७ आश्विन २०८१ सोमबार
image/svg+xml

काँग्रेस उम्मेदवार आचार्यको घर नजिकै बम

प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यको घर नजिकै बम फेला परेको छ।  रसुवाको उत्तरगया गाउँपालिका–५ लहरेपौवास्थित चौतारामा सुतली बम फेला परेको हो।

कांग्रेस उम्मेदवारको गाडीमा बम पड्कियो

जितपुर–सिमरा उपमहानगरपालिका–१ स्थित जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहले बम विस्फोट गराएको छ।

काँग्रेसले सबैको अधिकार सुनिश्चित गर्छ : निधि

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्ने बताएका छन्।

प्रदेश नम्बर ७ मा कांग्रेसको पकड बचाउन देउवाको दौडाहा

प्रदेश नम्बर ७ मा नेपाली कांग्रेसको पकड कायम राख्न प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाएका छन। शुक्रवार एकै दिन प्रधानमन्त्री देउवा बैतडी र दार्चुलाका सुगम देखि बिकट ठाउँ सम्म पुगेर मतदातासँग मत माग्न भ्याएका छन। उनले शुक्रवार बैतडीका २ र दार्चुलाका २ गरेर ४ चुनावी सभामा पुगेर मतदाताको मन जित्ने कोशिस गरे।

विकासको लागि कांग्रेसको जीत आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाले वाम गठबन्धनले लोकतन्त्र खतरामा परेकाले फेरी एक पटक लोकतन्त्रको रक्षाको लागी नेपाली कांग्रेसको जीत आवश्यक रहेको बताएका छन।

राप्रपाका नेता काँग्रेसमा प्रवेश

–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ललितपुर क्षेत्र नं– १ का अध्यक्ष प्रकाशबहादुर खत्री नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। काँग्रेसद्वारा बिहीबार बेलुका आयोजित नव आगन्तुकलाई पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष खत्री विधिवत् रुपमा पार्टीमा प्रवेश गरेको बताइएको छ। खत्रीसमेत ४० जना राप्रपाका नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको सो क्षेत्रमा काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका अर्थराज्यमन्त्री उदयशम्शेर राणाले बताए।

संसद्को निर्देशनअनुसार रद्द गरेको कांग्रेस स्पष्टोक्ति

नेपाली कांग्रेसले व्यवस्थापिका संसद्अन्तर्गतका समितिहरुको निर्देशनअनुसार सरकारले बूढीगण्डकी आयोजनाको ठेक्का रद्द गरेको स्पष्ट पारेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचन परिचालन समितिले बिहीबार पत्रकार सम्मेलन गरी पुष्पकमल दाहाल नेतृत्व सरकारले ठाडो आदेशमा दिएको ठेक्का मात्र रद्द गरिएको जनाएको हो ।

देउवा डडेल्धुरा पुग्दा कांग्रेसको ‘शक्ति प्रदर्शन’

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तहको मतपरिणाम अनुसार वामगठबन्धन कांग्रेसभन्दा झण्डै साढे आठ हजार मतले अघि छ । सोही मतपरिणामलाई आधार मानेर देउवालाई यसपटक चुनाव जित्न कठिनाई हुने विश्लेषण हुने गरेको छ ।

वाम पकड तोड्न कांग्रेसलाई चुनौती

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आउँदो मंसिर २१ मा हुने निर्वाचनमा वाम गठबन्धनलाई पराजित गर्न नेपाली कांग्रेसलाई चुनौती देखिएको छ । जिल्लामा अहिलेसम्म भएका आमनिर्वाचन र स्थानीय निर्वाचनमा बढी एमालेले नै जितिरहेकाले कांग्रेसलाई वाम पकड तोड्न सकस देखिएको हो ।

कुबिन्डेमा २२ वर्षपछि छिर्यो कांग्रेस

१० वर्षे ‘जनयुद्ध’ को उद्गमस्थल तथा तत्कालीन विद्रोही माओवादीको किल्ला कुबिन्डेमा २२ वर्षपछि कांग्रेस छिरेको छ । हाल चौतारा–साँगाचोकगढी नगरपालिका–५ मा समेटिएको साबिक कुबिन्डे गाविस माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाको गाउँ हो ।

कुबिण्डेमा २२ वर्षपछि छिर्‍यो कांग्रेस

१० वर्षे ‘जनयुद्ध’ को उद्गमस्थल तथा तत्कालीन बिद्रोही माओवादीको किल्ला कुबिण्डेमा २२ वर्षपछि कांग्रेस छिरेको छ । हाल चौतारा–साँगाचोकगढी नगरपालिका–५ मा समेटिएको यो साविक कुबिण्डे गाविस माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाको गृहगाउँ हो ।

काँग्रेसद्वारा आतंककारीलाई संरक्षणः दाहाल

चितवन क्षेत्र नं. ३ मा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रोल्पामा सो पार्टीका उम्मेद्वारमाथि भइरहेका हमला नेपाली काँग्रेसलाई सहयोग पुर्‍याउने नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको आरोप लगाएका छन्। आफ्नो निर्वाचन क्षेत्र शिवनगरमा हालै मात्र भाडामा लिएको घरमा सोमबार बिहान चितवनका सञ्चारकर्मीहरुसँग कुरा गर्दा नेता दाहालले सो कुरा बताएका हुन्।

कांग्रेसले प्रतिनिधि खटायो

नेपाली कांग्रेसले मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय प्रतिनिधि खटाएको छ । निर्वाचन परिचालन समितिले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा आइतबार पार्टी केन्द्रीय सदस्यका साथै विभिन्न नेतालाई खटाएको हो ।

समाजसेवी अनुराधा कोइराला काँग्रेस प्रवेश

‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली काँग्रेसमा प्रवेश गरेकी छिन्।  आज प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेका हुन् ।

असन्तुष्ट कार्यकर्ता फकाउँदै कांग्रेस उम्मेदवार

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट टिकट नपाएर अन्य पार्टीबाट चुनाव लडेर असन्तुष्ट बनेका कार्यकर्तालाई कांग्रेस नेता तथा उम्मेदवारले पुनः कांग्रेसमै फर्काउन कसरत सुरु गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्