२३ आश्विन २०८१ बुधबार
image/svg+xml

घरमा आगलागी हुँदा नाबालिकाको मृत्यु

बाजुराको मडिमालिका नगरपालिका–८ मा एउटा घरमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ। घरमा आगलागी हुँदा घरभित्र सुताइएकी गंगा भण्डारीकी १० महिने छोरी देवीका भण्डारीको मृत्यु भएको हो।

छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर

छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ की एक महिलाको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको छ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित भित्री सडकखण्डमा बिहीबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

पेरुमा बस दुर्घटना, ४४ जनाको मृत्यु

पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ। लिमाको एरेक्विपा नजिकै बुधबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन्।

दैलेखमा जीप दुर्घटना, ४ जनाको मृत्यु, ३ गम्भीर घाइते

दैलेखमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। सदरमुकामबाट महावु गाउँपालिकाको मुकाम गैडाबाज जाँदै गरेको लु १ ज ३५३२ नम्वरको बोलेरो जीप वखलढुंगा भिरबाट ५० मिटर तल खस्दा ४ जनाको ज्यान गएको दैलेखका प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले जानकारी दिए।

भारतीय ट्रक दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा  भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

बसकाे ठक्करबाट भारतीय माेटरसाइकल चालककाे मृत्यु

कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा  बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ।  कपिलवस्तु नगरपालिका–८, तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत दोहनीमा तौलिहवा आउँदै गरेको लु १ ख ३७३४ नंको बसले विपरीत दिशाबाट आइरहेको युपी ५५ यु ३५६४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत सिद्धार्थनगरका ५० वर्षीय गौरीशंकर चौरसियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

तनहुँको शुक्लागण्डकीमा बस दुर्घटना, एकको मृत्यु, एक घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङ नजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक गर्भवती महिला गम्भीर घाइते भएकी छिन्।

प्रगतिकाे ‘बिर्सिएको मृत्यु’

कवि तथा साहित्यकार प्रगति राईको दोस्रो उपन्यास ‘बिर्सिएको मृत्यु’ लोकार्पण भएको छ । उपन्यासमा नेपालमा ०७२ सालमा गएको भूकम्पको प्रकोप, भूकम्पले पारेको पारिवारिक बिखण्डन जस्ता मूल विषयमा आधारित रहेर लेखिएको लेखिका राईले बताइन्।

बसको चक्काले किचेर मृत्यु

स्थानीय नेपालटारमा बसको चक्काले किचेर एक जनाको मृत्यु भएको छ। मंगलबार गए राति काठमाडौंको तार्केश्वर नगरपालिका–११ नेपालटारमा गुडिरहेको बसको चक्काले थिचेर मोटरसाइकल चालक नुवाकोट घर भई काभ्रेस्थली बस्ने २६ वर्षीय चन्द्रप्रकाश मोक्तानको मृत्यु भएको हो।

भीरबाट लडेर महिलाको मृत्यु

मुसीकोट नगरपालिका–१, सिमाचौरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बाख्रा चराउन जंगल गएकी स्थानीय ६० वर्षिया जयमती बोहराको भिरबाट लडेर मृत्यु भएको हो।

हवाई आक्रमणमा मृत्यु हुनेहरूको संख्या ९८ पुग्यो

सिरियाली सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ ।सिरियाली सेनाले विद्रोहीलाई लक्षित गरी हवाई तथा रकेट आक्रमण गरेको थियो।

जीप दुर्घटनामा २ को मृत्यु, ५ घाइते

बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ।

हवाई आक्रमण ७७ को मृत्यु

सिरियाली सेनाले गरेको हवाई आक्रमणमा परी सिरियाको राजधानी दमाकस नजिकैको गुटा शहरमा २० बालबालिका सहित ७७ जनाको मृत्यु भएको छ । आक्रमण अन्य ३ घाइते छन् ।

ट्याक्टर दुर्घटनामा २ को मृत्यु, ९ घाइते

रोल्पाको लुङग्री गाउँपालिका–४ गराम्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा ९ जना घाइते भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्