१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

ठाकुर हत्याका अभियुुक्त ३५ वर्षसम्म कारागारमा

कलैया-बारा जिल्ला अदालतले कञ्चनकुमारी ठाकुर हत्याका तीन अभियुक्तलाई आज कारागारको सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बारा जिल्ला विप्रविर्ता–६ स्थायी घर भई हाल कलैया–८ बस्ने गोलु भनिने २८ वर्षीय अरविन्दलाल दासलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष र बलात्कारमा १५ वर्र्ष तथा कलैया–८ बस्ने ४५ वर्षीय मदन मिश्रलाई कर्तव्य ज्यानमा दुई वर्ष र १६ वर्षीय पवन मिश्रलाई छ महिना कैद सजायको फैसला गरेको छ ।

अभियुक्तले २०७१ कात्तिक २२ गते करिब छ वर्षीया कञ्चनकुमारी ठाकुरलाई ललाइफकाई कलैया–८ स्थित कलैया अस्पतालको पछाडि लगी बलात्कार गरी हत्या गरेको अदालतका स्रेस्तेदार मोहन सुवेदीले बताए। रासस

प्रकाशित: २१ भाद्र २०७३ ०९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App