६ आश्विन २०८१ आइतबार
image/svg+xml

एक महिनाभित्र देश भरका सडकका खाल्डा पुर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

मंगलबार मन्त्री श्रेष्ठले नागरिकसँग कुरा गर्दै देशभरका सडकको खाल्डाखुल्डी १ महिना भित्र पुर्न निर्देशन दिएको बताएका हुन्।

यातायातमन्त्री श्रेष्ठको अनुगमनः जनताले पाएको दुःख हेरेर बस्ने भए हाम्रो काम छैन

मंगलबार बिहानै कार्यालय समयमा स्थलगत अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले एकान्तकुना, ठूलोभर्‍याङ र गुर्जुधारा यातायात कार्यालय गएर सेवाग्राहीहरुसँग गुनासो सुनेका हुन्।

प्रधानमन्त्री दाहालका सात सारथि

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल २०१६ सालमा स्याङ्जामा जन्मिएका हुन्। हाल नेकपा एमालेका उपाध्यक्ष पौडेलले तेस्रो पटक अर्थमन्त्रीको पदभार ग्रहण गरेका छन्।

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्छुः उपप्रधानमन्त्री एवं यातायातमन्त्री श्रेष्ठ

नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताएका छन्।

मंसिर ४ को निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन: उपाध्यक्ष श्रेष्ठ

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मंसिर ४ गतेको निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुंगाेमा पुर्‍याउनका लागि भएको बताएका छन्।

द्वन्द्वपीडितका काम गठबन्धनले अघि बढाउँछः नेता श्रेष्ठ

'संविधान र लोकतन्त्रमाथि खतरा बढेपछि बनेको यो गठबन्धनले देशका लागि धेरै काम गर्नुछ।' उनले भने, 'द्वन्द्वपीडितका लागि आयोगले गर्नुपर्ने काम अझै बाँकी रहेको छ। त्यसका लागि गठबन्धनले काम अघि बढाउने छ।'

मन्त्रीलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता हटाउनुपर्छः नारायणकाजी श्रेष्ठ

‘मैले बुझेसम्म यो आचारसंहिताको सवालमा मन्त्रीहरुले चुनाव प्रचार–प्रसार गर्न राष्ट्रव्यापी नपाउने छ भन्ने सुनियो। यो कुरा मिल्दैन। राजनीतिक प्रणाली चाँही बहुदलीय हुने। अनि, राजनीतिक त्यो प्रणालीले नेताहरु मन्त्री पनि हुने। तर, मन्त्रीहरुले चाँही चुनाव प्रचारप्रसार गर्न आफैं उम्मेदवार छ भने बाहेक अन्त नपाउने भन्ने कुरा त कमन सेन्सले मात्रै पनि मिल्दैन।'

माओवादी केन्द्रका अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठको नाम गोरखाबाट सिफारिस

आसन्न निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र क्षेत्र नम्बर २ मा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस भएको छ।

माओवादीद्वारा नारायणकाजीको नेतृत्वमा १७ सदस्यीय चुनावी घोषणा पत्र समिति गठन

जसको सदस्यमा नेताहरु देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लिलामणि पोखरेल, गणेश साह, परशुराम तम्तेल, अमृता थापामगर, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, कृष्ण चौंधरी, भिमा ढुंगाना र जगत सिंखडा रहेका छन्।

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, अरु को-को परे पदाधिकारीमा? (नामावलीसहित)

महासचिवमा देव गुरुङको नाम प्रस्ताव भएको छ भने वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा प्रस्ताव भएका छन्। त्यस्तै, उपमहासचिवमा गरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत प्रस्ताव भएका छन्।

नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रको कार्यवाहक अध्यक्ष

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षकको जिम्मेवारी पाएका हुन्।

नागरिकता विधेयक अल्पमतको विचार लागू हुनेगरी ल्याइयो: श्रेष्ठ

राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले नागरिकता सम्बन्धी विधेयक अल्पमतको विचार लागू हुनेगरी ल्याइएको टिप्पणी गरेका छन्।

गठबन्धनको नाममा कांग्रेसले निरन्तर बलजफ्ती गर्यो,हामीलाई सधैं यो स्विकार्य हुँदैन: श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसले गठबन्धनमा बलजफ्ती गरिरहेको र यो सँधै स्वीकार्य नहुने बताएका छन्।

वामपन्थी पार्टीहरुलाई तालमेल गर्न नेता श्रेष्ठको आग्रह

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले सबै वामपन्थी नेताहरुले कमीकमजोरी भए आत्मसमिक्षा गर्दै तालमेलको बाटामा अघि बढनुपर्ने आवश्यक्ता औंल्याए। नेता श्रेष्ठले आफै सिद्धिने बाटोबाट बच्न पनि वामपन्थी शक्तिहरु मिलेर अघि बढनुपर्ने बताए।

नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा श्रेष्ठ र महरा

१२५ जना सदस्य र वैकल्पिक ३१ जना सदस्यसहितको पोलिटब्यूरो गठन गरेको र ४१ जनाको स्थायी समिति गठन गरेको जानकारी दिए। उनले अहिले स्थायी कमिटीमा १५ जनाको नाम मात्रै।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्