१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैङ्क र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता

सिद्धार्थ बैङ्क र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमी तथा साना किसानहरूलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ। उक्त सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र हेफर नेपालका राष्ट्रिय निर्देशक शुभनारायण महतोले हस्ताक्षर गरेका छन्।

पशुपालन सम्बन्धी कृषि क्षेत्रहरू जस्तै बाख्रापालन, पशुपालन तथा तरकारी लगायतका मूल्य शृङ्खलाहरूमा संलग्न महिला उद्यमी तथा साना किसानहरूलाई सहज ढङ्गले अनुदानमा आधारित वित्तीय कर्जा उपलब्ध गराउन बैङ्क र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको छ।

यस साझेदारीको मुख्य उद्देश्य, महिला उद्यमी तथा साना किसानहरूको व्यवसाय विस्तार गर्ने क्षमताको मूल्याङ्कन र विकासमा केन्द्रित गर्ने रहेको छ। उक्त योजनामा हेफर नेपालका तर्फबाट सामाजिक उद्यमी महिला सहकारी र स्थानीय सरकार पनि आबद्ध रहेका छन्। महिला सहकारी वा स्थानीय सरकारले उद्यमीको पहिचान र सिफारिसलाई बैङ्कसँग जोड्न सहज बनाउनेछन्। 

प्रकाशित: २३ चैत्र २०७८ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App