८७१)

८. दक्षिणकाली नगरपालिका
मेयर: नेपाली काँग्रेस, मोहन बस्नेत (४६९८)
उपमेयर: नेपाली काँग्रेस, बसन्ती तामाङ (४७४९)

प्रकाशित: ८ जेष्ठ २०७४ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App