२३ आश्विन २०८१ बुधबार
image/svg+xml

ट्रिपर दुर्घटनामा एकको मृत्यु

राप्ती नगरपालिका– १ परेवाकोटमा शुक्रबार ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन्।

नाइजेरियामा ज्वरोका कारण ७२ को मृत्यु

नाइजेरियाको फैलिएको लासा ज्वरोका कारण अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाब वा सो मुसालाई छोएमा लाग्ने रोगलाई डब्लुएचओले लासा ज्वरोको संज्ञा दिएको छ।

डाक्टरको लापर्बाहीले गर्भवतीको मृत्यु ,स्थानीयद्वारा तोडफोड

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनावग्रस्त भएको छ।

भारतीय जिपको ठक्करबाट एककाे मृत्यु

भारतीय नम्बरको जिपको ठक्करबाट बिहीबार राति कञ्चनपुरको भीमदत्तनगरपालिका–६ का ४५ वर्षीय मोहन चन्दको मृत्यु भएको छ।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङको धनपालथान गाँउपालिकास्थित रंगेली–विराटनगर सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ।

होली खेल्नेक्रममा छतबाट खसेर बालकको मृत्यु

होली खेल्नेक्रममा एकजना बालकको घरको छतबाट खसेर मृत्यु भएको छ। घरको छतबाट खस्दा पोखरा लेखनाथ महानगरपालिका–२ विन्ध्यवासिनीका ११ वर्षिय आविश्कार रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट महिलाको मृत्यु

पूर्वी चितवनको राप्ती नगरपालिका–२, गड्यौलीस्थित पूर्व पश्चिम लोकमार्गमा बुधबार बिहान ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

मोरङको केराबारी गाउँपालिका–८ स्थित केराबारी–खोर्साने सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार १ युवकको मंगलबार राति मृत्यु भएको छ।

बेग्लाबेग्लै घटनामा दुईजनाको मृत्यु

इलामका बेग्लाबेग्लै २ घटनामा २ जनाको मृत्यु भएको छ । माइजोगमाई गाउँपालिका–४ सिम्लेमा अरिंगालको टोकाइपछि रुखबाट लडेर १ जना र त्यही गाउँपालिका–६ मा आगो ताप्नेक्रममा जलेर १ जनाको मृत्यु भएको हो।

ट्याक्टर दुर्घटनामा ३ को मृत्यु

मालारानीको कोटखोला नजिक आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मालारानी खरिगैरा बजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे१ख ६१६८ नं ट्र्याक्टर कोटखोलानेर ओरालोमा गति नियन्त्रण गर्न नसकी पल्टिँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कपडा पेल्ने मेसिन पड्किँदा बालकसहित दुईको मृत्यु

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रिचोकटारमा कपडा पेल्ने मेसिन पड्किँदा बालकसहित २ जनाको मृत्यु भएको छ।

भूकम्पमा परी पपुवा न्युगिनीमा ३१ को मृत्यु

पपुवा न्युगिनीमा सोमबार आएको शक्तिशक्ति भूकम्पमा परी ३१ व्यक्तिको मृत्यु भएको छ। सो भूकम्प ७.५ म्याग्निच्युडको मापन गरिएको छ।

उपत्यकामा छ महिनामा ३५ पैदल यात्रुको मृत्यु

काठमाडौँ उपत्यकामा गएको साउन देखि पुससम्मको छ महिनाको अवधिमा भएका सवारी दुर्घटनामा पैदल यात्रु ३५ सहित १ सय ५ जनाको मृत्यु भएको छ।

‘बाथटबमा डुबेर मृत्यु’

बलिउड अभिनेत्री श्रीदेवीको हृदयघात नभई बाथटबमा डुबेर निधन भएको पोष्टमार्टम रिर्पोटले खुलासा गरेको छ । शनिबार बेलुका दुबईमा भान्जाको विवाहमा सरिक भएकी अभिनेत्रीको हृदयघातका कारण निधन भएको समाचार सार्वजनिक भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्