काठमाडौं- काठमाडौंको चन्द्रगिरी नगरपालिकामा नेपाली कांग्रेसका घनश्याम गिरी विजयी भएका छन्।
उनले नेकपा एमालेका प्रह्लाद कार्कीलाई पराजित गरेका हुन्। गिरीले १३ हजार ३ सय ९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी कार्कीले १० हजार ४ सय २१ मत प्राप्त गरे।
काठमाडौंमा १ महानगर सहित १० नगरपालिका रहेका छन्। यो सँगै ८ नगरपालिकाको नतिजा आएको छ।
प्रकाशित: ७ जेष्ठ २०७४ १४:४५ आइतबार