विदेशी पर्यटकको पहिलो रोजाइ बन्दै ‘मुस्ताङ’
सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ।
सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ।
कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ।
पर्यटन विभागको तथ्याङ्क अनुसार सन् २०२३ डिसेम्बर महिनामा ९६ हजार ५ सय ६८ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। कोभिडले थला परेको पर्यटन क्षेत्रमा यस वर्षको पर्यटक आगमनले केही राहत पुर्याएको छ।
पर्यटकको रोजाइमा पर्दै आएको चितवनको सौराहामा अंग्रेजी नयाँ वर्ष मनाउनेको भीड बढेको छ।
उक्त पहरामा वि.सं. २०६० देखि चट्टान आरोहण सुरु भएको हो। पहरामा एक सय ६० वटा फलामे नटबोल्ट गाडिएका छन्। त्यही नटबोल्टमा झुण्डिएर आरोहीले चट्टान आरोहण गर्छन।
नेपालको हिमाली जिल्लाहरूमा भइरहेको अतिवृष्टि, खेतापातीमा आइरहेको समस्याका कारण हिमाली भेगका प्राकृतिक छटाहरू भने क्रमानुसार मेटिँदै गइरहेका छन्।
‘सिमसार क्षेत्रलाई दहका रूपमा प्रवर्धन गरी जल भण्डारण र संरक्षण गरे उजाड चुरेमा हरियाली फैलिन्छ। भूमिगत पानीको स्रोत सुक्ने समस्यासमेत हट्छ। पर्यापर्यटनको वृद्धिसँगै स्थानीय क्षेत्र र सिंगै मधेस प्रदेशको विकास हुन्छ ।’
कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा पाँच महिनाको अवधिमै ६ हजार दुई सय पर्यटक पुगेका छन्।
‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको सक्रियतामा उक्त अभियान सुरु गरिएको हो।
सरकारले पर्यटकीय गन्तव्यका रूपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवर्द्धनमा युवा सक्रिय भएका छन्।
सरकारले राखेको १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पुरा भएको छ। पर्यटन बोर्डले सन् २०२३ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख नाघेको बताएको छ। यी सबै हवाई माध्यमबाट भित्रिएका विदेशी पाहुना हुन्। कोरोना संक्रमणको मारमा परेको पर्यटन क्षेत्र सन् २०१९ पछि पहिलो पटक यो आकारमा उक्लेको हो।
गण्डकी प्रदेश सरकारको गौरवको आयोजना पचघैया प्राणी उद्यान केन्द्रमा पर्यटकको आकर्षण बढेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन्।आज मन्त्रालयमा सरकारको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन।
२५ औं पोखरा सडक महोत्सवमा कम्तिमा पाँचलाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्य आयोजकले लिएका छन्। महोत्सवको २५ औं संस्करण विहीबारदेखि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु हुँदैछ। पाँचदिनसम्म चल्ने महोत्सव रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले आयोजना गरेको हो।
चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरवास (होमस्टे) सञ्चालनमा ल्याइएको छ।