२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रिपोमार्फत बैंकिङ प्रणालीमा २० अर्ब प्रवाह हुँदै

नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रूपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ। बैंकले आगामी मंसिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो।

विदेशी मुद्रा सञ्चितिमा कमी: विदेश जानेले २ सय अमेरिकी डलरभन्दा बढी नगद नपाउने

असारको तुलनामा साउनमा विदेशी मुद्राको सञ्चिति ४४ अर्ब २१ करोड रूपैयाँले घटेर १३ खर्ब ५४ अर्ब ८२ करोड रूपैयाँमा झरेको छ। डलर अभाव हुँदै गएपछि राष्ट्र बैंकले तीन वर्षअघि पनि पर्यटक भिसामा विदेश जानेलाई दिँदै आएको दुई हजार पाँच सय अमेरिकी डलरको सुविधालाई एक हजार पाँच सय डलरमा झारेको थियो।

वित्तीय संस्थाको धेरै कर्जा थोक तथा खुद्रा बिक्रेतामा

थोक तथा खुद्रा विक्रेतामा लगानी बढ्नु भनेको स्वदेशमा उपभोग्य वस्तुको खपत बढ्नु हो। केही वर्षदेखि दैनिक गुजारा चलाउनका लागि खाद्य पदार्थसमेत भारत लगायत छिमेकी मुलुकबाट आयात हुने गरेको छ।

एक सातामा २६ अर्ब रूपैयाँले बढ्यो निक्षेप

वित्तीय संस्थामा तरलता अभाव हुन लागेका बेला पछिल्लो एक सातामा वाणिज्य बैंकहरूले २६ अर्ब रूपैयाँ निक्षेप संकलन गरेको तथ्यांक सार्वजनिक भएको छ।

‘विकासका लागि पुँजीगत खर्च र वैदेशिक लगानी वृद्धि आवश्यक’

मुलुकको आर्थिक विकासका लागि पुँजीगत रकमको खर्च र प्रत्यक्ष वैदेशिक लगानी वृद्धि गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।

आजदेखि नयाँ नोट साट्न पाइने

नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ।

एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प

टावरमा खराबी आएर हप्ता दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यस क्षेत्रका बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, गाउँपालिका र प्रत्येक वडा कार्यालयमा काम गर्न थप समस्या बनाएको छ।

मानुषी लघुवित्तको आइपिओ बाँडफाँट

कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म आइपिओ सर्वसाधारणमा जारी गरेको थियो। संस्थाको आइपिओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थिए। उक्त आवेदनमध्येमा सात हजार ४३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

मौद्रिक नीतिले बैँकिङ क्षेत्र प्रभावित हुन्छः परिसंघ

बैंक तथा वित्तीय संस्था परिसंघले चालु मौद्रिक नीतिमा केही बैंक तथा वित्तीय क्षेत्रको व्यवस्थापन र सुधारका निम्ति अपनाएका कतिपय व्यवस्थाले बैंकिङ क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित बन्ने देखिएको बताएको छ।

मानुषी लघुवित्तको आइपिओ खुला

तीन करोड ९३ लाख ७५ हजार बराबरको तीन करोड ९३ लाख ७५ हजार कित्ता आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले जानकारी दिइन्।

बैंकका कर्मचारीलाई सामाजिक सुरक्षामा आबद्ध ऐच्छिक

सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुने विषय स्वेच्छिक छोड्दै अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू अनिलकुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले सुरक्षा कोषमा सूचीकृत गर्दा सुविधा उपभोगमा अन्यौल हुने भन्दै स्वेच्छाअनुसार गर्न मंगलबार अन्तरिम आदेश जारी गरेको हो।

सुरक्षा योजनामा जान वित्तीय संस्थाको आनाकानी

एक वर्षअघि नै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा गइसक्नुपर्ने बैंक तथा वित्तीय संस्था अझै कोषमा सहभागी हुन आनाकानी गरिरहेका छन्।

हट्यो बैंक तथा वित्तीय संस्था सञ्चालनको कोटा

दोस्रो लहरको कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको समयमा राष्ट्र बैंकले कोटा प्रणाली तोकेको थियो।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा कडाइ

यसअघि सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र सञ्चालन हुने भएका छन्। नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै सीमित शाखा मात्र आलोपालो सञ्चालन गर्न निर्देशन दिएको छ।

महामारीमा बैंक तथा वित्तीय संस्थाको कर्जा साढे २२ प्रतिशतले वृद्धि

महामारीमा पनि बैंक तथा वित्तीय संस्थाको कर्जा वृद्धिले अर्थतन्त्र चलायमान गराउन ठूलो योगदान पुगेको विज्ञहरूको धारणा छ। ‘बैंकका कैयन कर्मचारीलाई कोरोना संक्रमण हुँदा पनि ग्राहकको सेवामा जुटिरहेका कारण गत वर्षको भन्दा राम्रो नतिजा देखिएको हो,’ एक बैंकरले भने, ‘महामारीको अवस्था नआएको भए पक्कै पनि बैंकहरूको कार्य सम्पादन अझै निकै उत्कृष्ठ हुन्थ्यो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्