५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

ललितपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रवीण र सुरुचीले जिते स्वर्ण

महालक्ष्मी नगरपालिकाका प्रवीण राना मगर र ललिपतुर महानगरपालिकाकी सुरुची मोक्तानले चौधौं ललितपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडमा स्वर्ण जितेका छन्। प्रवीण छात्र तथा सुरुची छात्रामा पहिलो भएका हुन्। दुवैले बिहीबार १ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए।

सर्वोच्चले सम्झियो युनिटी ठगी प्रकरण

सत्तरीको दशकको निकै चर्चित नेटवर्किङ व्यवसायसँग सम्बन्धित युनिटी लाइफ इन्टरनेसनलको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

पुल्चोकस्थित मन्त्री निवास क्षेत्रमा निषेधाज्ञा, पाँच जना बढी भेला हुन नपाइने

सरकारले काठमाडौंपछि ललितपुर जिल्लामा पनि निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले स्थान विशेषमा निषेधाज्ञा जारी गरेको हो।

ललितपुर जिल्ला अदालतमा कानून व्यवसायीहरु आन्दोलित

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादपछि भएको हातहाल हाल भएको घटनालाई लिएर कानुन व्यवसायी आन्दोलन गरेका हुन्।

कानुन व्यवसायी र कर्मचारी विवादले मारमा सर्वसाधारण

अदालतका कर्मचारी र कानुन व्यवसायीबीचको विवादका कारण आइतबार देशभरका अदालतमा प्रशासनिक कामसहित मुद्दा प्रभावित बनेका छन्। अदालतका कर्मचारीले काम नगरिदिँदा रिट निवेदन, मुद्दा दर्तादेखि अदालती प्रक्रिया मुद्दा सुनुवाइसम्म असर पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्