६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्छुः उपप्रधानमन्त्री एवं यातायातमन्त्री श्रेष्ठ

नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताएका छन्।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताएका हुन्। उनले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु भएको उल्लेख गरे।

जनताले कानूनसम्मत रहेका कुनैपनि कामलाई भनसुन नगरीकन र घुस नखुवाइकन गर्नसक्ने बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। त्यस्तै जनताको अपेक्षा अनुरुप शिक्षा, स्वास्थ्य, रोजगारी खाद्यान्न, आवास, खानेपानी लगायतलाई उपलब्ध गराउनुपर्ने भएकाले सोही अनुसार आफूले काम गर्ने उनले बताए।

उनले भने,‘यो सरकारले मुख्यतः राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै सुशासन कायम गरेर समृद्धिको फड्को मार्नु हो। राजनीतिक परिवर्तन पछि जनताको जिवनमा परिवर्तन गर्नु हो। यो सरकारको मुख्य उद्देश्य नै हामीले सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु हो।’

प्रकाशित: ११ पुस २०७९ १३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App