२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

‘बाथटबमा डुबेर मृत्यु’

मुम्बई– बलिउड अभिनेत्री श्रीदेवीको हृदयघात नभई बाथटबमा डुबेर निधन भएको पोष्टमार्टम रिर्पोटले खुलासा गरेको छ । शनिबार बेलुका दुबईमा भान्जाको विवाहमा सरिक भएकी अभिनेत्रीको हृदयघातका कारण निधन भएको समाचार सार्वजनिक भएको थियो।

दुबईका सञ्चारमाध्यमका अनुसार पोस्टमार्टम रिर्पोटमा श्रीदेवीको शरीरमा मदिराको मात्रा देखिएको छ । ५४ वर्षीया अभिनेत्री होटलको बाथटबमा बेहोस अवस्थामा उनका श्रीमान बोनी कपुरले फेला परेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

दुबई प्रहरीका अनुसार घटना कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । फोरेन्सिक रिर्पोटमा श्रीदेवीको निधन डुबेर भनिएपछि थप अनुसन्धानमा प्रहरी जुटेको हो । यो घटनाको अध्ययन गर्न दुबई प्रहरीले सरकारी वकीललाई जिम्मेवारी दिएको छ।

दुबईको खलिज टाइम्सले शनिबार बेलुका श्रीदेवीका पति बोनी कपुरले श्रीदेवीलाई सरप्राइज डिनरका लागि कतै बाहिर लैजाने तयारीमा थिए । भान्जा मोहित मारवाहको विवाहमा सहभागिता जनाउन बोनी, श्रीदेवीसहित परिवारका अन्य सदस्य दुबई पुगे पनि वैवाहिक कार्यक्रमपछि श्रीदेवी दुबईमै बसेकी थिइन् । बोनी भारतमा अन्य सदस्यलाई पुर्याएर श्रीदेवीलाई भेट्न दुबई पुगेका थिए । श्रीदेवी दुबईको जुमैरा अमीरात टावर होटलमा बसेकी थिइन्।

डिनरमा जानु अघि श्रीदेवी बाथरुम पसेको सञ्चारमाध्यमले जनाएका छन् । बाथरुमबाट १५ मिनेटसम्म पनि बाहिर ननिस्कएपछि बोनी बाथरुमको ढोकामा पुगेर ढकढकाएका थिए । ढोका ढकढकाउँदा पनि कुनै प्रतिक्रिया नआएपछि जबरजस्ती ढोका फोडेर उनी भित्र पस्दा श्रीदेवी बाथटबमा डुबेको अवस्थामा भेटिएकी थिइन् ।
बोनीले आफ्ना साथीलाई खबर गरेर प्रहरीको सहयोगमार्फत श्रीदेवीलाई दुबईको राशिद अस्पताल पु¥याएका थिए । जहाँ उनको निधन भएको चिकित्सकले पुष्टि गरेका थिए । प्रहरीले हृदयघातपछि श्रीदेवी बाथरुमको बाथटबमा लडेको अनुमान लगाएका छन् ।

प्रकाशित: १५ फाल्गुन २०७४ ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App