८ आश्विन २०८१ मंगलबार
image/svg+xml

एमालेको गढ मानिएको निजगढ नगरपालिकामा काँग्रेस विजयी

वर्षौदेखि लालकिलाको रुपमा रहेको निजगढ नगरपालिकामा लालकिलालाई ढाल्दै नेपाली काँग्रेसबाट सुरेश खनाल विजयी भएका छन्।  खनालले काँग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवारको रुपमा चुनाव लडेर एमालेका उम्मेदवारलाई ८३० मतले पराजित गर्दै विजयी भएका निर्वाचन कार्यालयले जनाएको छ।

पर्सागढी नगरपालिकामा काँग्रेस विजयी

पर्साको पर्सगढी नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भए अनुसार नेपाली कांग्रेसको तर्फाबाट मेयरका प्रत्यासी लोकनारायण यादव ३ हजार ९ सय ६५ मत प्राप्त गर्दै विजयी भएका छन्।

गणेशमान र लक्ष्मिनियामा फोरम, क्षिरेश्वरमा कांग्रेस विजयी

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयर र लक्ष्मिनियाँ गाउँपालिका प्रमुख तथा उपप्रमुखमा संघीय समाजवादी फोरम विजयी भएको छ। गणेशमानको उपमेयरमा भने माओवादीले जितेको छ।

चन्द्रपुरमा कांग्रेस र देवाही गोनाहीमा संघीय समाजवादी फोरम विजयी

रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी मेयरमा निर्वाचित भएका छन्। उनले निकतम प्रतिद्वन्द्वी एमालेका उद्व रेग्मीलाई पराजित गरेको हो। त्यस्तै उपमेयरमा एमालेका रामरती चौधरी निर्वाचित भएकी छन्। उनले निकतम प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मी बराललाई पराजित गरेकी हन्।

कल्यणपुरमा कांग्रेस, मिर्चैयामा माओवादी विजयी

सिरहाको कल्याणपुर नगरपालिकामा नेपाली कांगेसका उम्मेदवार प्रमुख र उपप्रमुखमा विजयी भएका छन्। कांग्रेसका सूर्यनाथ मण्डलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टीका रामबाबु यादवलाई २ सय ७ मतअन्तरले पराजित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सहरमा मधेसवादी, गाउँमा कांग्रेस–एमालेकै प्रभाव

प्रदेश नम्बर २ को मुख्य सहर हो जनकपुर । विभिन्न चरणमा भएका मधेस आन्दोलनलाई ‘ब्याकअप’ दिने जनकपुरले मधेस राजनीतिलाई नयाँ दिशा दिँदैछ ।

सप्तरीमा एमालेले खाता खोल्यो, पाँच स्थानमा काँग्रेसको अग्रता

सप्तरीका १८ मध्यै चार स्थानीय तहको मत गणना सम्पन्न भएको छ। अन्तिम मतपरिणाम अनुसार २ स्थानिय तहमा नेपाली काँग्रेस तथा एक—एक मा राष्ट्रिय जनता पार्टी नेपाल र नेकपा एमालेले जित हात पारेका छन्।

धनुषाको धनौजीमा काँग्रेस विजयी

धनुषाको धनौजी गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका बद्रीनारायण सिंह र उपप्रमुखमा रामवतीदेवी मण्डल विजयी भएका छन्। एमालेका राजकुमार यादवलाई ३५५ मतको अन्तरले काँग्रेसका सिंह जितेका हुन्। काँग्रेसका सिंहले २ हजार ४२० र एमालेका यादवले २ हजार ६५ मत प्राप्त गरेका छन्।

विष्णुपुर गाउँपालिकामा नेपाली काँग्रेस विजयी

सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार लिलम्बर यादवले २१२८ मत लाएर विजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका मुनिलाल खंगले १६५९ मत ल्याए।

धनुषाको जनकनन्दिनीमा कांग्रेस, मुखियापट्टीमा एमाले विजयी

धनुषाको जनकनन्दिनी गाउँपालिका प्रमुखमा कांग्रेसका अब्दुल वारिक शेख र उपप्रमुखमा भारती कार्की विजयी भएका छन्।

कांग्रेस सांसद सुरेन्द्र चौधरीको क्षेत्र पटेर्वा सुगौलीमा एमाले विजयी

पर्साको पटेर्वा सुगौली गाउँपालिकामा प्रमुखमा नेकपा एमाले र उपप्रमुख नेपाली कांग्रेसका उम्मेदवार विजयी भएकान छन्।

धनुषाको बटेश्वरमा एमाले, औरहीमा कांग्रेस विजयी

धनुषाको बटेश्वर गाउँपालिका प्रमुखमा एमालेका डम्बरबहादुर राउत र उपप्रमुखमा प्रमिला देवी विजयी भएका छन्। राउतले २ हजार ३७७ र प्रमिलाले २ हजार २९० मत पाएका छन्। उनीहरुका निकटतम प्रतिद्वन्दी प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका रामअशिष महतो र जनारसी देवीले क्रमशः २ हजार ३०३ र २ हजार १९६ मत प्राप्त रेका छन्।

सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेस विजयी

सिरहाको नवराजपुर गाउँपालिकाबाट सिरहामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ। नेपाली कांग्रेसबाट अध्यक्ष उम्मेदवार विश्वमोहन यादवले निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका शिवउद्गार यादवलाई पराजित गरेका छन्।

रौतहटको इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरम विजयी, परोहामा कांग्रेसको जित निश्चित

रौतहटमा नेपाल लोकतान्त्रिक फोरमले खाता खोलेको छ। इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरमले मेयर र उपमेयर दुवै पदमा विजय हासिल गरेको छ।

कांग्रेस एक भोटले विजयी, माओवादीद्वारा पुनः मतगणनाको माग

रौतहटको गरुडा नगरपालिका-३ मा नेपाली कांग्रेसले वडाध्यक्षमा १ भोटले विजय हासिल गरेको छ। कांग्रेसका उम्मेदवार कृष्णकुमार सहनीले ३०८ मत प्राप्त गरी वडाध्यक्षमा विजय हासिल गरेको हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्