२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आजबाट हिमालयन हाइड्रो एक्स्पो

हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन शुुक्रबार (आज) हुने भएको छ। भृकुटीमण्डपको प्रदर्शनीस्थलमा ११ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पो उद्घाटन गर्ने आयोजकले जनाएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोस्रो संस्करणको एक्स्पोको तयारी पूरा भएको छ।

रुपन्देहीमा राजधानी कायम गर्न काँग्रेसको खबरदारी

नेपाली काँग्रेसले रुपन्देहीलाइ नै स्थाइ राजधानी कायम गर्न माग गर्दे बिहिबार बुटवलमा बृहत जनप्रदर्शन तथा खबरदारी सभा गरयो। खबरदारी सभालाइ सम्बोधन गर्दै पार्टीका केन्द्रिय तथा बिभिन्न जिल्लाका नेताहरुले बुटवलबाट राजधानी अन्यत्र सार्ने षडयन्त्र भए त्यसको शसक्त प्रतिरोध गर्ने चेतावनी दिए।

पूर्ववर्ती सरकारका निर्णय उल्टाउने प्रयास गरे कम्युनिष्ट आफै उल्टिन्छ : खाँड

नेपाली कांग्रेसले रुपन्देहीलाइ नै स्थायी राजधानी कायम गर्न माग गर्दे विहिबार बुटवलमा बृहत जनप्रदर्शन तथा खबरदारी सभा गरेकाे छ। सभालाइ सम्बोधन गर्दै पार्टीका केन्द्रीय तथा विभिन्न जिल्लाका नेताहरुले बुटवलबाट राजधानी अन्यत्र सार्ने षडयन्त्र भए त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिए।

ग्यालरीको विकल्प होटल तथा रेस्टुरेन्टको स्पेस

राजधानीमा भएका आर्ट ग्यालरीहरूमा हरेक दिनजस्तो चित्रकला प्रदर्शनी र विभिन्न गतिविधि हुने क्रम बढ्दो छ। आफ्नो चित्रकला आर्ट ग्यालरीमा प्रदर्शन गर्न महिनौं पर्खनुपर्ने स्थिति सिर्जना भएपछि कलाकारहरूले नयाँ विकल्पका रूपमा होटल र रेस्टुरेन्टमा चित्रकला प्रदर्शनी गर्न थालेका छन्।  हालै चित्रकार विधाता केसीले ठमेलस्थित दलाई–ला बुटिक होटलमा सञ्चालन गर्न ल्याएको दलाई–ला आर्ट स्पेसमा आफ्नो एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्। उनले त्यसअघि ललितपुरको जिजि मचानमा एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्।

डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन

डा. गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ। सोलिडारिटी फर डा केसी एलाइन्सले डा केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै आज प्रदर्शन गरेको हो।

इलेक्ट्रोनिक्स एक्स्पो सुरु

तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला २०१९ को उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गरे। भक्तपुर नगररपालिका–१, सल्लाघारीमा भइरहेको एक्स्पो ३० गतेसम्म चल्नेछ।

प्राचीन पनौतीको फोटो प्रदर्शनी

पनौतीमै जन्मीहुर्की फोटोग्राफीमा दुई दशक बिताइसकेका पत्रकार प्रशान्त श्रेष्ठलाई जन्मथलोको पुरानो अवस्थालाई फोटोको माध्यमबाट नयाँ पुस्तालाई चिनाउन हुटहुटी चलेको छ। उनले गत कात्तिकमा तिहारको छेको पारेर जन्मथलोमै ‘उहिले र अहिलेको पनौती’ शीर्षकमा तीनदिने फोटो प्रदर्शनी सम्पन्न गराए।

चितवन महोत्सवकाे अाकर्षण पर्यटक गाइड बुक

दुई वर्षको अन्तरमा गरिँदै आएको ‘चितवन महोत्सव’को १२ औं संस्करणमा यसपटक पर्यटक गाइड बुक विशेष आकर्षणका रूपमा रहने भएको छ। आगामी पुस २५ गतेदेखि १० दिनसम्म नारायणी नदी किनार नारायणगढमा हुने महोत्सवको प्रदर्शनी स्थल निर्माण र महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

प्रस्तावित रंगशालाविरुद्ध भक्तपुरमा प्रदर्शन

भक्तपुरमा निर्माण गर्ने भनिएको प्रस्तावित अन्तर्राष्ट्रिय रंगशालाविरुद्ध भक्तपुरका पीडित किसानहरुले सोमबार फेरि विरोध प्रदर्शन गरेका छन्। पीडित किसानहरुको तर्फबाट गठित प्रस्तावित रंगशाला पीडित संघर्ष समिति सिपाडोल नंखेलका किसानहरुले भक्तपुरको नंखेलबाट विरोध र्‍याली गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर घेराउ गरेका हुन्।

एकता दिवसमा पुस्तक प्रदर्शनी

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनी गत पुष १४ गतेबाट जारी छ। आम पाठकहरूलाई मध्यनजर गर्दै भएको प्रदर्शनी पुष २९ गतेसम्म चल्नेछ। प्रतिष्ठानले वार्षिक रूपमा आयोजना गर्ने विभिन्न कार्यक्रममध्ये पुस्तक प्रदर्शनी पनि एक रहेको प्रतिष्ठानले जनाएको छ।

सरकारविरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन

पाल्पाको सदरमुकाम तानसेनमा विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै एक घण्टा चक्काजाम गरेका गरेका छन्।

‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’

भृकुटीमण्डपमा शुक्रबारदेखि जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ। ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने मूलनाराका साथ उक्त राष्ट्रिय औद्योगिक प्रदर्शनी भइरहेको छ।

स्वदेशी उत्पादन प्रयोग गरौंः उपप्रम पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनमा जोड दिएका छन्। भृकुटीमण्डपमा जारी जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको अवलोकन गर्दै मन्त्री पोखरेलले स्वदेशी उत्पादनलाई माया र प्रबर्द्धन गर्नुपर्ने बताए।

सुडानमा मूल्यवृद्धिको विरोधगर्ने १९ जनाको मृत्यु

सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ। सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन्।

चीनमा नेपाली फिल्म प्रदर्शनको पहल

नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धननको चर्चा चलिरहँदा छिमेकी मुलुक चीनमा नेपाली फिल्म प्रदर्शनको तयारी गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्