२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

उपत्यकामा छ महिनामा ३५ पैदल यात्रुको मृत्यु

काठमाडौँ– काठमाडौँ उपत्यकामा गएको साउन देखि पुससम्मको छ महिनाको अवधिमा भएका सवारी दुर्घटनामा पैदल यात्रु ३५ सहित १ सय ५ जनाको मृत्यु भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान गुमाएका छन् भने ३५ पैदलयात्रुको मृत्यु भएको छ । यसैगरी ट्रक दुर्घटनामा ४, साइकल ३, बस १, ट्र्याक्टर र कार दुर्घटनामा एक एक जनाको ज्यान गएको छ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले साँघुरो बाटो र सवारी साधनको अत्यधिक चापका कारण उपत्यकामा दुर्घटना वृद्धि भएको बताए । “दुर्घटनामा कमी ल्याउन चालक स्वयं नै चनाखो हुनुपर्छ”, उनले भने ।

महाशाखाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश पुरुष छन् । यो आर्थिक वर्षको छ महिनामा ८१ पुरुष र २४ महिलाको सवारी दुर्घटनामा ज्यान गएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश १७ देखि ३५ वर्षसम्मका छन्। जसमा १७ देखि ३५ वर्षसम्मका ५६, १७ वर्ष मुनिका सात र ३६ वर्षभन्दा माथिका ४२ जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ ।

उपत्यकामा आव २०६९÷७० मा १४८, आव २०७०÷७१ मा १४३, आव २०७१÷७२ मा १३३, आव २०७२÷७३ मा १६६ र आव २०७३÷७४ मा १८२ जनाले ज्यान गुमाएका थिए । (रासस)

प्रकाशित: १५ फाल्गुन २०७४ ०८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App