८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कांग्रेसद्वारा ४२ जना उम्मेदवारको नाम सिफारिस, गिरी सर्वसम्मत

नेपाली कांग्रेस बाजुराले आसन्न प्रतिनिधि सभा र प्रदेश निर्वाचनका लागि जिल्लाबाट ४२ जनाको नामावली केन्द्रमा सिफारिस गरेको छ । बुधबार राती सकिएको बैठकले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक तर्फ गरी ४२ जनाको नाम सिफारिस गरेको हो।

काँग्रेस सच्चिन जरुरी छ : बाबुराम भट्टराई

तत्कालीन नेकपा (माओवादी)ले ‘दीर्घकालीन जनयुद्ध’ सुरु गरेपछि, शान्ति प्रक्रियामा हस्ताक्षर गरेपछि र संविधानसभाबाट नेपालको संविधान जारी गरेपछि जहिल्यै डा. बाबुराम भट्टराई चर्चाको शिखरमा रहे ।

डडेल्धुरा कांग्रेसका दुई गुटबाट उम्मेदवार सिफारिस

प्रदेश तथा केन्द्र निर्वाचनका लागि नेपाली कांग्रेसका दुई खेमाबाट उमेदवारका नाम सिफारिस भएका छन् । डडेल्धुरा कांग्रेस सभापति कर्ण मल्लको सभापतित्वमा पार्टी कार्यालय र रघुवर भट्टको आह्वानमा जिल्ला समन्वय समितिमा बसेको छुट्टाछुट्टै बैठकले आआफ्ना पक्षधरका नेता कार्यकर्ताको नाम उम्मेदवारका लागि सिफारिस गरेका हुन् ।

चुनाव तोकिएकै मितिमा : कांग्रेस

‘माओवादीले सरकार छाड्ने वा दुई दलीय गठबन्धनले सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउन सक्छ । अविश्वासको प्रस्ताव आए त्यसको सामना गर्ने र माओवादी बाहिरिए अन्य दललाई साथ लिएर निर्वाचन सम्पन्न गर्न गरी पार्टीले गृहकार्य सुरु गरेको छ ।’

कांग्रेस नेतृत्वमा ६ दलीय गठबन्धन

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलले प्रदेश र केन्द्रको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका छन् ।

कांग्रेस सहित ६ दलको लोकतान्त्रिक गठवन्धन तयारी, गृहकार्यको लागि ७ सदस्यीय कार्यदल

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेल सहित पार्टी एकताको प्रक्रिया सुरु गरेको घोषणा गरेपछि सरकारमा रहेको नेपाली कांग्रेसले पनि लोकतान्त्रीक शक्तिहरुसँग तालमेलको पहल सुरु गरेको छ।

बाम एकताले काँग्रेसलाई असर पर्दैन: महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बाम एकताले नेपाली कांग्रेसलाई कुनै पनि असर नपर्ने बताएका छन्।

कांग्रेससंगको सहकार्यको औचित्य समाप्त: नेता पोख्रेल

नेकपा एमालेका नेता शंकर पोख्रेलले आगामी निर्वाचन अघि बामपन्थी नेतृत्वको सरकार निर्माणका लागि ‘बाम एकता’ अत्यावश्यक भएको बताएका छन्। वुधवार छलफल चौतारीले घोराहीमा गरेको कार्यक्रममा पोख्रेलले भने ‘निर्वाचन अघि बामपन्थी नेतृत्वको सरकार आवश्यक हो, र त्यसैका लागि पनि अहिलेको बाम एकता अपरिहार्य थियो।’

उद्योग वाणिज्य संघको चुनावमा काँग्रेस र एमालेको प्रभाव

जाजारकोटको उद्योग वाणिज्य संघको चुनावमा नेपाली काँग्रेस र माओवादी गठबन्धन र एमाले निकट व्यापारीहरुको प्रभाव देखिएको छ । आगामी असोज २२ मा हुने चुनावमा नेपाली काँग्रेस र माओवादी गठबन्धनको तर्फबाट भद्रबहादुर वली र एमालेबाट कर्णवहादुर खत्रीले उम्मेद्वारी दिएका छन् ।

बाम गठबन्धनपछि कांग्रेस पनि अन्य दलसँग बैठक बस्दै

निर्वाचनको संघारमा कम्युनिष्ट पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणा भएलगत्तै सत्तारुढ दल नेपाली काँग्रेसको कार्य सम्पादन समितिको बैठक बुधबार बालुवाटारस्थित प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा बसिरहेको छ ।

बाम चुनावी तालमेलले लोकतन्त्रलाई चुनौती : नेपाली काँग्रेस

–सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनिष्ट पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ ।  नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिबीच मंगलबार भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा बाधा पर्न सक्ने आशंका व्यक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  नेपाली काँग्रेसका शीर्ष केन्द्रीय सदस्यहरूको आज बसेको बैठकले कम्युनिष्ट पार्टीहरूबीच भएको एकताको कदमलाई अस्वभाविक रुपमा लिएको नेता विमलेन्द्र निधिले जानकारी दिए ।

प्रदेश र संघीय निर्वाचनमा नेपाली काँग्रेसको जित सुनिश्चित : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेर बहादुर देउवाले मधेशी जनताको चाहना अनुरुप संविधान संसोधन हुने बताएका छन् । रुपन्देहीको मझगाँवामा नेपाली काँग्रेस रुपन्देहीद्धारा सोमबार आयोजित सभामा भने,‘मधेशको समृद्धि र मधेशी जनताको अधिकार स्थापित गर्न नेपाली काँग्रेस नेतृत्वमा संविधान संसोधन हुनु आवश्यक छ ।

काँग्रेसमा १५५ जना उम्मेदवार अाकांक्षी

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस कास्कीमा १५५ जनाले उम्मेदवार बन्न आकांक्षा देखाएका छन्। पार्टीको जिल्ला कार्य समितिले उम्मेदवारको नाम संकलनको जिम्मा क्षेत्रीय समितिलाई दिएपछि क्षेत्र नं १ मा ५९, क्षेत्र नं २ मा ४२ र क्षेत्र नं ३ मा ५४ जनाले उम्मेदवार बन्न निवेदन दिएको क्षेत्रीय समितिले जनाएका छन्।

बैतडी कांग्रेसले आकांक्षीको नामावली केन्द्रमा पठायो

आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेस बैतडीले आकांक्षी उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ।

संघ र प्रदेशको निर्वाचनका लागि काँग्रेसद्वारा उम्मेदवार सिफारिस

आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ । काँग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्