५ आश्विन २०८१ शनिबार
image/svg+xml

मलेसियाको मेडिकल टुङ्गिसकेको छैन, हल्लाका पछि नलागौंः मन्त्रालय

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको स्वास्थ्य परीक्षणसँग जोडेर भएका प्रचारप्रसारप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै त्यस्ता हल्लाको पछि नलाग्न सचेत गराएको छ।

वैदेशिक रोजगारीमा जाने ३८ प्रतिशतले घटे

स्वदेशमा रोजगारीका अवसर सिर्जना भएको नदेखिए पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ। गत साउनदेखि फागुनसम्मको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ।

नेपाल टिकट काट्न असफल

कुवेतमाथि ८ विकेटको सहज जित हात पारे पनि नेपालले २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यु–१९ विश्वकपको टिकट काट्न असफल भएको छ।

मलेसियाबाट रेमिट सुरु

मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमिट्यान्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो। यो सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु थप लाभान्वित हुने बैंकले जनाएको छ।

सरोकारवालाको नजरमा २०७५ मा वैदेशिक रोजगार क्षेत्र

२०७५ मा समग्र वैदेशिक रोजगार क्षेत्र कसरी अघि बढ्यो? वैदेशिक रोजगारका सरोकारवालाहरु के भन्छन्? थप जानकारीका लागि हेर्नुहोस भिडियो रिपोर्ट :

वैदेशिक राेजगारीले परिश्रमी बनायो

मेलम्ची नगरपालिका–३ हैवुङका देवेन्द्र गुरुङ २०६८ मा मलेसिया गए। नेपाली सेनाको ६ वर्षे जागिर छाडेर वैदेशिक रोजगारीमा मलेसिया पुगेका गुरुङले सेक्युरिटी गार्ड भएर चार वर्ष बिताए। मलेसिया रहँदा उनलाई यति मेहनत गरे नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो। त्यसपछि केही रकम जम्मा गरेर उनी नेपाल फर्किए।

मलेसियामा बस दुर्घटना, दुई नेपालीको सहित १० जनाकाे मृत्यु

मलेसियामा नेपाली चढेको बस दुर्घटनामा परेको छ। सेलागर भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै दुई नेपालीसहित १० जनाको मृत्यु भएको हा्े। इन्डाेनेसियाका ३ र बंगालका ५ जनाकाे नागरिककाे उक्त दुर्घटनामा परी ज्यान गएकाे हाे

'कलिङ खुल्यो, नयाँले पनि चाँडै मलेसिया जान पाउने'

विगत १० महिना देखि कसिएको मलेसिया रोजगारीको गाठो आंशिक रुपमा खुलेपछि वैदेशिक रोजगार क्षेत्रमा यसले भिन्नै तरंग ल्याएको छ। गत जेठ महिना सम्म कलिङ भिसा प्राप्त गरेर मलेसिया जाने पर्खाईमा रहेका करिब ७ हजार नेपालीहरुको श्रम स्वीकृति दिने निर्णय वैदेशिक रोजगार विभागले गरेको छ। जुन निर्णयलाई मलेसियामा कामदार आपूर्ति गर्दै आएका वैदेशिक रोजगार व्यवसायीहरुले सकारात्मक कदम मान्दै अब जति सक्दो छिटो नयाँ कामदार आपूर्तिको प्रक्रिया सुचारु गर्न आग्रह गरेका छन् ।

साढे दस महिनापछि खुल्यो मलेसिया

नेपाल र मलेसियाबीचको विवादका कारण साढे १० महिनादेखि रोकिएको मलेसिया रोजगारी सोमबारदेखि खुला हुने भएको छ। वैदेशिक रोजगार विभागले कलिङ भिसा लिएका नेपालीलाई सोमबारदेखि श्रम स्वीकृति दिन श्रम कार्यालयलाई पत्राचार गरेपछि मलेसिया जाने बाटो खुलेको हो।

कलिङ्ग भिसा पाएका श्रमिक मलेसिया उड्छन् : मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया जान कलिङ्ग भिसा आएका श्रमिकलाई श्रम स्वीकृति दिने प्रक्रिया शुरु भएको बताएका छन्।  करिब सात हजार श्रमिक कलिङ्ग भिसा आए पनि विगत १० महिनादेखि मलेसिया जान पाएका थिएनन्। वैदेशिक रोजगार विभागले अब ती श्रमिकलाई मलेसिया जान अनुुमति दिनेछ।

वैदेशिक लगानीले कसरी सुधारियो मलेसियाको अर्थतन्त्र?

मलेसिया सन् १९५७ मा स्वतन्त्र भएको हो। त्यतिवेला मलेसिया टिन र रबरका लागि मात्र प्रसिद्ध थियो। औपनिवेशिक शासन र जातीय दंगाले थिलथिलो भएको मलेसियाले परिवर्तनको सुरुवात स्वतन्त्रतासँगै गरेको थियो।

मलेसिया खुलाउन पहल गरिरहेको छु, श्रमिकको हितमा काम गर्छु : राजदूत पाण्डे

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले नेपाली कामदारको हितमा काम गर्ने बताएका छन्। लामो समय राजदूत विहिन बनेको नेपाली दूतावास मलेसियाको जिम्मेवारी सम्हाल्न पुगेका राजदूत पाण्डेलाई स्वागत गर्न गएका जनसम्पर्क समिति मलेसियाका पदाधिकारी सँग राजदूत पाण्डेले मलेसियामा कार्यरत विभिन्न संघ-संस्था सँग सहकार्य गर्दै काम गर्ने बताए।

सुखद समझदारी

सरकारले ६ महिनाबीचमा दुईवटा महत्वपूर्ण मुलुक मलेसिया र जापानमा नेपाली युवालाई रोजगारीका रूपमा पठाउन सक्ने गरी समझदारी गरेको छ। गत कात्तिक १२ मा नेपाली युवाको पहिलो गन्तव्य मानिएको मलेसियासँग श्रम समझदारी गरेको सरकारले चैत ११ मा अर्को आकर्षक मुलुक जापानसँग नेपाली श्रमिक पठाउने गरी समझदारी गरेको हो।

'अब केही दिनमै नेपाली कामदार मलेसिया जान थाल्छन्'

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट नेपाल कम्युुनिष्ट पार्टीको दोस्रो पुस्ताका आशलाग्दा नेताहरू मध्येका एक हुन्। उर्जामन्त्री हुुँदा उनले जुन लोकप्रियता कमाए, उनको दोस्रो इनिङले सायद त्यो उचाई भेटाएन। यद्यपि उनी अनवरत श्रम तथा वैदेशिक रोजगारको सुधार र व्यवस्थापनमा जुटेका छन्। सोमबार नेपाल जापानवीच श्रमिक आपूर्ति सम्झौता हुदै गर्दा नागरिकन्यूजसँग मन्त्री विष्टले जापान सम्झौतासंगै मलेसियामा श्रमिक पठाउने सिलसिला केही दिनभित्रै शुरु हुने बताए। प्रस्तुुत छ, उनीसंगको अन्तर्वार्ता (भिडियो सहित)

मलेसियामा घाइते मायालाई काभ्रे कल्याणकारी समाजको आर्थिक सहयोग

रोजगारीको सिलसिलामा मलेसियामा घाइते भएकी काभ्रे नमोबुद्धकि माया वाइवालाई काभ्रे कल्याणकारी समाज मलेसियाले आर्थिक सहयोग गरेको छ। समाजले आज राजधानीमा एक कार्यक्रम आयोजना गरेर घाइते वाइवालाई २ लाख ७४ हजार प्रदान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्