coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल टिकट काट्न असफल

काठमाडौं – कुवेतमाथि ८ विकेटको सहज जित हात पारे पनि नेपालले २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यु–१९ विश्वकपको टिकट काट्न असफल भएको छ।

मलेसियामा जारी समूहको अन्तिम खेलमा नेपाललाई विश्वकपमा स्थान पक्का गर्न कुवेतमाथिको जित मात्र पर्याप्त थिएन। त्यसका लागि अर्को खेलमा शीर्ष स्थानको युएई ओमानसँग पराजित भएको कामना गर्नुपर्ने थियो। ओमानले युएईलाई १० विकेटको नतिजा सुम्पिएसँगै नेपालको विश्वकप छनोट यात्रामा पूर्णविराम लागेको थियो।

नेपालले ६ टोली सहभागी छनोट प्रतियोगितामा ५ खेलमा ४ जित र १ हारसँगै ८ अंक जोड्दै  नेपालले दोस्रो स्थानमा बस्दै प्रतियोगिताको अन्त्य गरेको हो। समूहको दोस्रो खेलमा युएईसँग डकवर्थ लुइस पद्धतिमा १ रनले पराजित हुनु नेपालका लागि महँगो बन्यो। शतप्रतिशत नतिजा हात पारेको युएईले १० अंकका साथ शीर्ष स्थानमा यथावत् रहँदै विश्वकपमा स्थान पक्का गरेको हो।

क्वालालम्पुरको किन्नारा ओभलमा कुवेतले प्रस्तुत गरेको १ सय ५८ रनको सामान्य लक्ष्य नेपालले २८ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गरेको थियो। नेपालका ओपनर रीत गौतम र पवन सर्राफले अर्धशतक पूरा गरेका थिए। रीत र पवनले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गर्दै नेपाललाई सहज जिततर्फ डो¥याएका थिए। रीतले ८४ बलमा ७ चौका प्रहार गर्दा पवनले ६१ बलमा ८ चौका र १ छक्का प्रहार गरे। त्यस्तै आरिफ शेखले २० बलमा ५ चौका र १ छक्काको मद्दतमा अविजित ३३ रनको योगदान गरे।

यसअघि टस जितेर ब्याटिङ रोजेको कुवेतले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ५७ रन जोडेको थियो। कुवेतका नोमान बुद्रोले सर्वाधिक ७० रन जोड्दा हामौद अमानुल्लाहले १७ रन जोडे।अन्य कुनेै पनि ब्याटस्म्यानले दोहोरो अंकसमेत छुन सकेनन्।

कवबेतलाई सस्तोमा समेट्ने क्रममा नेपालका कप्तान रोहितकुमार पौडेलले ३ तथा रसिद खान, सूर्य तामाङ र कुशल मल्लले समान २ विकेट लिए।

प्रकाशित: ६ वैशाख २०७६ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App