२० आश्विन २०८१ आइतबार
image/svg+xml

राष्ट्रिय वाणिज्य बैङ्कको कर्जा हिनामिना प्रकरण: एक अर्ब ३७ करोड भ्रष्टाचार ठहर

सर्वोच्च अदालतले राष्ट्रिय वाणिज्य बैङ्कको सवा अर्ब बढी कर्जा हिनामिना गरेको भ्रष्टाचार मुद्दा फैसला गरेको छ।

दुर्गा प्रसाई भन्छन्ः ऋणबाट मुक्ति दिलाउँछु, प्रधानमन्त्री भन्छन्ः ऋण नतिर्नेमाथि कडा रूपमा प्रस्तुत हुन्छौँ

प्रसाईले विगत केही महिनादेखि ऋण मिनाहा गराएर ऋणीहरूलाई मुक्ति दिलाउने भन्दै आन्दोलन गरिरहेका छन्।

कुमारी बैंकमा नयाँ सिइओ नियुक्त

बैंकका सिइओ रमेश अर्यालले राजीनामा दिए पछि बैंक सञ्चालक समितिले रामचन्द्र खनाललाई सिइओ नियुक्त गरको हो।

टक्सार महाशाखा बबरमहलबाट सुनको असर्फी बिक्री

नेपाल राष्ट्र बैङ्कले दीपावलीको अवसरमा सुनको असर्फी तथा चाँदीको सिक्का (मेडालियन) को सर्वसाधारणको लागि बिक्री गर्दै आइरहेको छ।

कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान नभएको भन्न मिल्दैन: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कहरूले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन्।

अल्पकालीन र दीर्घकालीन ब्याज दर घट्दै छ: नेपाल राष्ट्र बैङ्क

नेपाल राष्ट्र बैङ्कले बाह्य क्षेत्रमा सुधार आएसँगै पछिल्ला महिनाहरूमा अल्पकालीन ब्याजदरहरू घटेको र यी ब्याजदर घटना दीर्घकालीन ब्याजहरू समेत घटन थालेको बताएको छ।

विशेष परिस्थितिजन्य ऋणीका लागि ‘स्ट्रेस्ड लोन रिजुलोशन फ्रेमवर्क’ जारी गरिने

नेपाल राष्ट्र बैङ्कले प्राकृतिक प्रकोप वा अन्य विशेष परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूको कर्जा पुन संरचना गर्ने भएको छ।

थाई स्माइलको काठमाडौं–बैङ्कक उडान सुरु

सम्पूर्ण वायु सेवासहित सञ्चालनमा रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल एयरवेजले काठमाडौंदेखि बैङ्ककसम्मको हवाईउडान सेवा सुरु गरेको छ।

एनसिसी बैङ्क र दराजबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क लिमिटेड र दराज अनलाइन सपिङ बीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

महालक्ष्मी विकास बैङ्कको परासी शाखा स्थानान्तरित

महालक्ष्मी विकास बैङ्कको परासी शाखा रामग्राम नगरपालिका– ५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ।

सिटिजन्स र पार्क सफारीबीच साझेदारी

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र चितवनस्थित पार्क सफारी रिसोर्ट प्रालि बीच सिटिजन्स बैङ्कका कार्डवाहकलाई १० प्रतिशत छुट दिने समझदारी भएको छ।

सिद्धार्थ बैङ्क र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता

सिद्धार्थ बैङ्क र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमी तथा साना किसानहरूलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।

सिटिजन्स बैङ्क र जनसेवा हस्पिटलबीच सम्झौता

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र बर्दिवास स्थितबर्दिवास जनसेवा हस्पिटल प्रालि बीच सिटिजन्स बैङ्कका कार्डवाहकलाई १० प्रतिशत छुट दिने सम्झौता भएको छ।

नयाँ वर्षको अवसरमा नेपाल बैङ्कको विशेष अफर

नेपाल बैङ्क लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा लि. बीच बैङ्कमा खाता रहेका ग्राहकलाई नयाँ वर्षको अवसरमा छुट दिने सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्