८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बाँकेका स्थानीय तहमा कांग्रेस उम्मेदवारको टुंगो, नेपालगञ्जको मेयर उम्मेदवारमा कनोडिया

लामो समयको प्रतिक्षापछि नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागी उम्मेदवारको टुंगो लगाएको छ ।

खोटाङका सबै स्थानीय तहमा कांग्रेसको उम्मेदवार तय

लामो समयपछि नेपाली कांग्रेसले खोटाङका सबै स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस जिल्ला कार्य समितिले सर्वसम्मत टुंगो लगाउन नसकेको उम्मेदवारको टुंगो लामो छलफल र प्रतिक्षापछि कांग्रेस केन्द्रीय समितिले शनिबार लगाएको हो ।

खोटाङमा कांग्रेसको उम्मेदवार तय

लामो समयपछि नेपाली कांग्रेसले खोटाङका सबै स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस जिल्ला कार्य समितिले सर्वसम्मत टुंगो लगाउन नसकेको उम्मेदवारको टुंगो लामो छलफल र प्रतिक्षापछि कांग्रेस केन्द्रीय समितिले शनिबार लगाएको हो । बाँकी रहेको दिप्रुङ गाउँपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयनसँगै दश वटै तहमा उम्मेदवारको टुंगो लागेको कांग्रेस महासमिति सदस्य बिष्णुकुमार राईले बताए ।

कांग्रेस कार्याकर्ताको कुटपिटबाट एमालेका उम्मेदवार घाइते

कांग्रेस कार्यकर्ताको कुटपिटबाट खोटाङमा एमालेका वडाध्यक्षका उम्मेदवार घाइते भएका छन् । कांग्रेसको झण्डा च्यातिएको विषयमा उत्पन्न विवादकाक्रममा भएको दोहोरो झडपमा एमाले दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार ईन्द्र तामाङ गम्भीर घाईते भएका हुन्।

उम्मेदवार छनौटमा असन्तुष्ट कांग्रेस क्षेत्रीय सभापतिसहित १५ जनाद्वारा राजीनामा

जिल्ला समिति बैठकले सिफारिस गरेका उम्मेदवारका ठाउँमा केन्द्रीय समितिले अर्कैको नाममा निर्णय गरी पठाएको विरोधमा नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिसहित १५ जनाले राजीनामा दिएका छन्।

कांग्रेसले प्रदेश १, ५ र ७ मा उम्मेदवार टुंग्यायो

नेपाली कांग्रेस स्थानीय तह दोस्रो चरणको निर्वाचन तयारीमा जुटेको छ। केही समय नयाँ सरकार गठनमा  बिताएको कांग्रेस बुधबार पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएलगत्तै दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार  टुंगो लगाउन सक्रिय भएको छ।

एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्ता कुटिए

झण्डा झिकेको विषयमा भएको विवादकाक्रममा खोटाङमा कांग्रेस कार्यकर्तामाथि कुटपिट भएको छ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीयको घरमा एमाले कार्यकर्ताले राखेको झण्डा झिकेर आफ्नो झण्डा राखेको विषयमा डिकुवाका नेबिसंघका १७ वर्षीय कार्यकर्ता अर्जुन राउतलाई कुटपटि गरी घाइते बनाएका हुन् ।

एमालेले गाडेको झन्डा काँग्रेसले झिकेपछिको विवाद सुल्झियो, दुई पक्राउ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा स्थानीयको घरमा पार्टीको झण्डा राखेको विषयमा भएको कांग्रेस र एमालेको बिवाद सहमतिमा टुंगिएको छ। मंगलबार एमालेका नेता तथा कार्यकर्ताले साविकको डिकुवा–७ का स्थानीयको घरमा राखेको झण्डा कांग्रेस कार्याकर्ताले झिकेर कांग्रेसकै झण्डा राखेपछि सुरु भएको बिवाद भएको थियो।

एमाले र माओवादी प्रचारमा कांग्रेस नेता राजधानीमै

एमाले, माओवादी केन्द्रलगायतका राजनीतिक दलका उम्मेदवार प्रचारप्रसारमा गाउँटोलमा व्यस्त रहेका बेला कांग्रेसका नेता, उम्मेदवारका आकांक्षी र कार्यकर्ता हप्तांदेखि काठमाडौंमा रहेका छन्।

वडा अध्यक्षमा काँग्रेस-एमालेले एकैघरका दाजुभाई उठाए

दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तहको चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडाध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन्। मुसिकोट नगरपालिका–४ अन्तर्गत बडागाउँका यमबहादुर खत्री र ओमबहादुर खत्री दुईभाइ एकै पदमा उम्मेदवार बन्ने भएका हुन्।

कांग्रेस, माओवादी र साना दल तालमेलका पक्षमा

माओवादी केन्द्र र राप्रपाबाहेक अन्य दलले इटहरी उपमहानगरपालिकामा मेयर–उपमेयरको उम्मेदवार टुंग्याउन नसके पनि दलहरू चुनावी अभियानमा केन्द्रित भएका छन्। इटहरीमा कांग्रेस, माओवादी र साना दल तालमेलका पक्षमा छन्। एमाले र राप्रपा तालमेल नगर्ने भएका छन्।

को को उठ्दैछन् बुटबलमा कांग्रेसको तर्फबाट मेयरमा ?

लामो समयको कसरत पछि नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीका नगरपालिकाहरुमा मेयर पदकालागि उम्मेदवारको टुङ्गो लगाएको छ।

सोलुखुम्बुमा कांग्रेसले अझै उम्मेदवार टुंग्याउन सकेन

स्थानीय तह निर्वाचनका लागि सोलुखुम्बुका नगर तथा गाउँपालिकामा नेपाली कांग्रेसले अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन।

भरतपुर– १९ मा काँग्रेस-माअाेवादीबीच वडा स्तरीय तालमेल

निर्वाचन आयोगले भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने निर्णय गरेसँगै सो वडामा नेपाली काँग्रेसका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई नेकपा (माओवादी केन्द्र) ले सघाउने सहमति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्