१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मैले आत्महत्या गरिनँ

‘फोर्ब्स थर्टी अन्डर थर्टी’ सम्मेलनमा पहिलो पटक म सार्वजनिक रुपमा बोल्न उभिँदा त्यहाँ ३० वर्षभन्दा कम उमेरका १५ सय प्रतिभासम्पन्न युवायुवती थिए। अन्दाज गर्नुस्, १९९८ मा तिनीहरुमध्ये सबैभन्दा उमेरदार १४ वर्षको थियो होला र सबैभन्दा सानो चाहिँ चार वर्षको। मैले ठट्टा गर्दै भनेँ, 'तपाईंहरुमध्ये निकै कमले मेरो नाउँ सुन्नु भएको होला, धेरैले चाहिँ र्‍याप गीतमा।'

हत्यारा सालीका छाेरा जाेगाउन पूर्व प्रहरी महानिरीक्षकले यस्ताेसम्म गरे...

नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृहका उच्च अधिकारीको संरक्षणका कारण हत्याजस्तो जघन्य अपराधका आरोपीले १३ वर्षसम्म उन्मुक्ति पाएको खुलेको छ। नेपाल प्रहरीका पूर्वएआइजी रुपसागर मोक्तान र सशस्त्रका पूर्वमहानिरीक्षक किशोरकुमार लामाको संरक्षणका कारण हत्या आरोपी १३ वर्षसम्म पक्राउ नपरेका हुन्।

होलीमा हत्या गर्ने तीन जना पक्राउ

काठमाडौं— धारिलो हतियार प्रहार गरी ज्यान मारी फरार रहेका काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ३१ बर्षीय श्रीवीर लामा, ३१ बर्षीय सोनु भन्ने देवराज लामा र ४० बर्षीय खेप्पा भन्ने राकेश लामालाई प्रहरीले भाद्र २४ गते पक्राउ गरेको छ।

मण्डल हत्याको आशङ्कामा तीन पक्राउ

लहान—सिरहाको कल्याणपुर–९ निवासी १७ वर्षीय सुमन मण्डलको हत्या भएको आशङ्कामा प्रहरीले मङ्गलबार साँझ तीन जनालाई पक्राउ गरेको छ। गत भदौ २३ गतेदेखि बेपत्ता भएका मण्डलको शज सोमबार कल्याणपुर गाविस–१ स्थित लोहजरा खोला छेउमा अनुहारको केही भाग जलेको र बायाँ खुट्टा जङ्गली जनावरले खाएको अवस्थामा प्रहरीले फेला परेको थियो।

छुरा प्रहार गरी महिलाको हत्या, शव गोप्य रुपमा जलाइयो

१९ दिनअगाडी आफ्नै जेठाजुले छुरा प्रहार गरी घाइते बनाइएकी महिलाको मृत्यु भएपछि घर परिवारका सदस्यले प्रहरीलाई खबरै नगरी गोप्य रुपमा शव जलाएका छन्। पर्सा जिल्लाको बस्डिल्वा गाविस –६ बस्ने ४० वर्षकी चुनिया भनिने मुनिया देवीलाई आफ्नै जेठाजुले जग्गासम्बन्धी बिवादका क्रममा आँगनमै छुरा प्रहार गरेका थिए।

किन अस्पतालमै आत्महत्या गरे विजयले ?

काठमाडौं-नाम विजय भए पनि उनले दीर्घ र खर्चिलो रोगसामु सदाका लागि घुडाँ टेकेका छन्। आफन्तसँग माफी मागेर सधैंका लागि बिदा भएका छन् मिगौंला रोगी विजय खड्का।

मेचीनगरमा एक पुरुषको हत्या

झापाको मेचीनगर नगरपालिका–१ स्थित निन्दा खोलामा गएराति एक व्यक्तिको हत्या भएको छ। नाम, थर, वतन खुल्न नसकेका ५५ वर्षीय पुरुषको चन्द्रगढी–१ निवासी ३६ वर्षीय नेत्र गिरीले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मृगौला पीडित युवाद्वारा शिक्षण अस्पतालमा आत्महत्या

काठमाडौं- महाराजगञ्ज शिक्षण अस्पतालमा एक युवाले झ्यालबाट हामफालेर आत्महत्या गरेका छन्। मृगौलाको उपचार गराइरहेका दोलखा मालुका १९ वर्षीय विजय खड्काले आत्महत्या गरेका हुन्।

ठाकुर हत्याका अभियुुक्त ३५ वर्षसम्म कारागारमा

बारा जिल्ला अदालतले कञ्चनकुमारी ठाकुर हत्याका तीन अभियुक्तलाई आज कारागारको सजायको फैसला गरेको छ ।

होस्टेल सञ्चालकको क्रूर हत्या

विराटनगर-१३ स्थित तिनटोलियामा अक्सफोर्ड होस्टल सञ्चालन गरिरहेका विजय यादवको क्रूर हत्या गरिएको छ। २१ वर्षका यादवलाई ठूलो कट्टीले शरीरबाट टाउको र दुबै खुट्टा काटेर अलग पारी हत्या गरिएको छ।

पूर्वमन्त्री गुप्ताले धम्काएकी महिला डिआइजी पत्नी हत्याकान्डकी आरोपी

पूर्वमन्त्री श्याम सुन्दर गुप्ताले अपहरण गर्ने धम्की दिएकी महिला गीता ढकाल हत्याकाण्डकी आरोपी भएको खुलेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार श्रीमती हत्या आरोपमा कारागारमा रहेका सशस्त्रका बर्खास्त डिआइजी रन्जन कोइरालासँगै आरोपी रहेकी तारा रेग्मीलाई गुप्ताले धम्काएका हुन्।

सात हत्याका आरोपी रइस मियाँ पक्राउ, यस्तो छ उनको अपराध यात्रा

राजविराज- लामो समयदेखि सप्तरी प्रहरीको मस्टवाण्टेड सूचीमा रहेको सात वटा हत्याका अभियुक्त भारतीय नागरिक मोहम्मद मस्तकिम भन्ने रइस मियाँलाई प्रहरीले पक्राउ गरेको छ।

काेदाली प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा तोरवांग–३ मर्कवांग बस्ने ३५ वर्षीय भूपाल नगरकोटीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

आइएसमा आबद्ध बालकले गरेको क्रुर हत्याको भिडियो सार्वजनिक

सबैभन्दा क्रुर आतंकवादी संगठनमध्येको एक इस्लामिक स्टेटको खतरनाक भिडियो सार्वजनिक गरेको छ। सो भिडियोमा एक बेलायती र अन्य चार बच्चाले सिरियामा बन्दी बनाइएका कुर्द लडाकुलाई क्रुर तरिकाले हत्या गर्दै गरेको देखाइएको छ। एक युरोपेली पत्रिकामा प्रकाशित रिपोर्ट अनुसार नौ मिनेटको सो भिडियो केही दिन अगाडि सिरियाको राजधानीमा रेकर्ड गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

बोक्सी अरोपमा एकल महिलाको हत्या

बोक्सीको आरोपमा नौवस्तामा एक एकल महिलाको हत्या भएको छ। आफ्नी पत्नी ममतालाई बोक्सी लगाएको आरोपमा नौवस्ता–९ तिलकपुरका २१ वर्षीय दिनेश थारुले स्थानीय ४० वर्षीया डण्डी थारुको हत्या गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्