७ आश्विन २०८१ सोमबार
image/svg+xml

हराउन खोजेको भन्दै काँग्रेसद्वारा मतगणना बहिस्कार

प्रतिनिधि सभा तर्फको मतगणना बहिस्कार गर्दै गणनास्थलबाट नेपाली कांग्रेस बाहिरिएको छ । संखुवासभामा जारी मत गणनामा भएको विवादका कारण प्रतिनिधिसभा तर्फको कांग्रेसका प्रतिनिधि, उम्मेदवार र नेताहरू मतगणना स्थलबाट बाहिरिएका हुन् । मुख्य निर्वाचन अधिकृतले दलीय निर्णय विपरित बदर मत भएको निर्णय गरेको र निर्वाचनका कर्मचारीहरूले पक्षपाती व्यवहार गरेको भन्दै कांग्रेस बाहिरिएको हो।

अमरेश सिंहको क्षेत्रमा मतगणना स्थगित, वार्ता भइरहँदा काँग्रेस-राजपाबीच झडप

मलंगवामा राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली काँग्रेसका कार्यकताबीच झडप भएको छ। नेपाली काँग्रेसका अमरेश सिंह उम्मेदवार रहेको सर्लाही–४ को मतगणना स्थगितको विषयलाई लिएर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो।

काँग्रेसबाट जित्नेमध्ये देवेन्द्रराज कँडेलको मतान्तर सबैभन्दा बढी

काँग्रेस नेता देवेन्द्रराज कँडेल नवलपरासी पश्चिम-२ बाट विजयी भएका छन्। देशैभरि बाम गठबन्धनको लहर चलेको बेला उनी काँग्रेसबाट जित्नेमध्ये मध्ये सबैभन्दा बढी अन्तरको जित निकाल्न सफल भएका हुन्। काँग्रेसका अधिकांश विजेताहरुले १ देखि २ हजार मत अन्तरको जित निकालेका छन्।

काँग्रेसको हार र सुधारका आधारहरु

गणतन्त्रको संस्थागत विकासका लागि प्रस्थान विन्दु मानिएको संविधान जारी भएपछिको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका परिणामले केही संकेत गरेका छन्। यो आलेख तयार पर्दासम्मको परिणामले नेपालको पुरानो पार्टी नेपाली काँग्रेस हार निश्चित देखिएको छ। वाम गठबन्धन दुई तिहाईतर्फ अग्रसर छ। लामो समय नेपाली राजनीतिमा प्रमुख भूमिका निर्वाह गरेको काँग्रेसको यो हारले संरचनागत र पार्टी व्यवस्थापनमा व्यापक सुधारको स्पष्ट संकेत गरेको छ।

समानुपातिकतर्फ काँग्रेस–एमाले ‘नेक एन्ड नेक’

प्रत्यक्षतर्फको मतपरिणाम अन्त्यतिर आइपुग्न लाग्दा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनालाई तीव्रता दिएको छ। अबको पाँच दिनभित्र समानुपातिकको मतगणना सक्ने आयोगको तयारी छ।

दुई काँग्रेस, एक–एकमा राजपा र वाम गठबन्धन विजयी

प्रदेश नम्बर २ अन्तर्गत रौतहटको चारवटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभाको मतगणना कार्य सम्पन्न भएको छ । मुख्य निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार प्रतिनिधि सभामा नेपाली काँग्रेसले २ सिट र राजपा एक र वाम गठबन्धन एक निर्वाचन क्षेत्रमा विजयी भएका छन्।

कांग्रेसका कार्यभार

मुलुकका सबैजसो आन्दोलनको अग्रणी नेपाली कांग्रेसले यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोग्नुपरेको पराजयपछि यसको नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शानदार विजय हासिल गरे पनि समग्रमा उनको दललाई यसपटक निराशाजनक परिणाम हात लागेको छ । यो पराजयको कारण खोज्न र भाविष्यमा कांग्रेसको गौरवपूर्ण इतिहास दोहोर्‍याउन दलको बैठक बोलाएर गम्भीर समीक्षा गर्नु र तदनुकूल अघि बढ्नुपर्ने आवश्यकता रहेको समेत दलभित्रै उठ्न थालेको छ ।

यस कारण हार्‍यो काँग्रेस

संविधानसभाबाट नयाँ संविधान बनेपछि भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले नराम्रोसँग पराजय भोग्नुपरेको छ । एमाले र माओवादी केन्द्र वाम गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएपछि कांग्रेसका प्रभावशाली नेताहरू नै निर्वाचनमा पछारिए।

कांग्रेसका चौधरी बारा १ बाट विजयी

नेपाली कांग्रेसका नेता उमाकान्त चौधरी वारा १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनले २४४५० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका अच्युत प्रसाद मैनालीले २२०३० मत प्राप्त गरे। चौधरी पूर्व स्वास्थ्यमन्त्री हुन्।

कांग्रेसको साख जोगाउँदै उदयपुरको १ (ख) मा कार्की विजयी

उदयपुर बाम गठबन्धनको ‘क्लिन स्वीप’ हुनबाट जोगिएको छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ (२) प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले साख बचाउँदै गठबन्धनको क्लिन स्वीप हुनबाट जिल्लालाई बचाएका हुन्। कार्कीले १६ हजार ७ सय ९२ मत ल्याएर गठबन्धनका उम्मेदवार रामबहादुर थापामगरलाई पराजित गरेका छन्। माओबादी केन्द्रका समानुपातिक पूर्व सभासद थापामगरले १५ हजार १ सय ९४ मत ल्याएका छन्।

कांग्रेस महामन्त्री शशांक कोइराला विजयी

नवलपरासी पूर्वको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी ३७३७३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविशोर पराजुलीले ३२८४६ मत प्राप्त गरे।

कमल थापा हार्नुको मुख्य कारण काँग्रेससँगको गठबन्धन !

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पराजित हुनुमा काँग्रेसको अन्तर्घात जिम्मेवार रहेको निष्कर्ष पार्टी पंक्तिले निकालेको छ।काँग्रेसकै कारण अध्यक्ष थापा पराजित भएको केन्द्रीय सदस्य एवं सह प्रवक्ता मोहन श्रेष्ठले जनाए।

बामदेव गौतमलाई हराउँदै काँग्रेसका सञ्जय गौतम विजयी

देशभरि वामपन्थी लहर चलेको अवस्थामा बर्दिया–१ बाट नेपाली काँग्रेसका उम्मेदवार सञ्जय गौतमले एमाले उपाध्यक्ष बामदेव गौतमलाई पारजित गरेका छन्।

‘लाल नेपाल’ मा कांग्रेस

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला भारतीय नाकाबन्दीविरुद्ध देखाएको अडानलाई मतदाताले यसपटक पुरस्कृत गरेका छन् । नाकाबन्दीविरुद्ध बोल्न नसक्नेबारे यसपटकको निर्वाचनमा पटकपटक कुरा उठेको हो ।

काँग्रेस महामन्त्री कोइराला ४ हजार मतले अगाडि

नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला जिततर्फ अग्रसर देखिएका छन्। उनी आफ्ना निकटम प्रतिद्वन्द्वीभन्दा ४ हजार ३८४ मतले अगाडि छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्