८ आश्विन २०८१ मंगलबार
image/svg+xml

काँग्रेस गढमा फहरायो फोरमको झन्डा

तेस्रो चरणमा प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढी चासोमा रहेकोे वीरगन्ज महानगरको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगी विजयी भएका छन्।

कांग्रेस–एमाले एकताको आवश्यकता

माओवादी जनयुद्ध माओवादी स्वयंका कारणले भन्दा कांग्रेस, एमाले र दरबारको द्वन्द्व र एकले अर्कालाई सिध्याउने खेलका कारण विस्तार भएको थियो भन्ने भुल्नु हुँदैन ।

वीरगन्जमा फोरम नेपाल जित नजिक, कांग्रेस पछ्याउँदै

वीरगन्ज महानगरपालिकाको जारी मतगणनामा ८७.२४ प्रतिशत मत गनिसक्दा संघीय समाजवादी फोरम नेपाल प्रतिद्वन्द्वी नेपाली कांग्रेसभन्दा एक हजार तीन सय ३५ मतले अग्रता लिएको छ । फोरम नेपाल जितको नजिक पुगिरहेको आकलन गरिएको बेला कांग्रेसले फोरमलाई पछ्याइरहेको छ । वीरगन्ज महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृतको कार्यालय अनुसार कुल खसेको मत ८४ हजार पाँच सय १३ मध्ये मंगलबार साँझ ७ बजेसम्म ७३ हजार सात सय ३० मतको गणना भइसकेको छ । पछिल्लो मतपरिणाम अनुसार अग्रता लिएको फोरम नेपालका मेयर उम्मेदवार विजय सरावगीले १६ हजार नौं सय ५६ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका कांग्रेसका अजय द्विवेदीले १५ हजार छ सय २१ मत ल्याएका छन । त्यसपछिको तेस्रो बढीमत ल्याउने राष्ट्रिय जनता पार्टीका राजेशमान सिंहले १० हजार दुई सय २४ मत ल्याएका छन् । माओवादी केन्द्रका रहबर अन्सारीले सात हजार छ सय ५० मत ल्याएका छन । त्यसैगरी एमालेका उम्मेदवार बसरुद्दिन अन्सारीले सात हजार छ सय २८ मत ल्याएका छन् ।

कांग्रेस खुम्चिँदै, मधेस केन्द्रित दल प्रभाव बढाउँदै

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा मधेस केन्द्रित दलहरू उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो प्रभाव र पकड कायम गरेका छन् । ती मधेस केन्द्रित दलले वर्चस्व कायम गर्दा प्रदेश नम्बर २ मा परम्परागत शक्ति मानिँदै आएको कांग्रेसको स्थिति कमजोर हुँदै गएको तथ्यांकले देखाएको छ ।

रौतहटको अन्तिम परिणाम : कांग्रेस पहिलो, एमाले निल

रौतहटको गरुडा नगरपालिकामा संघीय समाजवादी फोरमले जितेको छ। फोरमका इन्दु राय यादवले ३ हजार ८ सय ७६ मत ल्याई विजय भएका हुन्। त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका रंगीला देवी जयसवाल विजयी भइन्। उनले ४ हजार ६ सय ३ मत ल्याइन्। योसँगै रौतहटको १८ वटै स्थानीय तहको अन्तिम परिणाम आएको छ।

काँग्रेसका पराजित उम्मेदवार छोराको गोली हानी हत्या

रौतहटको परोहा नगरपालिका २ का वडा अध्यक्षका पराजित उम्मेदवार मौलना सेराजुदिनका छोराको गोली हानी हत्या भएको छ। पोरोहा २, जिंगडवा, बेलविक्षवास्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार बिहान ३ः३० बजे अबु स्वयब अकवरको गोली हानी हत्या भएको हो। गर्मीका कारण बरन्डामा चार पाँच जना साथीसँग सुतिरहेको अवस्थामा अज्ञात समूहले गोली हानेको हो। किन गोली चलाएको खुल्न सकेको छैन। पेस्तोलबाट गोली हानेर आक्रमणकारी समूह भागेको थियो।

रौतहटमा १६ तहको परिणाम सार्वजनिक हुँदा कांग्रेस अगाडी

रौतहटका १८ वटा स्थानीय तह मध्ये १६ स्थानको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएकाहरु मध्ये नेपाली काँग्रेस ८ स्थानमा, संघीय समाजवादी फोरम नेपाल ३ स्थानमा, माओवादी केन्द्र २ स्थानमा, राष्ट्रिय जनता पार्टी नेपाल २ स्थानमा र नेपाल लोकतान्त्रिक फोरम १ स्थानमा विजय प्राप्त गर्न सफल भएका छन्।

वीरगन्जमा काँग्रेसलाई उछिन्दै फोरम नेपालको अग्रता

प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्जमा असोज ४ गते मतगणना सुरु भएदेखी अगाडी रहेको नेपाली काँग्रेसलाई संघीय समाजवादी फोरमले शनिवार साँझ उछिनेको छ।

काँग्रेसको विजय जुलुशमा एमाले आक्रमण, ४ घाइते

रौतहटको बृन्दाबन नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली काँग्रेसले जितेपछि निकालेको विजय जुलुशमा नेकपा एमाले कार्यकर्ताहरुले आक्रमण गरेका छन्। एमाले समर्थित कार्यकर्ताहरुको आक्रमणमा परी चारजना नेपाली काँग्रेसका स्थानीय कार्यकर्ता घाइते भएका छन्।

सिम्रौनगढ नगरपालिकामा काँग्रेसका यादव विजयी

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको सिम्रौनगढ नगरपालिकको प्रमुख पदमा काँग्रेसका विजय शंकर यादव बिजयी भएका छन्।

कमलामा कांग्रेस, मिथिलामा एमाले र विदेहमा माओवादी विजयी

धनुषाको कमला नगरपालिकामा कांग्रेस, मिथिला नगरपालिकामा एमाले र विदेह नगरपालिकामा माओवादी प्यानल विजयी भएको छ।

सप्तरीमा काँग्रेस र राजपाबीच चर्को प्रतिस्पर्धा

सप्तरीका सात स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम अनुसार नेपाली काँग्रेस तीन, राष्ट्रिय जनता पार्टी नेपाल दुई, नेकपा एमाले एक, संघीय समाजवादी फोरम नेपाल एक तहमा विजयी भएका छन्।

निचगढ नगरपालिकाको मेयरमा कांग्रेसका खानाल विजयी

निजगढ नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुख पदका उम्मेदवार बनेका सुरेश खनाल विजयी भएका छन। काँग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट प्रमुख पदमा साझा उम्मेदवार बनेका खनालले एमालेका उम्मेदवारलाई ८३० मतले पराजित गर्दै विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ।

सहिदनगरमा माओवादी, धनुषाधाममा काँग्रेस विजयी

धनुषाको सहिदनगर नगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर विजयी भएका छन् । मेयरमा उदय यादवले ५ हजार ९१ मत पाएका छन् भने उपमेयरमा शिलादेवी कापरले ४ हजार २ सय १८ मत पाएकी छिन् ।

अग्निसाइ कृष्णासावरणमा काँग्रेस विजयी

अग्निसाइ कृष्णासावरण गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका पर्शुराम चौधरी तीन हजार ३९५ मत ल्याएर भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका दीनानाथ चौधरीले एक हजार ४५३ मत प्राप्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्