२३ आश्विन २०८१ बुधबार
image/svg+xml

लेक लागेर जापानी नागरिकको मृत्यु

सोलुखुम्बुमा लेक लागेर एकजना विदेशीको ज्यान गएको छ । खुम्बु–पासाङल्हामु गाउँपालिका–४ लबुचेमा जापानी नागरिक ४० वर्षीय कोजी क्वाजुङचीको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ।

लेक लागेर जापानी नागरिकको मृत्यु

सोलुखुम्बुमा लेक लागेर एक जना विदेशी नागरिकको ज्यान गएको छ । खुम्बु –पासाङल्हामु गाउँपालिका–४ लबुचेमा एक जापानी नागरिकको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

सिरियामा २५ नागरिकको मृत्यु, अधिकांश बालबालिका

अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको पूर्वी देर अजोर प्रान्तमा गरेको हवाई हमलामा परी कम्तिमा २५ जनाको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत दमौलीदेखि पोखरा जाँदै गरेको ना ५ ख ४६०२ नम्वरको मिनीवसले विपरित दिशावाट आएको वा ५३ प ९४८३ नम्वरको मोटरसाइकललाई  ठक्कर दिँदा चालक गम्भीर घाइते भएका थिए। घाइते मोरङ विराटनगर महानगरपालिका २१ बस्ने ४६ वर्षीय श्याम कुमार शाहको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जलेर घाइते बनेकी मनरुपाको उपचारको क्रममा मृत्यु

फागुन १४ गते आगोले जलेर गम्भीर घाइते तीन महिला मध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका ६ की ६५ वर्षीया पब्बु(मनरुपा) चलाउनेको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा आइतबार राती मृत्यु भएको हो।

जन्तीको ट्याक्टर दुर्घटना, एकको मृत्यु

रौतहटको गढीमाई नगरपालिका १ हरैयाबाट राजदेवी नगरपालिका ४ मुडबलवातर्फ फर्किने क्रममा जन्तीको ना ३ त ३६४६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई महेन्द्र राजमार्गको झुनखुनवा नजिक पल्टििँदा राजदेवी नगरपालिका ४ का २२ वर्षका दिलोज कुमार यादवको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।

भिरबाट लडेर एकको मृत्यु

रुकुम(पूर्व)को भुमे गाउँपालिका ५ सेरावाङमा ४८ वर्षीय आशबहादुर कामीको मृत्यु भएको छ। पुथा उत्तरगंगा गाउँपालिका–१४, नाखामा रहेको आफन्तको घर जाने क्रममा उनी स्थानीय कामलोटे भिरबाट लडेको प्रहरीले जनाएको छ।

खोलामा डुबेर मृत्यु

मोरङको कानेपोखरी गाउँपालिका–६ बस्ने ५१ वर्षीया सुकमाया लिम्बू आइतबार बिहान खोलामा डुबेको अवस्थामा मृतावस्थामा फेला परेकी छन्।

छुट्टा छुट्टै दुर्घटनामा चारको मृत्यु

अछामको रामारोसन गाउँपालिका वडा नम्बर ३ मुजा बगरमा आइतबार (आज) ट्र्याक्टर दुर्घटना हुँदा २ महिलाको मृत्यु भएको छ।

तालिवानी आक्रमणमा २२ सैनिकको मृत्यु

तालिवानी समूहले अफगानिस्तानको पश्चिमी फराह राज्यमा रहेको सैनिक शिविरमा गरेको आक्रमणमा परी कम्तीमा २२ जना अफगानी सेनाको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन्।

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु

झापाको बिर्तामोड नगरपालिका – ७ मा शनिबार (आज) जंगली हात्तीको आक्रमणमा परी २ जनाको मृत्यु भएको छ।

काबुलमा आत्मघाती बम आक्रमण, एकको मृत्यु, छ घाइते

अफगानिस्तानको राजधानी काबुलमा विदेशी कार्यालयहरुसमेत रहेको इलाकालक्षित शनिबार एक आत्मघाती बम आक्रमण भएको छ। यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ घाइते भएका छन।

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, दुई घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा शनिबार बिहान भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।  जिल्लाको गजुरी गाउँपालिका वडा नं १ कालिका मन्दिर नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

ट्र्याक्टरबाट लडेर चालकको मृत्यु

रंगेली नगरपालिका– १ स्थित बबियाविर्तामा ट्र्याक्टरबाट लडेर गए राति चालकको मृत्यु भएको छ।  भित्री सडकखण्डमा को१त ७३९७ नंको ट्र्याक्टरका चालक मोरङ धनपालथान गाउँपालिका – ५ बस्ने ४५ वर्षीय अमरलाल ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । मादक पदार्थ सेवन गरी ट्र्याक्टर चलाउँदै गरेको अवस्थामा ट्र्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लैजाने क्रममा बाटामा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्