२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

यातायातमन्त्री श्रेष्ठको अनुगमनः जनताले पाएको दुःख हेरेर बस्ने भए हाम्रो काम छैन

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आज अनुगमन गरेका छन्। मंगलबार कार्यालय समयमा अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले एकान्तकुना, ठूलोभर्‍याङ र गुर्जुधारा यातायात कार्यालय गएर सेवाग्राहीहरुसँग गुनासो सुनेका हुन्।

त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रेष्ठले यातायात व्यवस्था सुधारका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको बताए। उनले भने, ‘अहिलेको समस्या समाधान गर्ने, कमजोरी सच्याउने र सेवाग्राहीलाई छिटो सहज सेवा दिन के गर्नुपर्छ भनेर हस्तक्षेपकारी कार्ययोजना बनाउँदैछौं।’

जनताले अहिलेसम्म पाएको दुःख अन्त्य गरेर नयाँ ढंगबाट काम गर्ने उनको प्रतिबद्धता छ  जनताको कामलाई सरल ढंगबाट गर्न कर्मचारी थप गरेर भएपनि तत्काल गर्ने बताए। उनले भने, ‘जनताले पीडा पाइरहेका छन्। हामी हेरेर बस्दैनौँ। हेरेर बस्ने भए हाम्रो काम छैन। त्यसैले हामीले त्यो समस्या समाधान गर्नुपर्छ।’

प्रकाशित: १९ पुस २०७९ ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App