१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

फेरि संशोधन भयो कांग्रेस अधिवेशन तालिका

कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ सम्म काठमाडौंमा गर्ने केन्द्रीय महाधिवेशनको समयतालिका भने कांग्रेसले अहिलेसम्म यथावत् राखेको छ।

कांग्रेसको अधिवेशन कार्यतालिका संशोधन

नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन अन्तर्गतको अधिवेशन कार्यतालिका संशोधन गरेको छ।

महामन्त्रीमा विश्वप्रकाशको उम्मेदवारी घोषणा

‘सबै साथीलाई एकजुट बनाएर कांग्रेसलाई लगातार तीनवटा आमनिर्वाचन जिताउने संकल्पसहित मैले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छु।’

कांग्रेस महाधिवेशन : दोस्रो बन्ने रणनीति

संस्थापन इतर पक्षका सभापतिका आकांक्षी नेताहरू देउवालाई पहिलो चरणमा ५० प्रतिशत मत कटाउन नदिने र आफू दोस्रो स्थानमा रहनेगरी रणनीति बनाउन लागि परेका छन्।

कांग्रेस वडा अधिवेशन सुरुः ‘आन्तरिक लोकतन्त्रमा रक्तसञ्चार’

२०७४ को आम निर्वाचनपछि आन्तरिक कलहमै रुमलिन पुगेका कांग्रेस नेता कार्यकर्ता यति बेला वडा तहको अधिवेशनमा सहभागी हुन गाउँगाउँ पुगेका छन्।

अन्योलबीच कांग्रेस अधिवेशन आजबाट

संस्थापन इतरका नेताहरूले १४औं महाधिवेशनमा सहमतिमै सभापतिमा एकजनाले मात्रै उम्मेदवारी दिने दाबी गरेका छन् ।

कांग्रेसमा लेबी उठाउनै समस्या

लेबी नबुझाएको व्यक्ति वडा अधिवेशनमा समेत उम्मेदवार हुन नपाउने व्यवस्था पार्टीको नियमावलीमा छ। तर बिहीबारबाट कांग्रेस वडा अधिवेशन हुँदै गर्दा अघिल्लो दिनसम्म कैयौं कार्यकर्ताबाट लेबी उठ्न नसकेको बताइएको छ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशन रोक्न सर्वोच्चमा रिट

‘विश्वभरि नै भेला र मेलाका कारण कोरोना सङ्क्रमण फैलिरहेको छ, अहिलेको अवस्था भनेको कोरोना नियन्त्रण मुख्य काम हो’, सांसद वैद्यले भने, ‘कोरोना नियन्त्रणपछि महाधिवेशन गर्नुपर्छ, जनताको जीउज्यान सबैभन्दा ठूलो कुरा हो।’

सभापतिमा सघाउन पौडेलको आग्रह, अझै सहमति जुटेन

पौडेले पक्षले वडा अधिवेशनअघि नै आफ्नो तर्फबाट सर्वसम्मत उम्मेदवार चयन गर्न प्रयास गरेको हो। सकेसम्म वडा अधिवेशनअघि सर्वसम्मत उम्मेदवार चयन गर्ने, सर्वसम्मत उम्मेदवार चयन गर्न नसकेमा वडा अधिवेशनअघि पौडेल समूहका नेता एक भएको सन्देश दिने तयारी पौडेल पक्षको छ।

काँग्रेसकाे महाधिवेशन प्रक्रिया १८ गतेबाट सुरु

बुधवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरुको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ हुने बताएका हुन्।

भदौ १८ अघि सर्वसम्मत सभापतिको उम्मेदवार छान्न पौडेल पक्षको प्रयास

सकेसम्म वडा अधिवेशनअघि नै आफ्नो समूहबाट एकजना मात्र सभापतिको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले प्रयास गरेको छ। भदौ १८ गते वडा अधिवेशन हुँदैछ। सकेसम्म भदौ १८ अघि एकजना व्यक्तिको नाम नै टुंगो लगाउने प्रयास भइरहेको पौडेल पक्षका बलबहादुर केसीले बताए। यसका लागि पौडेल पक्षले मंगलबार बोलाएको बैठकमा केसी सहभागी भएका थिए।

महामन्त्रीमा उठ्ने गगनकाे घोषणा

सोमबार काठमाडौं महानगरपालिका–३० मा आयोजित एक कार्यक्रममा उनले भने, ‘वडामा आयोजित कार्यक्रमबाट मैले महामन्त्री पदमा उठ्ने घोषणा गरेको छु। मेरै वडा र अग्रजहरूका बीचमा गौरवसाथ यो घोषणा गरेको हुँ।’

क्रियाशील सदस्यता विवाद टुङ्गिएसँगै कांग्रेस महाधिवेशनमा अग्रसर

नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छ। क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएको छ।

सभापतिमा आ–आफ्नै दाबी

बैठकमा सहभागी नेता बलबहादुर केसीले सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस इतिहासकै कमजोर बनेको र त्यसबाट पार्टीलाई जोगाउन एकताबद्ध भएर महाधिवेशनमा जानुपर्छ भन्नेमा सभापतिका आकांक्षीहरू रहेको बताए ।

कांग्रेस महाधिवेशन: भदौमै गरौं, होइन मंसिरमा

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनको मितिलाई लिएर दुई धारमा देखिएका छन्। संस्थापन पक्षका केन्द्रीय सदस्य तिहारअघि सम्भव नभएको भन्दै मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्